होलीको अवसरमा एनसेलले ल्यायो सस्तो डाटा प्याक « Khabarhub

होलीको अवसरमा एनसेलले ल्यायो सस्तो डाटा प्याक


२ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एनसेल आजियाटा लिमिटेडले फागु पूर्णिमाको अवसरमा मोबाइल डेटा सस्तो बनाउँदै ‘गज्जबको दैनिक जीबी प्याक’अन्तर्गत नयाँ डेटा प्याकहरू ल्याएको छ ।

यसका साथै कम्पनीले दैनिक जीबी डेटा प्याकअन्तर्गत सञ्चालनमा रहेका प्याकहरूमा पनि भोल्युम बढाएको छ ।

ग्राहकले बुधबारबाट करसहित १२९ रुपैयाँमा ७ जीबी अल टाइम डेटा प्याक लिँदै ७ दिनसम्म १–१ जीबी डेटा प्रयोग गर्न सक्ने कम्पनीले जनाएको छ ।

त्यसैगरी १४ जीबी अल टाइम डाटा प्याक १९९ रुपैयाँमा लिएर ७ दिनसम्म दैनिक २ जीबी डेटा प्रयोग गर्न सकिनेछ ।

यी दुई दैनिक जीबी डेटा प्याक बाहेक एनसेलले पहिला नै सञ्चालनमा रहेका डेटा प्याकहरूमा भोल्युम पनि बढाएको छ ।

यसअन्तर्गत ग्राहकहरूले पहिलेकै मुल्यमा थप भोल्युमसहितको डेटा प्याक लिन सक्छन् ।

भोल्युम बढाइएको डेटा प्याकअन्तर्गत ग्राहकले १६९ मा १०.५ जीबी डेटा खरिद गरी दैनिक १.५ जीबी डेटा ७ दिनसम्म प्रयोग गर्न सक्ने छन् ।

त्यस्तै, २६९ रुपैयाँमा २१ जीबी डेटा हरेक दिन ३ जीबीका दरले ७ दिनसम्म प्रयोग पाउने कम्पनीले जनाएको छ ।

त्यसैगरी, अब ५९९ रुपैयाँमा ४२ जीबी डेटाको फाइदा लिन सकिनेछ । जसअन्तर्गत हरेक दिन २८ दिनसम्म १.५ जीबी डेटा प्रयोग गर्न पाउने कम्पनीले जनाएको छ ।

प्रिपेड ग्राहकले एष्ट्रिक्स १७१२३ एष्ट्रिक्स १ ह्यास डायल गरी प्राप्त निर्देशनअनुसार यी सेवाहरू प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : २ चैत्र २०७८, बुधबार  ४ : ३४ बजे

युक्रेनले इरानको आक्रमणविरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने

एजेन्सी– युक्रेनले इरानी आक्रमणविरुद्ध खाडी सहयोग परिषद (जीसीसी) राज्यहरूको समर्थन

रास्वपाबारे शंकर पोखरेल : लोकप्रियतावाद र अराजकतावादको जगमा उदायो, जनताले एमालेको साथ छाडेका छैनन्

काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिले राष्ट्रिय स्वतन्त्र पार्टी

इरानका सुरक्षा प्रमुख अली लारिजानी मारिएको इजरायली रक्षामन्त्रीको दाबी

काठमाडौं- इजरायलले इरानमा गरिएको कारवाहीमा परी सुरक्षा प्रमुख अली लारिजानी

नेप्से परिसूचक १३ अंकले बढ्यो

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको सुधार देखिएको

सीको किताब जलाएपछि चीनको गम्भीर चासो, गृहले दियो कारबाहीको निर्देशन

काठमाडौं– गृह मन्त्रालयले नेपाल–चीन सम्बन्धलाई असर पुर्‍याउने किसिमको घटनाका सम्बन्धमा