कामदारलाई समयमै तलब दिन कम्पनीहरूलाई कतार सरकारको निर्देशन  | Khabarhub Khabarhub

कामदारलाई समयमै तलब दिन कम्पनीहरूलाई कतार सरकारको निर्देशन 


२ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा – कतारको गृह मन्त्रालयले कामदारहरुको कल्याण र सुरक्षा सुनिश्चित गर्न कम्पनीहरूलाई निर्देशन दिएको छ ।

मन्त्रालयले कम्पनीहरूलाई समयमै तलब भुक्तानी गर्न, श्रमिकको हित र सुरक्षा सुनिश्चित गर्न र अपराध रोक्नको लागि आग्रह गरेको हो।

मंगलबार आयोजित ‘अपराध रोकथाम साझा जिम्मेवारी हो’ भन्ने शीर्षकको कार्यक्रमलाई सम्बोधन गर्दै सुरक्षा विभागको प्राविधिक कार्यालयका क्याप्टेन मेशाल मुबारक अल-मन्सौरीले भने, ‘केही असफल कम्पनीहरुले तलब नदिएको भन्दै हड्ताल भयो, जुन हाम्रो साँचो धर्मले निषेध गरेको छ र विधायिका कानुनले निषेध गरेको छ।’

‘कम्पनीहरूले सुरक्षा प्रक्रियाहरू, खाना र उपयुक्त आवासको साथ कामदारहरूको जीवनको रक्षा गरेर र कार्यस्थल मात्र होइन बाहिरका कामदारहरूको आधारभूत आवश्यकताहरूमासमेत ध्यान दिएर सुरक्षा कायम गर्नुपर्छ।’ उनले थपे।

‘कम्पनीहरूले कामदारहरूलाई देशको प्रक्रिया र कानुनको बारेमा शिक्षित गराउनु पर्छ, चोरी र आक्रमणहरू रोक्न कामदारहरूको आवासमा सीसी क्यामेराहरू राख्नुपर्छ,’ क्याप्टेन अल-मन्सुरीले भने। उनले कम्पनीका अधिकारीहरूलाई कुनै नकारात्मक व्यवहार वा शंकास्पद गतिविधि देखिएमा सुरक्षा अधिकारीहरूलाई जानकारी दिन पनि भनेका छन् ।

उनले कम्पनीहरूलाई कामदार बस्ने आवासको आवधिक रूपमा मर्मत सम्भार गर्न र कामदारहरूको अन्य आवश्यकता पूरा गर्न आग्रह गरेका छन् । चोरी कम गर्नको लागि इलेक्ट्रोनिक रूपमा रकम स्थानान्तरण गर्नेबारे जानकारी दिन कम्पनीहरूलाई आग्रह गरेको क्याप्टेन अल-मन्सौरीलाई उद्धृत गर्दै गल्फ टाइम्सले जनाएको छ ।

गत हप्ता मात्र आफूहरूले काम गरेको पारिश्रमिक नपाएको भन्दै कतारको बिन ओम्रान ट्रेडिङ एन्ड कन्ट्र्याक्टिङ कम्पनीमा कार्यरत
नेपाली लगायत अन्य देशका गरी चार हजार भन्दा बढी श्रमिकहरूले सडकमा कम्पनीविरुद्ध प्रदर्शन गरेका थिए ।

प्रकाशित मिति : २ चैत्र २०७८, बुधबार  ८ : २९ बजे

जेलेन्स्कीको हत्या गर्ने षड्यन्त्र विफल पारेको युक्रेनको दाबी

एजेन्सी – युक्रेनले राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसहित वरिष्ठ युक्रेनी अधिकारीहरूको हत्याका

सामुदायिक वनमा शव फेला

कञ्चनपुर – वैशाख स् शुक्लाफाँटा नगरपालिका-७ स्थित वातावरण मध्यवर्ती सामुदायिक

‘तीन चरणको चुनावबाटै भाजपा इतिहास बनिसक्यो’ – अखिलेश यादव

एजेन्सी – भारतको उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री एवम्‌ समाजवादी पार्टी प्रमुख

मेक इन नेपाल–स्वदेशी सम्मेलन :  ३५ बुँदे घोषणापत्र जारी

काठमाडौं – नेपाली वस्तुको उत्पादन तथा उपभोग बढाउने र विश्व

भरतपुर महानगरमा भूमिगत विद्युतीकरणको काम ५० प्रतिशत सम्पन्न

चितवन– भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको काम