‘मिस्टर नेपाल’को छनोट सुरु, अडिसन १२ चैतसम्म चल्ने « Khabarhub

‘मिस्टर नेपाल’को छनोट सुरु, अडिसन १२ चैतसम्म चल्ने


२ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेक्स्ट मोडल्स नेपालले पुरुषको सौन्दर्य प्रतियोगिता ‘मिस्टर नेपाल २०२२’ को छनोट सुरु गरेको छ । नेक्स्ट मोडल्स नेपालले गत शनिबारबाट प्रतियोगी छनोटको प्रारम्भिक अडिसन सुरु गरेको हो । अडिसन १२ चैतसम्म चल्ने आयोजकले जनाएको छ ।

अहिलेसम्म प्रतियोगितामा एकसय बढीले अडिसन दिएका छन् । तीमध्येबाट केही प्रतियोगी छानिएका छन् । अडिसनबाट छानिएका सबै प्रतियोगी चैत १२ गतेको अन्तिम अडिसनपछि सार्वजनिक गर्ने आयोजक नेक्स्ट मोडल्स नेपालका सिइओ रवि धमलाले बताए ।

‘मिष्टर नेपाल’ पुरुष सहभागी हुने नेपालकै प्रतिष्ठित र ठुलो प्रतियोगिता हो । एक्सपोज नेपालले आयोजना गर्दै आएको यो प्रतियोगिता यस वर्षबाट नेक्स्ट मोडल्स नेपालले गर्ने भएको हो । १८ वर्षदेखि ३२ वर्ष ननाघेका युवाले प्रतियोगिताका लागि चैत १२ गतेसम्म सहभागिता जनाउन सक्नेछन् । विश्वका जुनै कुनामा रहेका ५ फिट ८ इञ्च माथि उचाइ भएका नेपाली नागरिकले मात्र प्रतियोगितामा सहभागिता जनाउन सक्ने प्रावधान आयोजकको रहेको छ ।

सिइओ धमलाले यो वर्षबाट स्थानीय सौन्दर्य प्रतियोगिताका विजेताले समेत सहभागी हुने अवसर पाउने बताए । ‘प्रतियोगिता विगतको भन्दा अझ भव्य बनाउन आफू लागिपरेको छु’ धमलाले भने ‘यो वर्ष मिस्टर नेपाल’ नेपालमा आयोजना हुने सबै सौन्दर्य प्रतियोगिताभन्दा भव्य हुनेछ।’

प्रतियोगिताको शीर्ष विजेताले ‘मिस्टर वर्ल्ड २०२३’ मा सहभागिताको अवसरको अलवा ५ लाख नगदसहित विभिन्न ब्राण्डको ब्राण्ड एम्बेसर, फेस अफ ब्राण्ड, विज्ञापन, म्युजिक भिडियो र फिल्म अभिनय अवसर प्राप्त गर्नेछन् । अडिसनबाट छानिएका प्रतियोगीलाई मात्र अन्तिम प्रतिस्पर्धाको तयारी कक्षा स्विमिङ, फुटबल, रक क्लाइमिङ, समाजसेवा, सर्ट हाइकिङग, क्याटवाक, व्यक्तित्व विकास, पब्लिक स्पिकिङलगायतका दर्जन बढी विषयको प्रशिक्षणमा सहभागी गराइने नेक्स्ट मोडल्स नेपालकी कार्यकारी निर्देशक यतना पाण्डेले जानकारी दिइन् ।

प्रशान्त ताम्राकार, माल्भिका सुब्बा, रोजिन शाक्यलगायतले प्रशिक्षण दिने कार्यक्रमको कोरियोग्राफर प्रशान्त ताम्राकार रहेका छन् । प्रतियोगिताको छनौट चरणको अडिसनको निर्णायकमा प्रशान्त ताम्राकार, माल्भिका सुब्बा, रोजिन शाक्य, रवि धमला र मिष्टर नेपाल विजेता डा. सन्तोष उपाध्याय रहेका छन् ।

युवाहरूको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर लगायत नेतृत्वदायी क्षमता विकास गर्ने उद्देश्यले यो प्रतियोगिता २००१ देखि नियमित आयोजना हुँदै आएको प्रतियोगिताको अन्तिम स्पर्धा आगामी वैशाखको दोस्रो साता हुनेछ ।

प्रकाशित मिति : २ चैत्र २०७८, बुधबार  ११ : ३० बजे

आईसीसीमाथि प्रश्न- वरीयताको अन्तिम निर्णय कसरी स्वीकार्य हुन्छ ?

काठमाडौँ – एसियन गेम्स पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गत क्वाटरफाइनलका चार

प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको अविरल वर्षापछि म्याग्दी

जल तथा ऊर्जा आयोगको सचिवालयबाट नीति संवाद सुरु

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको जल तथा ऊर्जा

अमेरिका र इरानबीच मध्यस्थकर्ताकाे छुट्टाछुट्टै वार्ता : युद्ध अन्त्य र होर्मुज मार्ग खोल्ने नयाँ प्रयास

एजेन्सी– सात महिना लामो युद्ध अन्त्य गर्ने नयाँ प्रयासस्वरूप अमेरिका

बालेन र रविको फोटो पोस्ट गर्दै बाबुराम लेख्छन्- लोकतन्त्रमा सबै काम विधिसम्मत हुनुपर्छ !

काठमाडौँ – पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम