नेपाल आउने तयारीमा फोटोनको लाइट ट्रक अमार्क « Khabarhub

नेपाल आउने तयारीमा फोटोनको लाइट ट्रक अमार्क


२ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालका लागि फोटोनको आधिकारिक बिक्रेता एमएडब्ल्यू वृद्धिले लाइट ट्रक सेग्मेन्टमा फोटोन अमार्क मार्च महिनामा नेपालमा ल्याउने तयारी गरेको छ । एमएडब्ल्यू वृद्धिले मार्चको पहिलो साता फोटोन अमार्क नेपालमा ल्याउने जानकारी दिएको छ ।

पूर्वाधार निर्माणको दायरा फराकिलो भएसँगै नेपालमा विभिन्न ब्रान्डका ट्रकहरु विक्री वितरण हुँदै आएका छन् । कुनै समय सीमित व्यवसायीहरूले मात्र प्रयोग गर्ने ट्रक अब सबै प्रकारका व्यवसायमा प्रयोग हुन थालेको छ । ट्रक भन्ने वित्तिकै ठूला र धेरै भारबहन गर्न सक्ने साधनको रुपमा आम मानिसले बुझ्दै आएको पाइन्छ । तर, अहिले बजारमा लाइट ट्रक सेग्मेन्टमा उपलब्ध साधनमा धेरै व्यवसायीले रुची देखाउन थालेका छन् ।

फोटोनको आउँदै गरेको अमार्क ट्रक उत्कृष्ट पावर र आकर्षक डिजाइनको लागि चर्चित रहेको छ । फोटोन अमार्कमा क्याविनको डिजाइन पनि उत्कृष्ट रहेको छ । यसलाई फोटोनले अत्याधुनीक फिचरले सुसज्जीत रहेको छ । यो ट्रकमा २।८ लिटर क्षमताको टर्बो चार्ज्ड डिजेल, वाटर कुलिङ इन्जिन दिइएको छ । यसको रेटेड पेलोड क्यापासीटी भने ३७३० केजी रहेको छ ।

यसमा रहेको इन्जिनले अधिकतम १०२ हर्सपावर र २२५ न्यूटन मिटर टर्क जेनरेट गर्छ । नेपालका लागि फोटोन मोटर ग्रुपको आधिकारिक विक्रेता एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रालिले पिकअप टुनल्यान्ड ई, पिकअप टुनल्यान्ड एस, १९सिट क्षमताको भ्यान भ्यु सीएस २ एल, १६ सिट क्षमताको भ्यान भ्यु सीएस २ र १५ सिट क्षमताको भ्यान भ्यु सी २ का साथै विभिन्न प्रकारका एम्बुलेन्स बेच्दै आएको छ ।

 

प्रकाशित मिति : २ माघ २०७८, आइतबार  ११ : ५४ बजे

ऊर्जामन्त्री श्रेष्ठद्वारा नीतिगत सुधार, सुशासन र सेवा प्रवाहमा जोड

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नीतिगत सुधार,

आईपीएल : शतक बनाउन ९ रनले चुके इशान, हैदरावादको चौथो विकेट पतन

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) को १९औँ संस्करण अन्तर्गत

मुस्ताङको टुकुचे र जापानको तोगा सिटीबीचको मितेरी सम्बन्ध २० वर्षपछि पुनःस्थापित

गण्डकी – मुस्ताङको थासाङ गाउँपालिका–१ स्थित टुकुचे गाउँ र जापानको

फुटसल कपको उपाधि बैंकर्स क्लबलाई

सुदूरपश्चिम – नयाँ वर्षको अवसरमा धनगढीमा आयोजित ‘सन्तति आइभिएफ फ्ल्याटल्याण्ड

नागरिकप्रति इमान्दार भएर काम गर्नु आजको आवश्यकता : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले राष्ट्र र नागरिकप्रति इमान्दार, उत्तरदायी