मलेसियामा दुई नेपाली हत्या गर्ने भण्डारीविरुद्ध मुद्दा दर्ता, दोषी ठहरिए मृत्युदण्डको सजाय हुने  « Khabarhub

मलेसियामा दुई नेपाली हत्या गर्ने भण्डारीविरुद्ध मुद्दा दर्ता, दोषी ठहरिए मृत्युदण्डको सजाय हुने 



दोहा – मलेसियामा दुई नेपालीको हत्या गर्ने एक नेपालीविरुद्ध त्यहाँको अदालतमा मुद्दा दर्ता भएको छ।

गत ३ डिसेम्बरका दिन मलेसियाको सेरेम्बानस्थित एक रेस्टुरेन्टमा हथौडाले हानेर ३५ वर्षीय मनोजकुमार चौधरी र ४६ वर्षीय कृष्णकुमार दमाई परियारको हत्या गरेको अभियोगमा ३७ वर्षीय नेपाली ठाकुरप्रसाद भण्डारीविरुद्ध मुद्दा दर्ता गरिएको हो।

विगत लामो समयदेखि मलेसियामा रेस्टुरेन्ट सञ्चालन गर्दै आएका भण्डारीले सेक्युरिटी गार्डको रूपमा काम गर्दै चौधरी र दमाईको हत्या गरेको हुनसक्ने भन्दै त्यहाँको म्याजिस्ट्रेट अदालतमा मुद्दा दायर गरिएको छ।

उनले डिसेम्बर ३ तारिखका दिन बिहान ९:०८ देखि साँझ ४:४८ बजेसम्म दुवै अपराध गरेको मलेसियन प्रहरीले जनाएको छ। अभियुक्त भण्डारीलाई दण्ड संहिताको धारा ३०२ अन्तर्गत अभियोग लगाइएको र जसमा दोषी ठहरिए अनिवार्य मृत्युदण्डको सजाय हुनेछ।

अभियुक्त उक्त क्षेत्रमा कामदारका लागि क्यान्टिनको रूपमा काम गर्ने परिसरमा म्यानेजर भएको र पीडित दुवै जना सुरक्षा गार्डको रूपमा कार्यरत रहेको बताइएको छ।

उनले दुवै जनालाई हथौडाले हानेर हत्या गरेको प्रहरीको दाबी छ। प्रहरीका अनुसार घटनास्थलमा एक हथौडा पनि फेला परेको थियो। मदिराको नशामा रहेको आशंका गरिएका अभियुक्त पनि घटनास्थलमा फेला परेका थिए।

प्रकाशित मिति : २९ मंसिर २०७९, बिहीबार  ७ : ४१ बजे

बलिउड अभिनेता सञ्जय दत्तले भेटे प्रचण्ड

काठमाडौं – नेपाल भ्रमणमा रहेका बलिउडका चर्चित अभिनेता सञ्जय दत्तले

हस्ताक्षर फिर्ता लिन आग्रह गर्ने कांग्रेसको निर्णय, गगन थापाको बिमति

काठमाडौं – नेपाली कांग्रेसले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गर्ने महाधिवेशन

रास्वापाद्वारा सामाजिक सञ्जालमार्फत उम्मेदवारी घोषणाको प्रचारप्रसारमा रोक

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी फागुन २१ गते

नेपाल र अमेरिकाबीच सांस्कृतिक सम्पत्ति सम्झौतामा हस्ताक्षर

काठमाडौं – नेपाल र अमेरिकाबीच सांस्कृतिक सम्पदाको सुरक्षा गर्ने र

जेनजी प्रदर्शनमा ८४ अर्ब ४५ करोड बढीको भौतिक क्षति

काठमाडौं – गत भदौ २३ र २४ गते भएको जेनजी