भेरी नगरपालिका : नीतिगत निर्णयदेखि जनमुखी काममा अगाडि « Khabarhub

भेरी नगरपालिका : नीतिगत निर्णयदेखि जनमुखी काममा अगाडि


२ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जाजरकोट – भेरी नगरपालिका नीतिगत निर्णयदेखि जनमुखी काममा समेत अगाडि देखिएको छ । युवाले नेतृत्व गरेको पालिका भनेर स्थापित भएको भेरी नगरपालिका शैक्षिक, स्वास्थ्य, सञ्चार र नीतिगत निर्णयमा समेत प्रभावशाली बन्दै गएको छ ।

विगतका चुनावी घोषणासमेत पूरा हुँदै गएका छन् । केही दीर्घकालीन र केही अल्पकालीन निर्णय हुनुका साथै भावी पुस्ताका लागि नासोको रूपमा हेरिएका महत्वाकांक्षी योजनाहरूको शुभारम्भसमेत गरिएको छ । जिल्ला सदरमुकाममा सडक, खानेपानी, विद्युत र स्वास्थ्य क्षेत्रमा निकै सुधार भएको देखिन्छ ।

भेरी नगरपालिका र पूर्वमन्त्री शक्तिबहादुर बस्नेतको पहलमा काफलचौरमा बहुप्राविधिक शिक्षालय स्थापना गरिएको छ । जिल्लामै कुनै पालिकामा नभएको तर भेरीले मात्र सुरुवात गरेको शवबाहन ( एम्बुलेन्स) सेवा पनि जिल्लाकै नमुनामा पर्दछ ।

एम्बुलेन्समा ७० वर्षभन्दा माथिका जेष्ठ नागरिकलाई ५० प्रतिशत छुट र सुत्केरी महिलाका लागि नि:शुल्क सेवा दिने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्तीले बताए । भेरी नगरभित्र ५० शैय्याको अस्पताल निर्माण कार्य जारी छ ।

कर्णाली प्रदेशकै जडीबुटी प्रशोधन केन्द्रसमेत भेरी नगरपालिकामा बन्दै गरेको छ । मालिकामा भ्युटावर बनाउन थालिएको छ । मध्यपहाडी लोकमार्ग, लुम्विनी-रारा, छिन्चु-जाजरकोट हुँदै डोल्पा सडकखण्डसमेत निर्माण हुँदैछ । केही दीर्घकालीन विकास र केही तत्काल देखिने खालका काममा रहेको भेरी नगरपालिकाका नगर प्रमुख चन्द्रप्रकाश घर्तीले बताए ।

विकासका केही मोडल पुराना बनोट भए पनि नयाँ काम सकारात्मक दिशातिर बढेको प्रदेश सभा सदस्य गणेसप्रसाद सिंहले बताए । प्रदेशबाट कुनै पनि वडा नछुटाई विकास निर्माणको काम भएको उनको भनाइ छ । फार्मेसी पढाइले जिल्लामै स्वास्थ्य जनशक्ति उत्पादन भइरहेकोसमेत सिंहले बताए । भेरीमा ७० प्रतिशत घरमा विद्युतीकरण पुगेको नेपाल विद्युत प्राविकरणले जनाएको छ ।

प्रकाशित मिति : २ माघ २०७८, आइतबार  ११ : ४५ बजे

पाखो सम्याएर खेलमैदान निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारको भुवाने देउरालीमा पाखो सम्याएर खेलमैदान

रौतहटमा धान उत्पादन घट्यो

रौतहट– गत असोज १७ देखि १९ गतेसम्म आएको अविरल वर्षापछिको

विद्यालयमा खानेपानीको धारा निर्माणका लागि सहयोग

भोजपुर– भोजपुर नगरपालिका–१० का ९८ वर्षीय उजिरबहादुर प्रधानले भोजपुर नगरपालिकास्थित

अठार फर्ममा विभागको अनुमगन र निरीक्षण

काठमाडौँ– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ र ललितपुरका

गगन-विश्वसहित विशेष महाधिवेशन पक्षधरले संस्थापनको बैठक बहिष्कार गर्ने

काठमाडौं– नेपाली कांग्रेस संस्थापन पक्षले बोलाएको केन्द्रीय कार्यसमितिको बैठकमा विशेष