संगठन विस्तारसँगै स्थानीय तहको निर्वाचनमा होमियो राप्रपा नेपाल « Khabarhub

संगठन विस्तारसँगै स्थानीय तहको निर्वाचनमा होमियो राप्रपा नेपाल


२ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गत फागुन ७ गते घोषणा सभामार्फत पुनर्जागृत भएको राप्रपा नेपाल संगठन निर्माणसँगै स्थानीय निर्वाचनको तयारीमा जुटेको छ । भर्खरै संगठनात्मक गतिविधीको सुरुवात गरेको राप्रपा नेपालले यही चैत्र मसान्तसम्ममा ७७ वटै जिल्लामा जिल्ला कार्यसमिति गठन गर्दै स्थानीय तहसम्म पार्टी संगठनलाई विस्तार गर्ने बताइएको छ ।

पार्टीका पदाधिकारी तथा हालसम्म गठन भएका जिल्ला अध्यक्षहरु बिच आज सम्पन्न भर्चुअल बैठकमा पार्टी अध्यक्ष कमल थापाले पार्टीको सिद्धान्त, भावी कार्यक्रम तथा स्थानीय तहको निर्वाचनको तयारीका बारेमा जानकारी दिए ।

 सम्बर्धनवादको वैचारिक धरातलमा सबै धर्मका बिचमा सद्भाव, सहअस्तित्व, समानता र पूर्ण धार्मिक स्वतन्त्रता कायम गर्दै नेपाललाई हिन्दुराष्ट्र कायम गराउने प्रमुख लक्ष लिएर अघि बढेको राप्रपा नेपालले नजिकिएको स्थानीय निकाय निर्वाचनलाई मध्यनजर गर्दै प्रदेशदेखि स्थानीय तहसम्म प्रशिक्षण, अन्तरक्रिया र घरदैलो कार्यक्रम तत्काल सुरु गर्ने जानकारी दिंदै बैठकका सहभागिहरुलाई अध्यक्ष थापाले पार्टीका गतिविधीहरुलाई जनस्तरसम्म पु-याउन निर्देशन दिएका थिए।  

स्थानीय निकायको निर्वाचनमा सम्भावना भएका स्थानीय तह, वडाहरुको पहचान गरेर सोही अनुसार निर्वाचनका गतिविधी सञ्चालन गर्न र अन्य राजनीतिक दलहरुसँग सकारात्मक चुनावी तालमेलको पहिचान गरि केन्द्रीय सचिवालयलाई जानकारी दिन समेत अध्यक्ष थापाले बैठकका सहभागिहरुलाई निर्देश गरेका थिए ।

छोटो समयमा नै भातृ संगठनहरुको केन्द्रीय संरचना निर्माण गर्न सफल राप्रपा नेपालले २ वटा प्रदेशमा प्रदेश कार्य समिति, २ दर्जन जिल्लामा जिल्ला कार्य समिति निर्माण गरिसकेको छ भने चैत्र महिनाभित्रै पार्टीका हरेक संरचनालाई स्थानीय तहसम्म पु-याउने आक्रमक योजना अगाडि सारेको छ ।

प्रकाशित मिति : २ चैत्र २०७८, बुधबार  ५ : १३ बजे

सुदूरपश्चिममा एमाले र नेकपाले टुङ्ग्याए उम्मेदवार

महेन्द्रनगर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुदूरपश्चिम

पाकिस्तानको मलमा आगलागी : ६ जनाको मृत्यु, २० भन्दा बढी घाइते

इस्लामाबाद– पाकिस्तानको दक्षिणी शहर कराचीमा शनिबार राति एक मलमा आगलागी

बालेनले राजीनामा नदिई उम्मेदवारी दर्ता गराउने, यस्तो छ कानुनी व्यवस्था

काठमाडौं– काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह ‘बालेन’ले प्रतिनिधिसभाको उम्मेदवार बन्नुअगाडि

खोला मापदण्डविरुद्ध माइतीघरमा प्रदर्शन

काठमाडौं– गैर न्यायिक रुपमा खोला तथा सडक मापदण्ड निर्धारण गरिएको

म्युजिक नेपालले ल्यायो ‘डल्बी एट्मस’ स्टुडियो

काठमाडौं – नेपाली फिल्म र संगीत क्षेत्रको प्राविधिक गुणस्तर दिन