भकिम्ली राखु गाउँका किसानले फलाए पाखोमै डेढ करोडका सुन्तला | Khabarhub Khabarhub

भकिम्ली राखु गाउँका किसानले फलाए पाखोमै डेढ करोडका सुन्तला


२ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गलेश्वर म्याग्दीको बेनी नगरपालिकाका सुख्खा पाखामा किसानहरूले सुन्तला खेतीबाट  डेड करोड आम्दानी गरेका छन् । उनीहरूले प्रयोग विहीन सुख्खा पाखामा सुन्तला खेती गरेर राम्रो आम्दानी लिएका हुन्  ।

भिरालो जमिन र पाखोबारी मात्रै रहेको, भकिम्लीको राखु गाउँ केही वर्षअघि सम्म अनुत्पादक सुक्खा गाउँका रुपमा चिनिन्थ्यो तर विगत एक दशकयता राखु गाउँको चिनारी फेरिएको स्थानीहरू बताउँछन्  ।

 स्थानीय गाउँलेहरूले पाखोबारी मात्र भएको भिरालो जग्गालाई मलजल गरी सुन्तला खेती गरेपछि अहिले सोही गाउँका किसानहरूले आफ्नै गाउँमा बसेर वार्षिक करोडौँ रुपैयाँ कमाउन सफल भएका छन् ।

पहिला छ्‌या ! बाँदर पनि नअडिने अनकन्टार ठाउँ भनेर नाक खुम्चाउनेहरू अहिले आहा ! कति हराभरा गाउँ भनेर प्रशंसा गर्न थालेका छन्”, वडा सदस्यसमेत रहेकी  सुन्तला कृषक मन कुमारी पुनले भनिन् ।

यस वर्ष सुन्तला बिक्री गरेर हामीले गाउँमा रु डेढ करोडभन्दा बढी भित्र्यायौँ, अब यो अनकन्टार भनिएको पाखोमा सुन्तलाका बोट मार्फत पैसा फल्न थालेको छ उनले भनिन् ।  आफूले पनि यस वर्ष सुन्तला बिक्री गरेर रु २१ लाख आम्दानी गरेको उनले बताइन् ।

 गाउँको तल्लो र माथिल्लो भेकमा राखुका ६५ घरधुरीले वार्षिक न्यूनतम रु २० हजारदेखि अधिकतम रु २१ लाखसम्मको सुन्तला बिक्री गरी गाउँमा रु डेढ करोडभन्दा बढी रकम भित्र्याउन सफल भएको छ उनले भनिन् ।  

सुन्तला खेतीबाट सबैभन्दा धेरै मरेक गाउँका २१ जना कृषकले बगैँचाबाटै सुन्तला बेचेर रु ३२ लाखको सुन्तला बजारमा गएको स्थानीय अगुवा कृषक इन्द्रबहादुर थापाले जानकारी दिए । त्यसैगरी हल्लेगौडा, पानीस्वाँरा, ज्यामिरे र चिनखेत क्षेत्रबाट पनि यस वर्ष करिब रु २८ लाखको सुन्तला बजारमा गएको स्थानीय युवा कृषक होम रोका मगरले बताए ।

सुन्तला खेतीले कृषकको जीवनस्तरमा समेत परिवर्तन आएपछि गाउँभरी नै सुन्तलाका बिरुवा रोपिएको कृषकको भनाइ छ । दश वर्षदेखि पुरानो खाद्यबाली नलगाई व्यावसायिक रुपमा सुन्तला जातका फलफूल खेतीमा आकर्षित भकिम्ली वासीले हरेक वर्ष उत्पादनमा वृद्धि गरेका छन् ।

अबको केही वर्षमा परम्परागतरूपमा कोदो र मकै लगाउने सबै बारीमा सुन्तला फल्ने छ, सुन्तला खरिद गर्न व्यापारी घरघरमै आउने भएकाले सुन्तला खेतीमै सबैको आकर्षण बढेको छ”, वडाध्यक्ष पदम बहादुर पुनले भने ।

यहाँका कृषकको मुख्य आम्दानीको स्रोत सुन्तला बनाएको जनाउँदै उनले अबको आधा दशकमा अनुकूल मौसम भएमा तेब्बर उत्पादन हुने कृषकहरुको अनुमान रहेको बताए । सिङ्गो वडा नै सुन्तला खेतीमा आकर्षित भएको छ, अनुदानमा समेत प्रोत्साहन गरिरहेका छौँ”, वडाध्यक्ष पुनले भने  । हरेक वर्ष नयाँ बिरुवा वितरण, कृषि ज्ञान केन्द्रसहित विभिन्न निकायबाट समेत प्रोत्साहनका साथै कृषक आफ्नै अगुवाइमा समेत सुन्तलाको खेती विस्तारमा सक्रिय रहेको उनले बताए ।भकिम्लीका सबै सुन्तला खेती हुने गाउँमा सडक सञ्जाल पुगेको छ ।

म्याग्दीको समुन्द्री सतहबाट एक हजार २०० देखि एक हजार ६०० मिटरको उचाइसम्म सुन्तला खेती हुने कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत गोविन्द पाण्डेले बताए ।

पछिल्लो समय विदेश गएर फर्किएका युवा कृषक समूह निर्माण गरी व्यावसायिक कृषि, फलफूलतर्फ आकर्षित हुँदै गएकाले उत्पादन बढेको अधिकृत पाण्डेको भनाइ छ ।

जिल्लाका ६ वटै स्थानीय तहको ३५५ हेक्टर जमिनमा सुन्तला खेती भइरहेकामा यस वर्ष दुई हजार १८० मेट्रिक टन सुन्तला उत्पादन हुन्छ । जिल्लामा वार्षिक रु १७ करोड हाराहारीमा सुन्तला बिक्री हुने अनुमान गरिएको कृषि केन्द्रले जनाएको छ ।

प्रकाशित मिति : २ चैत्र २०७८, बुधबार  ३ : ५४ बजे

तलेजु भवानीमा गतवर्षको तुलनामा दर्शनार्थी घटे

काठमाडौं – तलेजु भवानी मन्दिर वर्षको एक दिन बडादसैँको महानवमीमा

बाढीले क्षति पुर्‍याएको त्रिशूलीको झोलुङ्गे पुल मर्मतपछि सञ्चालन

गोरखा – त्रिशूली नदीमा आएको बाढीले क्षति पु¥याएको झोलुङ्गे पुल

बाढीपहिरो पीडित आफन्तकहाँ आश्रय लिएर दशैं मनाउँदै

खोटाङ – बाढी तथा पहिरोबाट विस्थापित भएका जिल्लाका ३३ परिवार

बैतडीका भगवती मन्दिरमा जात्रा सम्पन्न, एक हजार पशुबलि चढाइयो

बैतडी । यहाँका विभिन्न भगवती मन्दिरमा महाअष्टमीको जात्रा सम्पन्न भएको

दशैंको किनमेल स्थानीय हाटबजारमा

नवलपरासी – नवदुर्गा सुरु भएसँगै गाउँघरको वातावरण रमाइलो हुने गरेको