‘प्रचण्डको नेतृत्व एमालेले स्वीकार्दैन’ « Khabarhub

‘प्रचण्डको नेतृत्व एमालेले स्वीकार्दैन’


२९ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

बुटवल– एमाले पोलिटब्युरो सदस्य सूर्य थापाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वलाई एमालेले स्वीकार नगर्ने बताएका छन् । उनले मुलुकमा स्थिरताका लागि कांग्रेस-एमाले मिलेर सरकार चलाउनुपर्ने धारणा समेत व्यक्त गरेका छन् ।

नवनिर्वाचित प्रतिनिधिसभा सदस्य थापाले बामपन्थी एकता वा कुनै पनि मोर्चाको मुरली बजाउने नाममा प्रचण्डलाई प्रधानमन्त्री बनाउने काममा एमाले नलाग्ने बताए । ‘प्रचण्डलाई प्रधानमन्त्री बनाउने नाममा कुनै एकता वा मोर्चा बनाउने काममा एमाले लाग्दैन एमाले सकेसम्म आफ्नै नेतृत्वमा सरकार बनाउँछ, नभए कांग्रेसलाई समर्थन गरेर प्रतिपक्षमा बस्छ’, बुटवलमा बिहीबार पत्रकारहरूसँगको कुराकानीमा थापाले भने।

यदि एमालेले प्रचण्डलाई प्रधानमन्त्री बनाउने निर्णय गर्‍यो भने आफ्नो असहमति रहने र ‘नोट अफ डिसेन्ट’ लेख्ने थापाले बताए । विगतमा एकीकरणका नाममा प्रचण्डले पार्टी कब्जा गर्ने षड्यन्त्र गरेकोले उनलाई स्वीकार गर्न नसकिने थापाको तर्क छ ।

थापाले मुलुकको विद्यमान निर्वाचन प्रणालीबारे बहस चलाउनुपर्ने आवश्यकता पनि औंल्याए । संविधान जारी गर्ने बेलामा अहिलेको निर्वाचन प्रणालीको चर्को वकालत गर्नेहरू कसको इशारामा चलेका थिए भन्ने पुष्टि क्रमशः हुँदै गएको थापाले बताए । नेपालमा अस्थिरता निम्त्याउन स्वार्थको रोटी सेक्ने तत्त्वहरू अहिलेसम्म सफल भएको उनले बताए ।

उनले चुनाव जितेपछि प्यूठानका ६४ वटा वडाका दुई सय वटा टोल विकास संस्थाहरूमा पुगेर मतदातालाई धन्यवाद दिए । उनीहरूको विकासप्रतिको आकांक्षा र पिरमर्कालाई नजिकबाट नियालेको उनले बताए । ‘सडक, पूर्वाधार, पुल, शिक्षा, स्वास्थ्य, रोजगारी जस्ता कुरामा अब मेरो ध्यान हुनेछ,’ थापाले भने ।

उनले आफूलाई विकासको सिस्टम बसाउन चाहेको भन्दै यसका लागि अधिकतम प्रयास गर्ने बताए । प्यूठानमा स्वर्गद्वारी विमानस्थल निर्माण गरिने उल्लेख गर्दै उनले यसको प्रक्रिया अगाडि बढेको जानकारी दिए ।

 

प्रकाशित मिति : २९ मंसिर २०७९, बिहीबार  ५ : ०८ बजे

दक्षिणकालीमा कार पल्टिँदा चालकको मृत्यु

काठमाडौं – काठमाडौं दक्षिणकाली नगरपालिका(८ चुत्राघारी पानीघाटस्थित सडकमा आज एउटा

जेनजी आन्दोलनका क्रममा फरार एक जना कैदी पक्राउ

बैतडी – गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार

शंकरको प्रेमको जीतमा अश्विनी र आर्यनको अभिनय

काठमाडौँ- गायक शंकर श्रेष्ठ, विषम आचार्य र गायिका अविज्ञा घिमिरेको

आइतबार पनि ओपीडी सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ कार्यविधि तयार नभएसम्म उपलब्ध

गृहमन्त्री गुरुङद्वारा निर्माणाधीन राजमार्गको स्थलगत अवलोकन

लुम्बिनी – गृहमन्त्री सुधन गुरुङले पूर्वपश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन बुटवल(गैँडाकोट राजमार्गको