होलीमा संयमता अपनाउन मधेस प्रदेश प्रमुखको आग्रह « Khabarhub

होलीमा संयमता अपनाउन मधेस प्रदेश प्रमुखको आग्रह


२ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम – मधेस प्रदेश प्रमुख हरिशंकर मिश्रले धार्मिक सद्‍भाव कायम गरेर होली पर्व मनाउन आग्रह गरेका छन् ।

नेपाल पत्रकार महासंघ मधेस प्रदेश समितिले आयोजना गरेको होली मिलन कार्यक्रममा मिश्रले होली सांस्कृतिक रहेकाले यसलाई धार्मिक सद्‍भाव, भाइचाराको हिसाबले बनाउनुपर्ने बताए । ‘होलीले समाजमा नयाँ जागरण, उत्साह थपियोस् भन्ने हाम्रो कामना हो,’ उनले भने ।

मधेस प्रदेशका पूर्वआन्तरिक मामिला तथा संचारमन्त्री ज्ञानेन्द्रकुमार यादवले समाजमा धार्मिक सद्‍भाव,सामाजिक एकता र समाजमा रहेका विकृति हटाउन ठूलो भूमिका रहेकोको बताए ।

जनता समाजवादी पार्टीका मधेस प्रदेशका संसदीय दलका उपनेता रामअशिष यादवले होली पर्वको शुभकामना दिँदै भाइचाराको पर्व होलीको नाममा हुने विकृतिलाई हटाउनुपर्ने बताए ।

प्रकाशित मिति : २ चैत्र २०७८, बुधबार  ७ : ५९ बजे

आईसीसीमाथि प्रश्न- वरीयताको अन्तिम निर्णय कसरी स्वीकार्य हुन्छ ?

काठमाडौँ – एसियन गेम्स पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गत क्वाटरफाइनलका चार

प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको अविरल वर्षापछि म्याग्दी

जल तथा ऊर्जा आयोगको सचिवालयबाट नीति संवाद सुरु

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको जल तथा ऊर्जा

अमेरिका र इरानबीच मध्यस्थकर्ताकाे छुट्टाछुट्टै वार्ता : युद्ध अन्त्य र होर्मुज मार्ग खोल्ने नयाँ प्रयास

एजेन्सी– सात महिना लामो युद्ध अन्त्य गर्ने नयाँ प्रयासस्वरूप अमेरिका

बालेन र रविको फोटो पोस्ट गर्दै बाबुराम लेख्छन्- लोकतन्त्रमा सबै काम विधिसम्मत हुनुपर्छ !

काठमाडौँ – पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम