काबुल पुगेर नेपालले अफगानिस्तानलाई गर्‍यो सहायता सामग्री हस्तान्तरण « Khabarhub

काबुल पुगेर नेपालले अफगानिस्तानलाई गर्‍यो सहायता सामग्री हस्तान्तरण


२ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालले अफगानिस्तानलाई मानवीय सहायता सामग्री हस्तान्तरण गरेको छ ।

आज (आइतवार) परराष्ट्र मन्त्रालयकी प्रवक्ता तथा सहसचिव सेवा लम्सालले काबुल पुगेर संयुक्त राष्ट्र संघका महासचिव सहायक विशेष प्रतिनिधि डा. रमिज अल्कबारोभलाई सहायता सामग्री हस्तान्तरण गरेकी हुन् ।

सहायता सामग्री बोकेर नेपाली टोली आज बिहान हिमाल एअरलाइन्समार्फत काबुल विमानस्थल प्रस्थान गरेको थियो । नेपाली टोलीले ९ हजार ७ सय १५ किलो खाना तथा लत्ताकपडा लगेर अफगानिस्तान प्रस्थान गरेको थियो ।

परराष्ट्रमन्त्री नारायण खड्काले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लम्सालको टिमलाई विदाइ गरेका थिए । उक्त टिममा २६ जना रहेका छन् । उनीहरू आजै स्वदेश फर्किने कार्यक्रम छ ।

प्रकाशित मिति : २ माघ २०७८, आइतबार  ३ : ५३ बजे

१४ सहसचिव र ९ उपसचिवको सरुवा

काठमाडौं- सरकारले १४ जना सहसचिव र ९ जना उपसचिव गरी

‘विपद्का बेला सरकार आफ्नै कामले सन्तुष्ट छ जस्तो लाग्दैन तर नियतमा खोट छैन’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता जगदीश खरेलले प्रधानमन्त्री वालेन्द्र शाह

‘सुरुङभित्र फसेकाको खोजीकार्य प्रभावकारी रूपमा भइरहेको छ’

काठमाडौं– नेपाल सरकारले रसुवाको भोटेकोशी क्षेत्रमा यही भदौ १० गते गएको

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राहत दाखिला गर्ने बढ्दै

काठमाडौं– प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राहत दाखिला गर्ने दाताहरूको