पोखरा उडेको जहाजमा प्राविधिक समस्या देखिएपछि पुन: काठमाडौं फर्काइयो « Khabarhub

पोखरा उडेको जहाजमा प्राविधिक समस्या देखिएपछि पुन: काठमाडौं फर्काइयो


२ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंबाट पोखरा उडेको गुण एयरलाइन्सको विमान पुनः काठमाडौं अवतरण गरेको छ । आइतवार बिहान १० बजे उडेको विमानमा प्राविधिक समस्या देखिएपछि फेरि काठमाडौं अवतरण गराइएको हो ।

उक्त जहाज बिहान साढे ८ बजे पोखरा उड्ने तालिका भए पनि डिले भएर २ घण्टापछि उडेको थियो ।

जहाज उडेपछि ककपिटको इन्डिकेटरले एउटा ढोका लक भएको देखाएपछि पाइलटले विमान काठमाडौंमै अवतरण गराएका हुन् ।

त्रिभुवन विमानस्थल नागरिक उड्ययन कार्यालयका प्रमुख भोलाप्रसाद गुरागाईंका अनुसार जहाजको प्राविधिक परीक्षण भइरहेको छ भने यात्रुलाई अर्को जहाजमार्फत पोखरा पठाउने तयारी थालिएको छ ।

प्रकाशित मिति : २ माघ २०७८, आइतबार  १२ : ५९ बजे

अब एउटै बेञ्चमा कांग्रेस, एमाले र नेकपा

काठमाडौं– संसदीय यात्रामा सत्तापक्ष त कहिले प्रमुख या प्रतिपक्ष भएर

देश र जनताका पक्षमा दृढतापूर्वक काम गर्न सांसदलाई अध्यक्ष ओलीको निर्देशन

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले

नेटोसँग क्रुद्ध ट्रम्प भन्छन्- ‘बौलाहा राष्ट्र’ विरुद्ध कुनै सहयोग गरेनन्

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर एटलान्टिक सन्धि संगठन नेटोविरुद्ध

छ महिनामा जे गरियो, त्यो राम्रो गरियो : मन्त्री सिन्हा

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले निर्वाचन र

नेप्से परिसूचक १४ अंकले बढ्यो

काठमाडौं– यो साताको कारोबारको अन्तिम दिन आज नेपाल स्टक एक्सचेञ्ज