स्वीजरल्यान्डको महानगर आर्बेडो कास्टाइनमा ७० मिटर उचाइको क्रेन छ। यसका ६ भाग फैलिएका छन्। यसको माथि एउटा ब्लक छ। तर, यहाँ ब्लकको निर्माण कार्य भइरहेको छ। न त कुनै कन्स्ट्रक्सन साइटका लागि यी क्रेन तयार भएका हुन्।
यो स्टिल टावर अमेरिकन स्विस कम्पनीले तयार पारेको एउटा इनर्जी भल्ट हो। गुरुत्वाकर्षणमा निर्भर रहेको यस प्रविधिमा ३५ टनको एउटा इँटालाई प्रयोग गरिएको छ। यसै इँटाले पुन नवीकरणीय ऊर्जाको काम गरेको छ।
जब ऊर्जाको कम माग हुन्छ, क्रेनले सर प्लस विद्युतलाई प्रयोग गर्दै इट्टालाई उठाउँछ र माथि लैजान्छ। जब ऊर्जाको माग बढी हुन्छ, यस इट्टालाई तल झार्दै काइनेटिक ऊर्जा प्रवाह गरिन्छ। झट्ट हेर्दा यो विज्ञान स्कुलको कक्षा कोठामा भइरहेको प्रयोग मात्र जस्तो लाग्न सक्छ। तर, यसले वर्तमान संसारमा देखिएको ऊर्जा सङ्कटलाई धेरै हदसम्म हल गर्ने सम्भावना पनि छ।
‘पुन नवीकरणीय ऊर्जाको सवालमा यो एउटा महत्त्वपूर्ण फड्को हुन सक्छ ,’ इनर्जी भल्टका संस्थापक रोबर्ट पिकोनीले भनेका छन्। ‘डिकार्बोनाइज’ गर्न चाहने थुप्रै सरकार र संस्थाहरूले यस कम्पनीलाई अहिले जतिसक्दो धेरै मात्रामा आफ्नो उत्पादन बजारमा ल्याउनका लागि दबाब दिएका छन्। उनी पुन नवीकरणीय ऊर्जाका लागि ऊर्जा सञ्चित गर्ने स्थानको अभावमा सम्भव नहुने बताउँछन्।
जीवाश्म ऊर्जाले रात र दिनमा लगातार उत्पादन दिए जस्तो सौर्य र वायु ऊर्जाबाट सम्भव हुँदैन। कुनै समय घाम नलाग्ने तथा हावाको बहाव रोकिने र यसले विद्युत् आपूर्तिलाई पनि प्रभाव पार्न सक्ने हुन्छ। पिकोनी बजारमा जीवाश्म इन्धनसँग प्रतिस्पर्धा गर्नका लागि पुन नवीकरणीय ऊर्जा अनुगमन गर्न सकिने हुनुपर्छ। यसको मतलब ऊर्जा सञ्चित गर्ने र आवश्यक परेको समयमा प्रयोग गर्न सकिने हुनु पर्छ।
अहिलेको ऊर्जा सङ्कटमा लिथियम रहेका ब्याट्री एउटा महत्त्वपूर्ण विकल्प हुन सक्छ। संसार भर नै यसलाई पावर ग्रिडसँग जोड्न थालिएको छ। सौर्य र हावाबाट निकालिएका विद्युतबाट यसलाई चार्ज गर्न सकिने छ। यसरी चार्ज गरे पछि यसको पुन प्रयोग हुने गरेको छ। ऊर्जा अनुसन्धान तथा कन्सल्टेन्सी फर्म उड म्याकेन्जीका ऊर्जा भण्डारका प्रमुख डान स्रेभ पछिल्लो दशकमा यसको व्यापक प्रयोग भएको बताउँछन्। उनका अनुसार धेरै स्थानमा थोरै समयका लागि ऊर्जा सङ्ग्रह गर्न यसलाई प्रयोग गरिन्छ।
सामान्यतया ६ घण्टा सम्मका लागि यसलाई प्रयोग गर्ने गरिएको छ। उनको विचारमा पनि ‘डिकार्बनाइजेसन’ अभियानमा भरपर्दो सङ्ग्रहको माध्यमको खोजी आवश्यक भइसकेको छ।
ब्याट्रीका केही खराब पाटा पनि छन्। लिथियम संसारको थोरै स्थानमा मात्र पाइन्छ। यसलाई उत्पादन गर्ने क्रममा वातावरणमा प्रतिकुल असर पनि पर्न सक्ने छ। गएको दशक ब्याट्रीको मूल्य घटेसँगै २०२१ मा लिथियमको माग वितरणको तुलनामा बढी रहेको छ।
बजारमा चाहे जस्तो लिथियम पाउन कठिन भएको छ। यस कारण पिकोनीकै विचारमा यस खालका ब्याट्री कार र कम्प्युटरका लागि उपयुक्त भए पनि धेरै स्केलका व्यापारका लागि उपयोगी नहुन सक्छन्।
यसको बदलामा एक सय वर्ष अगाडी नै स्थापित सोच र प्रचलन अनुसार इनर्जी भल्टको मान्यता अघि बढेको हो। यो धेरै हदसम्म हाइड्रो ऊर्जालाई सङ्ग्रह गरेर राख्न उपयोग हुने गरेको छ। पिक समयमा जमिन मुनी नै पानीलाई रिजर्भवरमा राख्ने गरिन्छ भने पानी कम भएको समयमा त्यसै रिजर्भवरलाई राखिएको पानीबाट विद्युतीय ऊर्जा उत्पादन हुन्छ।
पिकोनी गुरुत्वाकर्षणमा आधारित ऊर्जा पनि त्यसै खाले हुने बताउँछन्। पिकोनी यसका लागि पानीको साटो कम्पोजीट ब्लक प्रयोग गर्ने बताउँछन्। पिकोनी यस प्रविधि अपनाउँदा कुनै पनि कम्पनी डोमोग्राफीमा निर्भर रहनु नपर्ने तथा र ड्याम्प निर्माण गर्ने क्रममा कुनै खाडल खन्नु नपर्ने बताउँछन्। यसै कारणले वातावरणमा प्रतिकुल प्रभाव पर्ने छैन।
इनर्जी भोल्टको सशक्त प्रयोग सन् २०२० मा स्वीजरल्यान्डबाट भएको हो। त्यसै समयमा यो टावर मोडेल डिजाइनमा तयार भएको हो। यो २ सय मिटरको उचाइमा समेत राख्न सकिने छ। साथै नयाँ अत्याधुनिक भवन बनाएर यसलाई व्यवस्थित बनाएको छ। यसलाई ‘ इनर्जी भल्ट रेसीलेन्सी सेन्टर ’भनिन्छ।
पिकोनीका सामु ग्राहकहरूले यो धेरै अग्लो भएको तथा अन्तर्राष्ट्रिय भवनको मापदण्ड भन्दा फरक हुने हो की भन्ने चिन्ता व्यक्त गरेका छन्।
यो रेसीलेन्सी सेन्टर एकै खाले इट्टा बाट बनाइएका हुन्छन्। यसको निर्माण माटो र अन्य खेर जाने पदार्थबाट नै निर्माण हुने हो। भवन भने १ सय मिटर अग्लो हुने छ। इँटाहरू ट्रलीमा राखेर नै ओसारिएको हो। यी सबै प्रक्रिया चार्जीङ इनर्जी प्रयोग गरिने ढङ्गबाट नै हुने छ।
हावा र सौर्य ऊर्जा धेरै हुने र दायाँ बायाँ घर नुहुने ठाउँमा यसलाई राखिने छ। स्रेभका अनुसार इनर्जी भल्ट प्रविधि सामान्य र भरपर्दो हुनसक्छ। तर, लिथियम सहितको ब्याट्रीसँग बजारमा यसले प्रतिस्पर्धा गर्नसक्छ या सक्दैन भन्ने प्रश्न उनको पनि छ।
बजारले अहिले ब्याट्रीको विकल्प खोजी रहेको समयमा बेलायतमा ग्रभ्रिटीसीटीको आधारमा वैकल्पिक ऊर्जाको खोज धेरै भइरहेको छ। यो पनि गुरुत्वाकर्षणकै सिद्धान्तमा आधारित प्रविधि हो। तर, यसले दिने सेवाको आयतन इनर्जी भल्टको भन्दा कम हुनसक्छ।
अहिले सेयर बजारमा इनर्जी भल्टको प्रभाव पनि व्यापक भएको छ। गएको फेब्रुअरीमा न्यु योर्क स्टक एक्सचेन्जमा इनर्जी भल्ट सूचीकृत भएको थियो। अहिले यसको एक्सचेन्ज मूल्य २३५ मिलियन अमेरिकी डलर वृद्धि भएको छ।
पछिल्लो समय संसारका चर्चित अभिनेता तथा वातावरण अभियन्ता लियोनार्डो डि काप्रीको कम्पनीको रणनैतीक सुरक्षा बोर्डमा समावेश भएका छन्।
यस वर्ष डिजी फ्लायस कम्पनीका लागि इनर्जी भल्टले भवन बनाउँदै छ। उड्डयन क्षेत्रका लागि हाइड्रोजन उत्पादन गर्नका लागि यी भवन धेरै प्रयोग हुने छन्।
इनर्जी भल्ट अहिले संसारमा नै पेट्रोलियम ऊर्जा र कोइलाजन्य ऊर्जालाई प्रतिस्थापन गर्ने दौडमा संसारका अन्य धनाढ्य देशमा पनि आफ्नो प्रभाव विस्तार गरी रहेको छ।
साउदी अरेबियाको तेल उत्पादक कम्पनी साउदी अरामकोसँग यस कम्पनीले ८८० मिलियन अमेरिकी डलर बराबरको उत्पादन सम्झौता गरेको छ। धातु पगाल्नमा केन्द्रित रहेको कोरियाली कम्पनी जिन्क तथा खानी उत्खनन गर्ने कम्पनी बिएचपीसंग यस कम्पनीको सम्झौता भएको छ।
सबैको सहयोग पाए पिकोनी इनर्जी भल्ट संसारमै वैकल्पिक ऊर्जाको क्षेत्रमा महत्त्वपूर्ण आयाम हुन सक्ने छ भन्नेमा विश्वस्त छन्।
अहिले ग्राहकसँग गरेको सम्झौता अनुसार इनर्जी भोल्टले प्रतिघण्टा २.५ गीगावाट ऊर्जा सञ्चित गर्ने छ। उड म्याकेन्जी कम्पनी थप १७ गीगावाट ऊर्जा सङ्कलन गरेर राख्ने गरी यसलाई परिष्कृत बनाउने योजनामा छ।
यसको स्तर वृद्धिपछि पहिलो पटक अमेरिकामा प्रयोग हुने छ। यो धेरै नै प्रभावकारी हुनेमा पिकोनी धेरै नै विश्वस्त छन्।
संसारमा यो ऊर्जा सङ्कटको समयमा इनर्जी भल्टको प्रयोग अमेरिकामा भन्दा पनि ब्राजिल र नेपाल जस्ता देशमा अझ धेरै प्रभावकारी हुने अपेक्षा गरिएको छ।
इनर्जी भल्टका लागि सबै भन्दा आवश्यक सूर्यको प्रकाश, हावा र पानी नै हो। यसका साथै केही खाली जमिन यसका आधारभूत विषय हुन्।
नेपालको परिप्रेक्ष्यमा पछिल्लो समय पेट्रोलियमको प्रयोग व्यापक भएको छ। ब्याट्रीमा हुने लिथियम पनि वातावरणका लागि प्रतिकुल भएका कारण विद्युत् त नेपालका लागि सबैभन्दा उपयोगी हो। इनर्जी भल्ट अझ बढी उपयोगी हुनसक्छ। यसले ‘डि कार्बनाइजेसन’ को अभियानमा धेरै सहयोग पुग्न सक्ने छ। एजेन्सीको सहयोगमा
प्रतिक्रिया