प्रधानमन्त्रीद्वारा कांग्रेस नेता चित्रकारप्रति श्रद्धाञ्जली « Khabarhub

प्रधानमन्त्रीद्वारा कांग्रेस नेता चित्रकारप्रति श्रद्धाञ्जली


२९ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री एंव नेपाली कांग्रेसका सभापति शेहबहादुर देउवाले पार्टीका नेता स्व कमल चित्रकारप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । नेपाल तरुण दलका पूर्वमहासचिव एवं काठमाडौँ नगरपञ्चायतका पूर्व प्रधानपञ्च चित्रकारको सोमबार निधन भएको थियो । 

स्व चित्रकारको शव श्रद्धाञ्जलीका लागि आज गौशालास्थित पशुपति आर्यघाटमा राखिएको थियो । प्रधानमन्त्री देउवाले उनीप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै लोकतन्त्र स्थापनाको आन्दोलनमा स्व चित्रकारले पुर्‍याएको योगदान सदैव स्मरणीय रहने उल्लेख गरे ।

स्व चित्रकारप्रति कांग्रेस नेता प्रकाशमान सिंह, अर्जजनरसिंह केसी, गृहमन्त्री बालकृष्ण खाँण, काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहलगायतले श्रद्धाञ्जलि अर्पण गरेका थिए। लामो समयदेखि मुटुसम्बन्धी रोगबाट पीडित चित्रकारको वीरअस्पतालमा उपचारको क्रममा सोमबार बिहान ६ः३० बजे निधन भएको थियो। 

स्व चित्रकारको श्रीमती, दुई छोरा र दुई छोरी छन्। राजनीतिमा विद्यार्थीकालदेखि सक्रिय चित्रकारले राजनीतिक जीवनमा चार वर्ष जेल जीवन बिताएका थिए । विसं २०३८ मा सुधारिएको पञ्चायतले गरेको पहिलो चुनावमा काठमाडौँ महानगरको प्रधानपञ्च बनेका चित्रकारले प्रधानपञ्च भएका बेला रत्नपार्क भोटाहिटी जोड्ने ‘सव वे’ निर्माण गरेका थिए । 

काठमाडौँका रैथाने चित्रकारलाई भोटाहिटी चौबाटोमा हुने भीडभाडको अवस्थाका कारण जनताले भोग्नु परेको दुःख थाहा थियो । त्यसैले आफू निर्वाचित भएपछि बटुवाका लागि सहज हुने गरी सबैभन्दा पहिला रत्नपार्कबाट भोटाहिटी जान आकाशे पुल बनाएर काम गरेका थिए ।

 

 

प्रकाशित मिति : २९ मंसिर २०७९, बिहीबार  ३ : ५९ बजे

दक्षिणकालीमा कार पल्टिँदा चालकको मृत्यु

काठमाडौं – काठमाडौं दक्षिणकाली नगरपालिका(८ चुत्राघारी पानीघाटस्थित सडकमा आज एउटा

जेनजी आन्दोलनका क्रममा फरार एक जना कैदी पक्राउ

बैतडी – गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार

शंकरको प्रेमको जीतमा अश्विनी र आर्यनको अभिनय

काठमाडौँ- गायक शंकर श्रेष्ठ, विषम आचार्य र गायिका अविज्ञा घिमिरेको

आइतबार पनि ओपीडी सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ कार्यविधि तयार नभएसम्म उपलब्ध

गृहमन्त्री गुरुङद्वारा निर्माणाधीन राजमार्गको स्थलगत अवलोकन

लुम्बिनी – गृहमन्त्री सुधन गुरुङले पूर्वपश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन बुटवल(गैँडाकोट राजमार्गको