सलमानलाई ‘लाल सिंह चड्डा’मा अभिनय नगराउने आमिरको घोषणा « Khabarhub

सलमानलाई ‘लाल सिंह चड्डा’मा अभिनय नगराउने आमिरको घोषणा


४ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बलिउड अभिनेता आमिर खानले आफ्नो फिल्म ‘लाल सिंह चड्डा’को काम शुरु गर्दा फिल्ममा शाहरुख खान र सलमान खानले केमियो गर्ने चर्चा चलेको थियो । भारत स्वतन्त्रतादेखि लिएर अहिलेसम्मको अवस्थालाई उतारिने फिल्ममा सलमान खानको ‘मेने प्यार किया’ र ‘शाहरुख खानको ‘दिलवाले दुल्हनियाँ ले जाएंगे’को केही झलक देखिने खबरले फ्यानहरु उत्साहित थिए ।

तर अहिले फिल्मसँग जोडिएको नयाँ खबर बाहिर आएको छ । खबरअनुसार सलमानले आमिरको फिल्ममा केमियो गर्न अस्वीकार गरेका छन् । आमिरको फिल्म कोरोना भाइरस महामारीको समयमा खिचिएको थियो । जसकारण उनले कैयौं समस्या भोगिरहेका छन् ।

आमिरले सुटिङ भइरहँदा सलमानलाई कैयौं पटक आफ्नो सुटिङ समय तालिका मिलाउन आग्रह गरेका थिए । तर सलमानले त्यो समय मिलाउन सकेनन् । सलमान लगातार आफ्नो आउने प्रोजेक्टमा व्यस्त छन् । जसकारण उनले आमिरको फिल्मलाई समय दिन सकेका छैनन्। त्यसैले आमिरले नै सलमानलाई केमियोबाट हटाउने निर्णय लिएका छन् ।

यो फिल्म सन् २०२२ को अगष्ट ११ मा रिलिज हुँदैछ । फिल्मको पोस्ट प्रोडक्सन अहिले तिब्र गतिमा चलिरहेको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७८, बुधबार  ६ : ३८ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन