जीवनमा कहिल्यै ऋण नलिए पनि मानिस यी ५ ऋणको ऋणी हुन्छ « Khabarhub

जीवनमा कहिल्यै ऋण नलिए पनि मानिस यी ५ ऋणको ऋणी हुन्छ


४ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

हुन त मानिस ऋण वा कर्जा लिनबाट बच्नु पर्दछ । तर शास्त्र अनुसार मानिस जन्मँदै पाँच प्रकारका ऋणी हुन्छ । यो ऋणमा, मातृ ऋण, पितृ ऋण, देव ऋण, ऋषि ऋण र मनुष्य ऋण पर्दछन् । मानिसले यी ऋण तिर्न नसके दुःख र सन्ताप झेल्नु पर्ने धार्मिक मान्यता छ ।

मातृ ऋण
शास्त्रमा आमाको स्थान परमात्मा भन्दा उच्च मानिएको छ । तसर्थ आमाको ऋण सबैभन्दा ठुलो मानिन्छ । मातृ ऋणमा आमा र मातृ पक्षका हजुरबुवा हजुरआमा, मामा माइजू, सानीमा सानो बुवा र यसतर्फका तीन पीढीका पूर्वज सामिल रहन्छन् । तसर्थ मातृ पक्ष वा आमा प्रति कुनै प्रकारका अपशब्द बोल्ने वा कष्ट दिने व्यक्तिले अनेक प्रकारका कष्ट झेल्नु पर्ने मान्यता छ ।

पितृ ऋण
पितृ ऋणमा पितृ–पक्षका हजुरबुवा हजुरआमा, काका ठुलो बुवाहरु र तीन पीढी पूर्वक सामिल हुन्छन् । शास्त्र अनुसार पितृ भक्त बन्नु हरेक मानिसको परम कर्तव्य हो । यस धर्मको पालना नगरे पितृ दोष लाग्दछ । यस दोषका प्रभावले जीवनमा दरिद्रता, संतानहीनता, आर्थिक अभाव र शारीरिक कष्टको सामना गर्नुपर्ने हुन्छ ।

देव ऋण
माता–पिताको आशीर्वाद पछि देवता प्रमुख मानिन्छन् । देवतामा पनि गणेश प्रथम पूज्य मानिन्छन् । तसर्थ हाम्रा पूर्वज पनि कुनै पनि मांगलिक कार्य गर्नु पूर्व कुलदेवी वा देवताको पूजा गर्दछन् । यस नियमको पालन न गरे देवी–देवताको श्राप लाग्ने मान्यता छ ।

ऋषि ऋण
मनुष्यको गोत्र कुनै न कुनै ऋषिसँग जोडिएको हुन्छ । गोत्रमा सम्बन्धित ऋषिको नाम जोडिन्छ । तसर्थ पूजापाठमा ऋषि तर्पणको विधान छ । ऋषि तर्पण नगर्नेलाई ऋषि ऋण लाग्ने मान्यता छ ।

मनुष्य ऋण
माता पिताका अलावा मानिस समाजका सबै मानिसलाई प्रेम र उदारता देखाउनु पर्ने मान्यता छ । यस अलावा जुन पशुको दूध पिउँछ, त्यसको पनि ऋण तिर्नुपर्ने मान्यता छ । साथै पशुपक्षीले गरेका प्रत्यक्ष अप्रत्यक्ष मद्दतको पनि ऋण तिर्नुपर्ने मान्यता छ । मनुष्य ऋण कै कारण राजा दशरथको परिवारले कष्ट झेल्नु परेको धार्मिक कथा छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७८, बुधबार  ६ : १० बजे

एक करोड लागतमा पुस्तकालय भवन निर्माण

दमौली– यहाँको देवघाट गाउँपालिका–५ मा एक करोड लागतमा देवघाट सार्वजनिक

अर्थसंक्षेप : नेप्सेमा सामान्य गिरावट, भक्तपुर चेम्बरको अध्यक्षमा श्रेष्ठ निर्विरोध र एआई पहलमा भारतलाई अमेरिकी निम्तो

भक्तपुर चेम्बर अफ कमर्सको अध्यक्षमा श्रेष्ठ निर्विरोध लामोसमयदेखि शैक्षिक विकासको

विशेष महाधिवेशन पक्षधरको चेतावनी : सभापति नआए भोलि नै नयाँ नेतृत्व घोषणा हुन्छ

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षीय नेताहरूले बहुमत प्रतिनिधिको आवाजलाई

‘कांग्रेसको विशेष महाधिवेशनका पक्षमा पुगे ६३ प्रतिशत प्रतिनिधि’

काठमाडौं- काठमाडौंमा जारी नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको पक्षमा ६३

इरान वार्ता र युद्ध दुवैका लागि तयार छ : विदेशमन्त्री

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सयौँको ज्यान जानेगरी भएको प्रदर्शनलाई