सडक निर्माण भएपछि एक घण्टाको यात्रा २० मिनेटमा « Khabarhub

सडक निर्माण भएपछि एक घण्टाको यात्रा २० मिनेटमा


२ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी – जिल्लाको रघुगङ्गा गाउँपालिका–२ बैसरीदेखि रिसिनचौतारी जोड्ने सडक निर्माण भएपछि एक घण्टाको यात्रा अवधि २० मिनेटमा छोटिएको छ । बेनी–जोमसोम सडकको बैसरीदेखि रिसिनचौतारी जोड्ने छोटो दूरीको सडक निर्माण भएपछि यात्रा अवधि छोटिएको हो ।

स्थानीयवासी दुर्गाबहादुर केसीले सडक निर्माण भएपछि एक घण्टाको यात्रा अवधि २० मिनेटमा छोटिएको बताए। ‘गाडी चढेर रिसिन चौतारीदेखि रानीपौवा–पिप्ले हुँदै घुमाउने ताल पुगेर बेनी–जोमसोम सडकमा निस्कन पूरै एक घण्टा लाग्ने गरेको थियो,’ उनले भने, ‘रिसिन चौतारीदेखि बैसरीको हाइवेमा झरेर बेनी पुग्दा करिब ४० मिनेटको समय बचत हुन्छ ।’

पैदल हिँडेर रिसिन चौतारीदेखि बैसरी पुग्न पनि करिब एक घण्टा नै लाग्दथ्यो । रघुगङ्गा गाउँपालिका र सङ्घीय सरकारको निर्वाचन क्षेत्र पूर्वाधार विकास साझेदारी कार्यक्रमको रु २५ लाख बजेटबाट गत आर्थिक वर्षमा मार्ग खोलिएको बैसरी–रिसिन चौतारी सडक मर्मत र स्तरोन्नतिपछि हालैदेखि यातायातका साधन चल्न थालेका छन् ।

उपभोक्ता समितिका सचिव राजन केसीले बैसरीमा करिब एक सय मिटर पहाड छिचोल्नेसहित दुई किलोमिटर सडक निर्माण भएको बताए। रिसिनचौतारी, माझखर्क, ओखरबोटलगायत बस्तीका करिब चार सय घरधुरी यो सडकबाट लाभान्वित भएका उनले बताए ।

काम विशेषले सदरमुकाम बेनी र गलेश्वर जानआउनका साथै कृषि र पशुजन्य उपज निकासीका साथै निर्माण र दैनिक उपभोग्य वस्तु ढुवानीमा सहज भएको छ । रिसिनचौतारी र माझखर्क केरा खेतीको पकेट क्षेत्र हो । बिरामीलाई अस्पताल लैजान सजिलो भएको छ ।

यस सडकबाट कालीगण्डकीको बगरबाट घर, भवन, सडक, सिँचाइ, खानेपानीलगायत विकास आयोजनाका लागि भगवतीमा निर्माण सामग्री ढुवानी गर्नसमेत सुविधा पुगेको छ । रघुगङ्गा गाउँपालिका–२ का वडाध्यक्ष रिम कटुवालले राजमार्गसँग जोडिने छोटो दूरीको यो सडकले रिसिनचौतारीसँगै भगवतीका बासिन्दाको आयआर्जन र समग्र विकासमा फाइदा पुगेको बताए।

प्रकाशित मिति : २ माघ २०७८, आइतबार  १२ : ०० बजे

सुडानमा विमान दुर्घटना, विमानमा सवार १४ जनाको मृत्यु

जुवा – दक्षिण सुडानको राजधानी जुबा नजिकै सोमबार एउटा सानो

शेखर गोल्छालाई थप तीन दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ । व्यवसायी शेखर गोल्छालाई तीन दिन हिरासतमा राखेर अनुसन्धान

ब्याटिङ नचल्दा दिल्लीको लज्जास्पद हार, आरसीबी ९ विकेटले विजयी

काठमाडौं – आईपीएल २०२६ मा रोयल च्यालेन्जर्स बेंगलुरुले आफ्नो छैटौँ

बागमतीमा मन्त्रालयको संख्या ७ मात्रै बनाउन विपक्षीको सुझाव

काठमाडौँ- नेकपाले बागमती प्रदेश सरकारमा मन्त्रालयको संख्या ७ वटामात्रै गर्न

पर्यटन प्रवर्द्धनका लागि नेपाली फोटो पत्रकार टोली बङ्गलादेश प्रस्थान

काठमाडौं – नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित नेपालका १० सदस्यीय