होलीको अवसरमा एनसेलले ल्यायो सस्तो डाटा प्याक « Khabarhub

होलीको अवसरमा एनसेलले ल्यायो सस्तो डाटा प्याक


२ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एनसेल आजियाटा लिमिटेडले फागु पूर्णिमाको अवसरमा मोबाइल डेटा सस्तो बनाउँदै ‘गज्जबको दैनिक जीबी प्याक’अन्तर्गत नयाँ डेटा प्याकहरू ल्याएको छ ।

यसका साथै कम्पनीले दैनिक जीबी डेटा प्याकअन्तर्गत सञ्चालनमा रहेका प्याकहरूमा पनि भोल्युम बढाएको छ ।

ग्राहकले बुधबारबाट करसहित १२९ रुपैयाँमा ७ जीबी अल टाइम डेटा प्याक लिँदै ७ दिनसम्म १–१ जीबी डेटा प्रयोग गर्न सक्ने कम्पनीले जनाएको छ ।

त्यसैगरी १४ जीबी अल टाइम डाटा प्याक १९९ रुपैयाँमा लिएर ७ दिनसम्म दैनिक २ जीबी डेटा प्रयोग गर्न सकिनेछ ।

यी दुई दैनिक जीबी डेटा प्याक बाहेक एनसेलले पहिला नै सञ्चालनमा रहेका डेटा प्याकहरूमा भोल्युम पनि बढाएको छ ।

यसअन्तर्गत ग्राहकहरूले पहिलेकै मुल्यमा थप भोल्युमसहितको डेटा प्याक लिन सक्छन् ।

भोल्युम बढाइएको डेटा प्याकअन्तर्गत ग्राहकले १६९ मा १०.५ जीबी डेटा खरिद गरी दैनिक १.५ जीबी डेटा ७ दिनसम्म प्रयोग गर्न सक्ने छन् ।

त्यस्तै, २६९ रुपैयाँमा २१ जीबी डेटा हरेक दिन ३ जीबीका दरले ७ दिनसम्म प्रयोग पाउने कम्पनीले जनाएको छ ।

त्यसैगरी, अब ५९९ रुपैयाँमा ४२ जीबी डेटाको फाइदा लिन सकिनेछ । जसअन्तर्गत हरेक दिन २८ दिनसम्म १.५ जीबी डेटा प्रयोग गर्न पाउने कम्पनीले जनाएको छ ।

प्रिपेड ग्राहकले एष्ट्रिक्स १७१२३ एष्ट्रिक्स १ ह्यास डायल गरी प्राप्त निर्देशनअनुसार यी सेवाहरू प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : २ चैत्र २०७८, बुधबार  ४ : ३४ बजे

अलैँचीको निर्यात ६० प्रतिशतले बढ्यो

झापा – चालु आर्थिक वर्ष २०८२/०८३ को मङ्सिर मसान्तसम्ममा अलैँचीको

राजनीतिमा नयाँ र पुराना हैन, एजेण्डाको अर्थ हुन्छ : महासचिव पोखरेल

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राजनीतिमा नयाँ र

काठमाडौंका यी स्थानमा काटिदैछ शनिबार बिजुली

काठमाडौं- नेपाल विद्युत् प्राधिकरणले आज राजधानी काठमाडौंका विभिन्न स्थानमा बिजुली

डडेलधुरामा जिप र अटो ठोक्किँदा एक जनाको मृत्यु

अमरगढी – डडेलधुरा जिल्लाको रामपुरमा अटो र जिप ठोक्किँदा एक

क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त

काठमाडौं – नेपाली क्रिकेटका प्रशिक्षक जगत टमाटा राष्ट्रिय खेलकुद परिषद्