आज नेपालले पपुवा न्युगिनीविरुद्ध खेल्दै « Khabarhub

आज नेपालले पपुवा न्युगिनीविरुद्ध खेल्दै


२ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आज नेपालले पपुवा न्युगिनी (पीएनजी) विरुद्ध प्रतिस्पर्धा गर्दैछ। आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको एकदिवसीय सिरिजमा नेपाल बुधबार पीएनजीसँग खेल्न लागेको हो।

यो खेल यूएईस्थित सारजाहमा हुनेछ। खेल बिहान सवा ११ बजे सुरु हुनेछ। नेपाल पीएनजीलाई हराएर सिरिजको सुखद सुरुवात गर्न चाहन्छ।

सन्दीप लामिछाने कप्तानीको नेपालले पीएनजीविरुद्ध दुई खेल खेल्नेछ। यसअघि नेपालले गत भदौमा एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेको थियो।

यही सिरिजको तयारी स्वरुप नेपालले श्रीलंकामा चार खेल खेलेको थियो। त्यहाँ लगातार तीन खेल जितेको नेपाल एक खेलमा पराजित भएको थियो।

नेपालले दोस्रो खेल मार्च १८ मा यूएईविरुद्ध खेल्नेछ। यूएईसँगको अर्को खेल भने मार्च २१ मा हुनेछ।

प्रकाशित मिति : २ चैत्र २०७८, बुधबार  ६ : २४ बजे

नेपाल चिकित्सक संघको निर्वाचन स्थगित

काठमाडौं– नेपाल चिकित्सक संघ (एनएमए) को निर्वाचन कार्यक्रम स्थगित गरिएको

चीन–अल्जेरिया अन्तरिक्ष सहकार्य : नयाँ उपग्रह प्रक्षेपण

एजेन्सी – चीनले बिहीबार उत्तरपश्चिम चीनस्थित जिउक्वान उपग्रह प्रक्षेपण केन्द्रबाट

सिजीको ‘तिहार रंगोली फोटो सेयर तथा जित’ प्रतियोगिताका विजेतालाई मेरिडिया साउण्ड बार प्रदान

काठमाडौं– सिजी ब्रान्डले तिहारमा आयोजना गरेको ‘तिहार रंगोली फोटो सेयर तथा

पूर्वराष्ट्रपति युनलाई पाँच वर्ष कैद

एजेन्सी– दक्षिण कोरियाको एक अदालतले शुक्रबार पूर्वराष्ट्रपति युन सुक योललाई

‘चुनपहरा चट्टान’ आरोहण प्रशिक्षण केन्द्र

डुम्रे– पृथ्वी राजमार्गको मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरस्थित चुनपहरामा