पेन्सनको माग गर्दै अफगानिस्तानमा प्रदर्शन « Khabarhub

पेन्सनको माग गर्दै अफगानिस्तानमा प्रदर्शन


२९ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अफगानिस्तानमा अवकाशप्राप्त सरकारी कर्मचारीहरुले पेन्सन नपाएको भन्दै प्रदर्शन गरेका छन् । अफगानिस्तानमा शासन चलाइरहेको तालिबानले आफूहरुलाई पेन्सन उपलब्ध नगराएको भन्दै अवकाशप्राप्त कर्मचारीहरुले राजधानी काबुलमा प्रदर्शन गरेका हुन् ।

अफगानिस्तानको टोलो न्युजका अनुसार अवकाशप्राप्त कर्मचारीहरुले महिनौँदेखि पेन्सन पाएका छैनन् । कतिपय कर्मचारीको परिवारका लागि उनीहरुले पाउने पेन्सनमात्र आयको एकमात्र स्रोत रहेको बताइएको छ ।

अफगानिस्तानको अर्थ मन्त्रालयले अवकाशप्राप्त कर्मचारीहरुको समस्या समाधान गर्न प्रधानमन्त्री कार्यालयलाई पत्राचार गरेको टोलोले उल्लेख गरेको छ । अफगान अर्थ मन्त्रालयका प्रवक्ता अहमद वाली हकमलका अनुसार यसबारे मन्त्रिपरिषद्को बैठकमा प्रस्ताव राखिएको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०७९, मंगलबार  ५ : ४८ बजे

लागूऔषधसहित पाँच जना पक्राउ

काठमाडौँ– काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट लागूऔषधसहित पाँच जना पक्राउ परेका

नेपालको पर्यटन क्षेत्र सुरक्षित रहेको सन्देश दिन विशेष कार्यक्रम

काठमाडौँ– नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले नेपालको

जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण जोखिममा रहेका मुलुकहरूको

नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना

काठमाडौँ– नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ ।

खोलाले बगाउँदा एक जनाको मृत्यु

काभ्रे– काभ्रेको धुलिखेल नगरपालिका–९ भएर बग्ने डाँफे खोलाले बगाउँदा एक