प्रधानमन्त्रीद्वारा कांग्रेस नेता चित्रकारप्रति श्रद्धाञ्जली | Khabarhub Khabarhub

प्रधानमन्त्रीद्वारा कांग्रेस नेता चित्रकारप्रति श्रद्धाञ्जली


२९ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री एंव नेपाली कांग्रेसका सभापति शेहबहादुर देउवाले पार्टीका नेता स्व कमल चित्रकारप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । नेपाल तरुण दलका पूर्वमहासचिव एवं काठमाडौँ नगरपञ्चायतका पूर्व प्रधानपञ्च चित्रकारको सोमबार निधन भएको थियो । 

स्व चित्रकारको शव श्रद्धाञ्जलीका लागि आज गौशालास्थित पशुपति आर्यघाटमा राखिएको थियो । प्रधानमन्त्री देउवाले उनीप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै लोकतन्त्र स्थापनाको आन्दोलनमा स्व चित्रकारले पुर्‍याएको योगदान सदैव स्मरणीय रहने उल्लेख गरे ।

स्व चित्रकारप्रति कांग्रेस नेता प्रकाशमान सिंह, अर्जजनरसिंह केसी, गृहमन्त्री बालकृष्ण खाँण, काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहलगायतले श्रद्धाञ्जलि अर्पण गरेका थिए। लामो समयदेखि मुटुसम्बन्धी रोगबाट पीडित चित्रकारको वीरअस्पतालमा उपचारको क्रममा सोमबार बिहान ६ः३० बजे निधन भएको थियो। 

स्व चित्रकारको श्रीमती, दुई छोरा र दुई छोरी छन्। राजनीतिमा विद्यार्थीकालदेखि सक्रिय चित्रकारले राजनीतिक जीवनमा चार वर्ष जेल जीवन बिताएका थिए । विसं २०३८ मा सुधारिएको पञ्चायतले गरेको पहिलो चुनावमा काठमाडौँ महानगरको प्रधानपञ्च बनेका चित्रकारले प्रधानपञ्च भएका बेला रत्नपार्क भोटाहिटी जोड्ने ‘सव वे’ निर्माण गरेका थिए । 

काठमाडौँका रैथाने चित्रकारलाई भोटाहिटी चौबाटोमा हुने भीडभाडको अवस्थाका कारण जनताले भोग्नु परेको दुःख थाहा थियो । त्यसैले आफू निर्वाचित भएपछि बटुवाका लागि सहज हुने गरी सबैभन्दा पहिला रत्नपार्कबाट भोटाहिटी जान आकाशे पुल बनाएर काम गरेका थिए ।

 

 

प्रकाशित मिति : २९ मंसिर २०७९, बिहीबार  ३ : ५९ बजे

आँखा उपचार सेवालाई थप प्रभावकारी बनाउन सहकार्य

काठमाडौं– नेपाल नेत्रज्योति सङ्घ र नेपलिज डक्टर्स एसोसिएसन बेलायतकाबीचमा आँखा

सप्तकोशीमा पानीको बहाव उच्च, २३ ढोका खोलिए

सुनसरी– अविरल वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव उच्च भएको

बर्खामा कोशी टप्पु : चराको वात्सल्य अवलोकन गर्ने स्वर्णिम समय

काठमाडौं- मुलरद्वारा अनुवादित ‘द उपनिषद्’ मा एउटा प्रसङ्ग छ –

मध्यकालीगण्डकी जलविद्युत आयोजना निर्माण सुरु

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका भएर बग्ने कालीगण्डकी नदीबाट विद्युत् उत्पादन

प्रधानमन्त्री ओली दुबई हुँदै तुर्कमेनिस्तान पुग्दै, यस्तो छ भ्रमण तालिका

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली भूपरिवेष्ठित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तुर्कमेनिस्तानमा