विदेशी पर्यटकका लागि न्युजिल्याण्डले सीमा खोल्ने « Khabarhub

विदेशी पर्यटकका लागि न्युजिल्याण्डले सीमा खोल्ने


२ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- न्युजिल्याण्डले पर्यटकहरूका लागि सीमा नाका खुला गर्ने भएको छ । कोरोनाभाइरसको महामारीका कारण लामो समय सीमा नाका बन्द गर्दै आएको न्युजिल्याण्डले महामारी कम भएको ठहर गर्दै सिमा नाका खुला गर्ने निर्णय गरेको हो । 

त्यसैगरी विदेशी पर्यटकहरूलाई स्वदेश प्रवेशमा रोक लगाउँदा अर्थतन्त्रमा समेत नकारात्मक असर परेकाले अर्थतन्त्रमा सुधार गर्न पनि सीमा नाका खुला गर्नुपरेको अधिकारीले जनाएका छन् । अष्ट्रेलियाका विद्यालयमा विदाको समय सुरु भएकै बेला न्युजिल्याण्ड सरकारले यस्तो निर्णय गरेको हो । 

स्थानीय समय अनुसार आगामी अप्रिल १२ तारिखको राति ११:५९ देखि अष्ट्रेलियाका नागरिकलाई न्युजिल्याण्ड घुम्न दिने निर्णय भएको प्रधानमन्त्री जसिन्डा अर्डेर्नले बताइन् । उनका अनुसार त्यसको साढे दुई हप्तापछि खोप लगाएका छ देशका पर्यटकहरूलाई पनि न्युजिल्याण्ड प्रवेश गर्न दिइने छ । 

न्युजिल्याण्डले दोश्रो चरणमा बेलायत, अमेरिका, जापान, जर्मनी, दक्षिण कोरिया र सिङ्गापुरका पर्यटकहरुलाई प्रवेश खुला गर्ने भएको हो । ‘कोरोना भाइरसको महामारी नियन्त्रण गर्न हामीले दुई वर्ष आगाडि सबैभन्दा सुरुमा लिएका निर्णयहरूमध्ये सीमा नाका बन्द गर्ने निर्णय पनि एक थियो ।’ उनले भनिन् ।

उनले अहिले धेरै देशमा महामारी निकै कम भएको, आफ्नो देशमा पनि नियन्त्रणमा आइसकेको र अधिकांश मानिसले खोप पनि लगाइसकेको भएकाले नाका बन्द गरिरहनु उचित नहुने ठानेर नाका खुला गर्ने निर्णय गरिएको बताइन् ।

प्रकाशित मिति : २ चैत्र २०७८, बुधबार  ५ : २५ बजे

हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध

रुकुम पूर्व– रुकुम पूर्वमा भएको हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

कांग्रेस सहमहामन्त्री राणाको प्रस्ताव : भावी प्रधानमन्त्रीका उम्मेदवारूबीच सार्वजनिक बहस गराऊँ

काठमाडौं– नेपाली कांग्रेसका सहमहामन्त्री तथा ललितपुर क्षेत्र नम्बर २ बाट

नेपाली सेनाको हरिहरपुरगढी–सिन्धुलीगढी पदयात्रा समापन

सिन्धुलीगढी– नेपाली सेनाको मध्यपूर्वी पृतनाले सिन्धुलीको हरिहरपुरगढीदेखि सिन्धुलीगढीसम्म सञ्चालन गरेको

कुलमानको स्पष्टीकरण : मन्त्री बन्दा नै राजनीतिमा जान्छु भनेको थिएँ

काठमाडौं– उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले जेनजी आन्दोलनपछिको सरकारमा

बालेनको चुनावी दौडाहा : तेह्रथुम पुगेर म्याङलुङ देवीको दर्शन

तेह्रथुम– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले तेह्रथुमस्थित