पेन्सनको माग गर्दै अफगानिस्तानमा प्रदर्शन « Khabarhub

पेन्सनको माग गर्दै अफगानिस्तानमा प्रदर्शन


२९ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अफगानिस्तानमा अवकाशप्राप्त सरकारी कर्मचारीहरुले पेन्सन नपाएको भन्दै प्रदर्शन गरेका छन् । अफगानिस्तानमा शासन चलाइरहेको तालिबानले आफूहरुलाई पेन्सन उपलब्ध नगराएको भन्दै अवकाशप्राप्त कर्मचारीहरुले राजधानी काबुलमा प्रदर्शन गरेका हुन् ।

अफगानिस्तानको टोलो न्युजका अनुसार अवकाशप्राप्त कर्मचारीहरुले महिनौँदेखि पेन्सन पाएका छैनन् । कतिपय कर्मचारीको परिवारका लागि उनीहरुले पाउने पेन्सनमात्र आयको एकमात्र स्रोत रहेको बताइएको छ ।

अफगानिस्तानको अर्थ मन्त्रालयले अवकाशप्राप्त कर्मचारीहरुको समस्या समाधान गर्न प्रधानमन्त्री कार्यालयलाई पत्राचार गरेको टोलोले उल्लेख गरेको छ । अफगान अर्थ मन्त्रालयका प्रवक्ता अहमद वाली हकमलका अनुसार यसबारे मन्त्रिपरिषद्को बैठकमा प्रस्ताव राखिएको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०७९, मंगलबार  ५ : ४८ बजे

आरुघाटको बेलीब्रिज निर्माण सम्पन्न, सेनाद्वारा हस्तान्तरण

काठमाडौं- धादिङ र गोरखा जिल्लालाई आपसमा जोड्ने मुख्य सडक सञ्जालमा

एम्बुलेन्सबाट पाँच क्विन्टलभन्दा बढी गाँजा बरामद

सुनसरी- दुहबी नगरपालिका–६ स्थित बूढी खोलाको किनारबाट प्रहरीले पाँच क्विन्टलभन्दा

केन्यामा इबोला सङ्क्रमित आठ पुगे

नैरोबी- केन्यामा इबोला सङ्क्रमितको सङ्ख्या आठ पुगेको छ । स्वास्थ्य

कोप–३१ मा नेपालको प्राथमिकता : जलवायु न्याय, अनुकूलन र हानि–नोक्सानी

काठमाडौँ- नेपालले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ

ऊर्जा केन्द्रमा रुस–युक्रेनको आक्रमण तीव्र, ट्रम्पका दूतसँग जेलेन्स्कीको वार्ता

एजेन्सी– रुस र युक्रेनले एकअर्काका ऊर्जा पूर्वाधारमा आक्रमण तीव्र पारिरहेका