हरिलाल राई स्मृति सम्मान : दुई उत्कृष्ट कर्मचारीलाई  « Khabarhub

हरिलाल राई स्मृति सम्मान : दुई उत्कृष्ट कर्मचारीलाई 


२ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ- दिक्तेल रुपाकोट मझुवागढी–४ खाल्लेका स्वर्गीय नासु हरिलाल राईको स्मृतिमा दुई राष्ट्रसेवक कर्मचारीलाई सम्मान प्रदान गरिएको छ ।

किराँत राई कर्मचारी मञ्च केन्द्रीय समितिले स्थापना गरेको अक्षय कोषबाट कृषि ज्ञान केन्द्र खोटाङमा कार्यरत छैटौँ तहका अधिकृत हरिनारायण राई र इटहरी उप-महानगरपालिकाको स्वास्थ्यचौकी हासपोसामा कार्यरत अनमी बिमला राईलाई सम्मान गरिएको हो ।

समितिले आयोजना गरेको बृहत् वनभोज कार्यक्रममा उनीहरूलाई सम्मान–पत्र सहित जनही १५ हजार राशि प्रदान गरिएको किरात राई कर्मचारी मञ्च केन्द्रीय समितिका महासचिव अनिल किराँतीले बताए।  दुर्गम क्षेत्रमा लामो समय सेवा गरेको तथा किराँत समुदायको उत्थानमा पुर्‍याएको योगदानको कदर गर्दै राई द्वयलाई सम्मान प्रदान गरिएको हो ।

हरिलाल राई स्मृति सम्मान कोषको नियमावली–२०७७ बमोजिम पाँच जिल्ला कार्य समितिले सिफारिस गरेको १० कर्मचारीमध्येबाट व्यवस्थापन समितिले निश्चित मापदण्डको आधारमा दुई जनालाई छनौट गरेको हो ।

को हुन् हरिलाल राई ?

लहानमा काठमाडौँ पूर्वतर्फ जाँदै गरेको बसले मोटरसाइकललाई ठक्कर दिँदा मालपोत कार्यालय खोटाङमा कार्यरत नासु राईको ७ पुस २०७७ मा निधन भएको थियो । उनको स्मृतिमा उनकै बुवा उदयबहादुर राई र आमा चुनामाया राईले अक्षय कोष स्थापनार्थ उपलब्ध गराएको ३ लाखबाट ३ वैशाख २०७८ मा यो कोष स्थापना गरिएको हो ।

पुण्य तिथि पारेर हरेक वर्ष ८ पुसमा यो सम्मान प्रदान गर्ने निर्णय गरिएको भए पनि कोभिड १९ को महामारीका कारण गत वर्ष कार्यक्रम गर्न नसकिएको मञ्चले जनाएको छ ।

नेपालको सार्वजनिक प्रशासनमा आबद्ध भएर देश र जनताको सेवामा समर्पित किराँत राई समुदायका सर्वोत्कृष्ट राष्ट्रसेवक कर्मचारीलाई सार्वजनिक सेवा र समुदायको हितमा प्रोत्साहित गर्न एवं वृत्ति विकासमा टेवा पुर्‍याउने लक्ष्य कोषको छ।

वार्षिक रूपमा प्राप्त हुने व्याजबाट किरात राई समुदायका एक-एक जना महिला/पुरुष राष्ट्रसेवक कर्मचारीलाई सम्मान गर्ने गरिएको छ ।

प्रकाशित मिति : २ चैत्र २०७८, बुधबार  ६ : ३६ बजे

निर्वाचन तालिका स्थगित गर्नुपर्ने माग लिएर देउवा समूह आयोग पुग्दै

काठमाडौं- नेपाली कांग्रेसको वैधानिकता गुमाएको शेरबहादुर देउवा समूहले फागुन २१

आनाको फिल्म ‘रमिताको पिरती’मा कुशलको र्‍याप

काठमाडौं – नायिका आना शर्मा स्टारर फिल्म ‘रमिताको पिरती’को शीर्ष

सुदूरपश्चिममा एमाले र नेकपाले टुङ्ग्याए उम्मेदवार

महेन्द्रनगर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुदूरपश्चिम

पाकिस्तानको मलमा आगलागी : ६ जनाको मृत्यु, २० भन्दा बढी घाइते

इस्लामाबाद– पाकिस्तानको दक्षिणी शहर कराचीमा शनिबार राति एक मलमा आगलागी

बालेनले राजीनामा नदिई उम्मेदवारी दर्ता गराउने, यस्तो छ कानुनी व्यवस्था

काठमाडौं– काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह ‘बालेन’ले प्रतिनिधिसभाको उम्मेदवार बन्नुअगाडि