टिपर दुर्घटनामा एकको मृत्यु, चालकसहित तीन जना घाइते « Khabarhub

टिपर दुर्घटनामा एकको मृत्यु, चालकसहित तीन जना घाइते


४ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर – उदयपुरको उदयपुरगढी गाउँपालिकामा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् ।

बालुवा-गिट्टी बोकेको स १ क १९० नम्बरको टिपर मंगलबार राति उदयपुरगढी गाउँपालिका – ७ हाडेवास चिउरीवासमा दुर्घटना हुँदा स्थानीय उज्वल खपाङगीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका खपाङगीको जिल्ला अस्पताल गाईघाटमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए ।

टिपरको ब्रेक फेल भइ भएको दुर्घटनामा चालक सप्तरीको कल्याणपुरका उमेशकुमार चौधरी, उदयपुरगढी गाउँपालिका – ७ का युवराज खपाङगी र सोही ठाउँका भरत खपाङगी घाइते भएका छन् । चालकको अवस्था गम्भीर रहेको डिएसपी गौतमले जानकारी दिए ।

प्रकाशित मिति : ४ फाल्गुन २०७८, बुधबार  १० : १२ बजे

बालेन सरकारको सय दिनमा तीन सुकुम्वासीको मृत्यु, व्यवस्थापनमा तैँ चुप, मैँ चुप

काठमाडौं- आइतबार प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को नेतृत्वमा सरकार गठन

काठमाडौं गोर्खाजको टाइटल स्पोन्सरमा एक्स्ट्रिम इनर्जी ड्रिंक्स

काठमाडौं– एग्रो थाई फुड्स प्रालिद्वारा उत्पादित इनर्जी ड्रिंक्स ब्रान्ड एक्स्ट्रिम

आर्थिक शिथिलता चिर्ने प्रकारको मौद्रिक नीति आवश्यक

काठमाडौं– निजी क्षेत्रका प्रतिनिधि, बैंकर र पूर्व गभर्नरहरूले मुलुकको वर्तमान

‘ठूलो लगानीमा बनेको’ फिल्म ‘नागबन्धम’ नेपालमा पनि प्रदर्शन

काठमाडौं – ठूलो बजेटमा बनेको फिल्मका रुपमा दक्षिण भारतमा चर्चा

मालदह आँपको मूल्य बढ्यो

धनुषा– मधेश प्रदेशमा मालदह जातको आँपको उत्पादन घट्दै गएपछि बजारमा