‘प्रचण्डको नेतृत्व एमालेले स्वीकार्दैन’ « Khabarhub

‘प्रचण्डको नेतृत्व एमालेले स्वीकार्दैन’


२९ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

बुटवल– एमाले पोलिटब्युरो सदस्य सूर्य थापाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वलाई एमालेले स्वीकार नगर्ने बताएका छन् । उनले मुलुकमा स्थिरताका लागि कांग्रेस-एमाले मिलेर सरकार चलाउनुपर्ने धारणा समेत व्यक्त गरेका छन् ।

नवनिर्वाचित प्रतिनिधिसभा सदस्य थापाले बामपन्थी एकता वा कुनै पनि मोर्चाको मुरली बजाउने नाममा प्रचण्डलाई प्रधानमन्त्री बनाउने काममा एमाले नलाग्ने बताए । ‘प्रचण्डलाई प्रधानमन्त्री बनाउने नाममा कुनै एकता वा मोर्चा बनाउने काममा एमाले लाग्दैन एमाले सकेसम्म आफ्नै नेतृत्वमा सरकार बनाउँछ, नभए कांग्रेसलाई समर्थन गरेर प्रतिपक्षमा बस्छ’, बुटवलमा बिहीबार पत्रकारहरूसँगको कुराकानीमा थापाले भने।

यदि एमालेले प्रचण्डलाई प्रधानमन्त्री बनाउने निर्णय गर्‍यो भने आफ्नो असहमति रहने र ‘नोट अफ डिसेन्ट’ लेख्ने थापाले बताए । विगतमा एकीकरणका नाममा प्रचण्डले पार्टी कब्जा गर्ने षड्यन्त्र गरेकोले उनलाई स्वीकार गर्न नसकिने थापाको तर्क छ ।

थापाले मुलुकको विद्यमान निर्वाचन प्रणालीबारे बहस चलाउनुपर्ने आवश्यकता पनि औंल्याए । संविधान जारी गर्ने बेलामा अहिलेको निर्वाचन प्रणालीको चर्को वकालत गर्नेहरू कसको इशारामा चलेका थिए भन्ने पुष्टि क्रमशः हुँदै गएको थापाले बताए । नेपालमा अस्थिरता निम्त्याउन स्वार्थको रोटी सेक्ने तत्त्वहरू अहिलेसम्म सफल भएको उनले बताए ।

उनले चुनाव जितेपछि प्यूठानका ६४ वटा वडाका दुई सय वटा टोल विकास संस्थाहरूमा पुगेर मतदातालाई धन्यवाद दिए । उनीहरूको विकासप्रतिको आकांक्षा र पिरमर्कालाई नजिकबाट नियालेको उनले बताए । ‘सडक, पूर्वाधार, पुल, शिक्षा, स्वास्थ्य, रोजगारी जस्ता कुरामा अब मेरो ध्यान हुनेछ,’ थापाले भने ।

उनले आफूलाई विकासको सिस्टम बसाउन चाहेको भन्दै यसका लागि अधिकतम प्रयास गर्ने बताए । प्यूठानमा स्वर्गद्वारी विमानस्थल निर्माण गरिने उल्लेख गर्दै उनले यसको प्रक्रिया अगाडि बढेको जानकारी दिए ।

 

प्रकाशित मिति : २९ मंसिर २०७९, बिहीबार  ५ : ०८ बजे

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै

चुनावअघि महाधिवेशन नभए चुनाव नलड्ने गगन थापाको घोषणा

१० पुस, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी

अर्थमन्त्री खनाल र मधेस प्रदेशका मुख्यमन्त्री यादवबीच भेट

जनकपुर – अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद