यु १८ महिला साफ च्याम्पियनसिप : भारतसँग नेपाल पराजित « Khabarhub

यु १८ महिला साफ च्याम्पियनसिप : भारतसँग नेपाल पराजित


२ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – यू-१८ महिला साफ च्याम्पियनसिपको पहिलो खेलमा नेपाल आयोजक भारतविरुद्ध ७–० अन्तरले पराजित भएको छ ।

जम्सेदपुरमा सम्पन्न खेलमा भारतले १४औं मिनेटमा सुजिस पोट्टेकाटले गरेको गोलबाट अग्रता बनाएको थियो । त्यसको तीन मिनेटपछि घरेलु टोलीकी लिन्डा कमले अग्रता दोब्बर पारिन् । त्यस्तै, ३५औं मिनेटमा लिन्डाले नै गोल गर्दै भारतलाई ३–० को अग्रता दिलाइन् ।

पहिलो हाफमा ३–० ले अघि रहेको भारतले दोस्रो हाफमा चार गोल थप्दै च्याम्पियनसिपमा सानदार सुरुआत गर्यो । अपुर्ना नार्जारीले ६८औं मिनेटमा गोल गर्दै घरेलु टोलीको अग्रतालाई अझ फराकिलो पारिन् । नार्जारी खेलको ५३औं मिनेटमा लिन्डा कमको स्थानमा मैदान प्रवेश गरेकी थिइन् ।

यस्तै, ७६औं मिनेटमा भारतकी पुर्णिमा कुमारीले पाँचौ र खेल सकिन चार मिनेट बाँकी रहँदा सुनिता मुन्डाले छैटौं गोल गरिन् । खेलको इन्जुरी समयमा नितु लिन्डाले भारतका लागि सातौं गोल गर्दै घरेलु टोलीको सानदार जित निश्चित गरिन् ।

खेलभर रक्षात्मक बनेको नेपालले एउटा पनि गतिलो आक्रमण बनाउँन सकेन । डबल राउन्ड रोविन लिग पद्दतीमा सञ्चालन भइरहेको प्रतियोगितामा आयोजक भारतसहित नेपाल र बंगलादेश सहभागी छन् ।

नेपाली टोलीको मुख्य प्रशिक्षकमा भक्तराज लावत छन् भने कप्तानीको जिम्मेवारी प्रिती राईलाई सुम्पिएको छ ।

दोस्रो खेलमा चैत तीन गते नेपालले बंगलादेशसँग खेल्नेछ । यस्तै, पाँच गते भारत र ६ गते बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ । साफ यु १८ महिला च्याम्पियनसिपको तालिकामा सर्वाधिक अंक जोड्ने टोली च्याम्पियन बन्नेछ ।

प्रकाशित मिति : २ चैत्र २०७८, बुधबार  ६ : १३ बजे

कञ्चनपुरमा महिला मतदाता बढी

कञ्चनपुर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदाताको

आईसीसी महिला टी–२० छनोट : थाइल्याण्डसँग नेपाल पराजित

काठमाडौं– आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको पहिलो खेलमा नेपाल

पहिलो पटक घण्टीघरमा प्रवेश गर्दै बालेन्द्र, रास्वपा बैठकमा सहभागी हुने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह केन्द्रीय कार्यालय

गैँडाकोटबाट नारायणीमा ‘राइनो क्रुज’ सञ्चालन हुँदै

नवलपरासी– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटस्थित नारायणी नदीबाट नेपालकै पहिलो ‘राइनो क्रुज’

सर्वोच्चपछि सडकतिर पनि आधिकारिकता खोज्दै देउवा समूह (तस्बिरहरू)

काठमाडौं- नेपाली कांग्रेसबाट आधिकारिकता गुमाएको शेरबहादुर देउवा समूह सर्वोच्च अदालतपछि