विदेशी पर्यटकका लागि न्युजिल्याण्डले सीमा खोल्ने « Khabarhub

विदेशी पर्यटकका लागि न्युजिल्याण्डले सीमा खोल्ने


२ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- न्युजिल्याण्डले पर्यटकहरूका लागि सीमा नाका खुला गर्ने भएको छ । कोरोनाभाइरसको महामारीका कारण लामो समय सीमा नाका बन्द गर्दै आएको न्युजिल्याण्डले महामारी कम भएको ठहर गर्दै सिमा नाका खुला गर्ने निर्णय गरेको हो । 

त्यसैगरी विदेशी पर्यटकहरूलाई स्वदेश प्रवेशमा रोक लगाउँदा अर्थतन्त्रमा समेत नकारात्मक असर परेकाले अर्थतन्त्रमा सुधार गर्न पनि सीमा नाका खुला गर्नुपरेको अधिकारीले जनाएका छन् । अष्ट्रेलियाका विद्यालयमा विदाको समय सुरु भएकै बेला न्युजिल्याण्ड सरकारले यस्तो निर्णय गरेको हो । 

स्थानीय समय अनुसार आगामी अप्रिल १२ तारिखको राति ११:५९ देखि अष्ट्रेलियाका नागरिकलाई न्युजिल्याण्ड घुम्न दिने निर्णय भएको प्रधानमन्त्री जसिन्डा अर्डेर्नले बताइन् । उनका अनुसार त्यसको साढे दुई हप्तापछि खोप लगाएका छ देशका पर्यटकहरूलाई पनि न्युजिल्याण्ड प्रवेश गर्न दिइने छ । 

न्युजिल्याण्डले दोश्रो चरणमा बेलायत, अमेरिका, जापान, जर्मनी, दक्षिण कोरिया र सिङ्गापुरका पर्यटकहरुलाई प्रवेश खुला गर्ने भएको हो । ‘कोरोना भाइरसको महामारी नियन्त्रण गर्न हामीले दुई वर्ष आगाडि सबैभन्दा सुरुमा लिएका निर्णयहरूमध्ये सीमा नाका बन्द गर्ने निर्णय पनि एक थियो ।’ उनले भनिन् ।

उनले अहिले धेरै देशमा महामारी निकै कम भएको, आफ्नो देशमा पनि नियन्त्रणमा आइसकेको र अधिकांश मानिसले खोप पनि लगाइसकेको भएकाले नाका बन्द गरिरहनु उचित नहुने ठानेर नाका खुला गर्ने निर्णय गरिएको बताइन् ।

प्रकाशित मिति : २ चैत्र २०७८, बुधबार  ५ : २५ बजे

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया

म्याग्दीको बेनी–दरबाङ सडक बन्द

म्याग्दी – म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला