नेप्सेमा उच्च अङ्कको वृद्धि « Khabarhub

नेप्सेमा उच्च अङ्कको वृद्धि


२ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले बढेको छ । नेप्से ६९ अङ्कले बढेर दुई हजार ९२६.७४ मा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ११.८१ अङ्कले बढेर ५४२.६३ मा पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेको उकालो यात्रासँगै कारोबार रकमसमेत उकालो लागेको छ । कूल २२९ कम्पनीको एक करोड ८२ लाख ५४ हजार ४२५ कित्ता शेयर रु नौ अर्ब ६७ करोड ६३ लाख १७ हजार ५९ मूल्यमा खरिद बिक्री भए ।

नेप्सेका अनुसार कारोबार भएका १३ वटा उपसमूहको शेयर उकालो लागेको छ । बैंकिङ ३९.४७, व्यापार ७९.६८, होटल तथा पर्यटन ५५.६५, विकास बैंक १४३.४२, जलविद्युत् ७५.२६, वित्त ५६.६२, निर्जीवन बीमा २६६.२२, उत्पादन ४०६.८२, अन्य ६६.२१, लघुवित्त ११०.४५, जीवन बीमा ३८९.५१, सामूहिक लगानी कोष ०.२५ र लगानी १.९१ अङ्कले उकालो लागेको छ ।

कारोबारका आधारमा अरुण भ्याली हाइड्रोपावर शीर्षस्थानमा रहेको छ । सो कम्पनीको रु ३६ करोड ४३ लाख १७ हजार ५३१ बराबरको कारोबार भयो । यस्तै अपि पावर कम्पनी रु ३० करोड ४४ लाख ४५ हजार १५१, माथिल्लो तामाकोशी रु २९ करोड ७४ लाख ६ हजार ९२१, शिव्म सिमेन्ट रु २६करोड ३३ लाख ७८ हजार ६२२ र नेपाल पूर्वाधार बैंक रु २५ करोड ४१ लाख ५१ हजार ९५७ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार स्ट्याण्डर्ड चार्टर्ड बैंक र मध्यभोटेकोशी जलविद्युत् कम्पनीको शेयर १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । किसान लघुवित्त ९.९४, हिमालयन डिस्टिलरी ८.९६ र सिन्धु विकास बैंकका लगानीकर्ताले ८.७९ प्रतिशतले कमाए ।

यस्तै ग्लोबल आइएमई बैंकको ऋणपत्र ३.५९, बोटलर्स नेपाल तराई २.९७, मनकामना स्मार्ट लघुवित्त २.५६, मैलुङ खोला जलविद्युत् कम्पनी २.३३ र न्यादी हाइड्रोपावरका लगडानीकर्ताले २.२७ प्रतिशतले गुमाए । नेप्सेका अनुसार आजको कारोबारपछि बजार पूँजीकरण रु ४१ खर्ब ३४ अर्ब ६० करोड १४ लाख १९ हजार ५८७ बराबर पुगेको छ ।

प्रकाशित मिति : २ माघ २०७८, आइतबार  ६ : १२ बजे

रोमाञ्चक खेलमा नामिबियासँग नेपाल तीन रनले पराजित

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्सको उट्रेचस्थित स्पोर्टपार्क

कांग्रेस क्रियाशील सदस्यता नवीकरणको अन्तिम मिति साउन १४ गते

काठमाडौँ । नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता नवीकरण गर्ने अन्तिम

एसओएस बालग्रामका कर्मचारी सवार जीप दुर्घटना : चालकको मृत्यु, पाँचजना घाइते

काठमाडौं । एसओएस बालग्रामका कर्मचारी सवार जीप ललितपुरमा दुर्घटना भएको

पछिल्लो एक घण्टामा स्याङ्जाको पञ्चमुलमा सबैभन्दा धेरै वर्षा

काठमाडौं – देशका विभिन्न स्थानमा वर्षा भइरहेको बीच पछिल्लो एक

सरकारी वार्ता टोली र डा केसीबीच सात बुँदे सहमति, अनशन तोडियो

सुदूरपश्चिम – सरकारी वार्ता टोली र कैलालीको धनगढीमा विगत पाँच