‘सेती नदी एक साहसिक पर्यटकीय गन्तव्य’ निर्माणमा पहल थालिने « Khabarhub

‘सेती नदी एक साहसिक पर्यटकीय गन्तव्य’ निर्माणमा पहल थालिने


२९ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन प्रवद्र्धनका लागि खुला चिडियाखाना निर्माणमा पहलकदमीसँगै सेती नदी संरक्षणमा काम गर्दै आइरहेको युनाइटेड क्लबले ‘सेती नदी एक साहसिक पर्यटकीय गन्तव्य’को पहल थाल्ने भएको छ ।

पोखराको अमरसिंहचौरमा बर्सेनि गर्दै आएको पोखरा महोत्सवको यस वर्ष पुस २७ देखि माघ ९ सम्म हुने एघारौँ संस्करणबाट उक्त पहल थाल्न लागिएको हो । यसअघि महोत्सवकै आयोजना गरी प्रतिटिकटबाट रु एक सेती नदीको संरक्षणका लागि छुट्याउँदै आएको क्लबले महोत्सवबाट बचत भएको रकममध्ये केही रकम ‘सेती नदी एक पर्यटकीय गन्तव्य’ निर्माणका लागि छुट्टाएकोअध्यक्ष राजु श्रेष्ठले जानकारी दिए ।

एघारौँ पोखरा महोत्सवका सल्लाहकार तथा महोत्सव उपसमिति संयोजकहरूको बैठकले एघारौँ पोखरा महोत्सवबाट सेती नदी एक पर्यटकीय गन्तव्य निर्माणका लागि युनाइटेड क्लबले पहलकदमी थाल्ने निर्णय गरिएको उनले बताए।

स्थापनाकालदेखि नै पोखरामा खुला चिडियाखाना निर्माणमा पहलकदमी थाल्दै आएको क्लबले दशौँ पोखरा महोत्सवसम्म आइपुग्दा रु ५८ लाख ८५ हजार दुई सय ३० हस्तान्तरण गरिसकेको र चिडियाखाना निर्माणको सम्पूर्ण जिम्मेवारी गण्डकी प्रदेश सरकारलाई हस्तान्तरण गरिसकेको छ ।

हाल आएर चिडियाखाना राष्ट्रिय गौरवको योजनाअन्तर्गत रही यसको निर्माणको जिम्मा गण्डकी प्रदेश सरकार मातहतमा रही जिल्ला डिभिजन वन कार्यालय कास्कीले लिइसकेकाले क्लबले चिडियाखाना निर्माण पहलकदमीको एजेण्डालाई आगामी दिनमा सेती नदी एक पर्यटकीय गन्तव्य निर्माणमा पहलकदमी थाल्न लागेको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : २९ मंसिर २०७९, बिहीबार  १० : ०१ बजे

आश्विन कृष्ण औँसी : पितृ पक्ष समापन, गोकर्णेश्वरमा श्राद्ध गर्नेको घुइँचो

काठमाडौं – प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृपक्ष

सरकारी सफ्टवेयर र हार्डवेयर खरिदसम्बन्धी अध्ययन गर्न समिति गठन

काठमाडौं – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन

क्यानडा र अस्ट्रेलिया पठाइदिने भन्दै ५८ लाख ठगी, दुई जना पक्राउ

काठमाडौं – वैदेशिक रोजगारीका लागि क्यानडा र अस्ट्रेलिया पठाइदिने भन्दै

रेनशको शतकमा अस्ट्रेलिया बलियो अवस्थामा

काठमाडौं – म्याट रेनशको उत्कृष्ट शतकको मद्दतमा अस्ट्रेलियाले दक्षिण अफ्रिकाविरुद्धको

दसैँ बिदामा अस्थायी इजलासबाट सेवा प्रवाह हुने

पर्सा – नेपालीको महान पर्व वडा दसैँको सार्वजनिक बिदामा उच्च