आकाशियो स्मार्टफोनको मूल्य, चर्चित ब्रान्डले रुसमा आफ्ना उत्पादन बिक्री नगर्ने « Khabarhub

आकाशियो स्मार्टफोनको मूल्य, चर्चित ब्रान्डले रुसमा आफ्ना उत्पादन बिक्री नगर्ने


२ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मस्को- युक्रेनमाथि रुसी हमलाको मूल्य युक्रेनका अतिरिक्त रुसले पनि चुकाएको छ । रुसमा  उपभोग्य वस्तुको मूल्य आकाशिएको छ । प्रतिबन्धका कारण वितरण प्रभावित हुँदा स्मार्टफोन र टेलिभिजिनको लागत १० प्रतिशतभन्दा बढेको छ । नाइक, एप्पल, आइकेआ जस्ता मूख्य ब्रान्डले रुसमा आफ्नो उत्पादन बिक्री नगर्ने भएका छन् ।

बैंकिङ प्रणालीमा असर

रुसी वित्तीय संस्थाहरूलाई  स्वीफ्ट अन्तर्राष्ट्रिय भुक्तानी प्रणालीबाट हटाइएको छ, जस कारण रुसमा लेनदेन गर्न कठिनाइ भएको छ । एप्पल, गुगल पे, मास्टरकार्ड, भिसा र अन्यले पनि रुसमा आफ्नो सेवा सीमित गरेका छन् ।

रुसीले लुगा र खानेकुरामा बढी खर्च गर्छन् 

राज्य सञ्चालित प्रोम्सभ्याज बैंक (पीएसबी) का अनुसार युद्धको संकेत थाहा पाएपछि रुसीहरू विद्युतीय र औषधिजन्य सामाग्री किन्न पसलमा हतारिएका थिए । मार्चको पहिलो साता उनीहरूले लुगा र खानामा बढी खर्च गरेका थिए । प्रतिबन्धका कारण रुसको व्यापार कटौतीपछि उनीहरूले सामानहरू भण्डारण गरेका थिए ।

मुद्रास्फीति र भण्डारणको हतारका कारण एक साधारण रुसीले मार्चको पहिलो साता फेब्रुअरीको औसत तुलनामा २१ प्रतिशत बढी खर्च गरेको पीएसबीले एउटा नोटमा जनाएको छ । क्रेडिट र डेबिट कार्डको विश्लेषणपछि पीएसबीले सो जानकारी दिएको हो ।

रुसी हमलापछि विद्युतीय सामग्रीको मूल्य ४० प्रतिशतले बढेको छ । फार्मेसी बिक्री २२ प्रतिशत बढेको छ । लुगा, जुत्ता र सुपरमार्केटमा खर्च १६ प्रतिशतले बढेको पीएसबीले जनाएको छ ।

प्रकाशित मिति : २ चैत्र २०७८, बुधबार  ६ : १७ बजे

उम्मेदवारबारे एमाले ओखलढुंगामा किचलो, जिल्ला कार्यालयमा तालाबन्दी, अध्यक्षले हात उठाए

ओखलढुंगा– नेपाल कम्युनिष्ट पार्टी (एमाले) ओखलढुंगामा प्रतिनिधिसभा निर्वाचनको उम्मेदवार चयनले

सर्वोच्चद्वारा बागमती किनारको २० मिटर थप क्षेत्र छाड्नुपर्नेसम्बन्धी आफ्नै फैसला उल्ट्यायो

काठमाडौं- सर्वोच्च अदालतले काठमाडौँ उपत्यकाका बागमती नदी र यसका सहायक

नेपालमा ऊर्जा क्षेत्रको विकास गर्न निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण छ : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपालको ऊर्जा क्षेत्रको विकासमा निजी क्षेत्रको

महँगो म्युजिक भिडियो खेल्यो कि दुलही !

काठमाडौं – कलाकार राजाराम पौडेलले एक समय अन्तर्वार्तामा भनेका थिए–

बीवाईडी नाम दुरुपयोग गर्ने अनधिकृत डिजिटल प्लेटफर्ममाथि साइमेक्स इंकको कानुनी पहल 

काठमाडौं– बीवाईडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंक प्राइभेट लिमिटेडले बीवाईडी