अष्ट्रेलियामा एक नेपाली विद्यार्थी मृत फेला | Khabarhub Khabarhub

अष्ट्रेलियामा एक नेपाली विद्यार्थी मृत फेला


२ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अष्ट्रेलियामा एक नेपाली युवती मृत अवस्थामा फेला परेकी छन् ।

सिड्नीस्थित लेनकोभमा २२ वर्षिय सुस्मिता कपाली मृत अवस्थामा भेटिएकी हुन् । कीर्तिपुर घर भएकी कपाली अध्ययनका लागि सन् २०२० मा अष्ट्रेलिया पुगेकी थिइन । घटना बारे न्यु साउथ वेल्स प्रहरीले अनुसन्धान गरिरहेको छ । मृतकको शव नेपाल पठाउन न्यु साउथ वेल्सको गैर आवासिय नेपाली संघले गो फण्ड मि मार्फत सहयोग संकलन सुरु गरेको छ ।

संघका युवा संयोजक बिक्रम दाहालले शव पठाउन सहयोग संकलन गर्न गोफण्डमिमा अभियान सुरु गरेका हुन् । अभियानबाट १० हजार डलर संकलन गर्ने लक्ष्य राखिएको छ । परिवारको अनुमतिमा सहयोग संकलन सुरु गरिएको हो ।

मृतक सुष्मितालाई नजिकबाट चिन्ने एनआरएनए अभियन्ता उद्धव भट्टले यो घटनाले आफु आश्चर्यमा परेको बताए । निकै मेहनति र मिजासिली स्वाभावकी सुष्मिताको असामहिक निधनले आफु निकै स्तब्ध भएको भट्टले बताए ।

प्रकाशित मिति : २ माघ २०७८, आइतबार  ६ : १० बजे

चेन्नईलाई हराउँदै आरसिबी प्लेअफमा

काठमाडौं – चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बैंगलोरू

ठमेलमा खाना तथा हस्तकला मेला

काठमाडौं – काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रको पर्यटन प्रवर्द्धनका

दश किलोमिटर टाढाबाट मान्म बजारमा खानेपानी

कालिकोट – कालिकोटको सदरमुकाम खाँडाचक्र नगरपालिका–१ को मान्म बजारमा खानेपानीको

प्लेअफमा पुग्न चेन्नईले पायो २१९ रनको लक्ष्य

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलोरू

टीओआरका संयोजक गिरी भन्छन् : कार्यदलमा कानूनका जानकार हुनुहुन्छ, न्यायोचित सुझाव दिन्छौँ

काठमाडौं– सत्ता पक्षका दल र प्रतिपक्षका दलबीच सहकारी प्रकरणबारे छानबिन