विश्वविद्यालयमा हडताल नगर्न प्राध्यापकहरूलाई शिक्षामन्त्रीको आग्रह « Khabarhub

विश्वविद्यालयमा हडताल नगर्न प्राध्यापकहरूलाई शिक्षामन्त्रीको आग्रह


२ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विश्वविद्यालयहरूलाई बन्द हडताल नगरी समस्याको निकास खोज्न प्राध्यापकहरूलाई आग्रह गरेका छन् ।  

नेपाल प्राध्यापक सङ्घका पदाधिकारीसँग आज सिंहदरबारस्थित मन्त्रालयमा छलफल गर्दै मन्त्री पौडेलले स-साना कुरालाई लिएर विश्वविद्यालयमा हडताल गर्नु गलत भएको बताएका छन् ।

 लोकतान्त्रिक मर्यादाअनुरूप माग प्रस्तुत गर्न पाइन्छ, लामो समयसम्म पढाइ अवरुद्ध हुने गरी विश्वविद्यालयमा गरिएको हडताल रोक्नुपर्‍यो उनले भने ।

प्राध्यापक सङ्घले गृहकार्य गरी समस्या बुझेर समाधानको निकास निकाल्ने गरी पहल गर्नुहोस् । उनले सबै विश्वविद्यालयका सेवा आयोगहरू एकै प्रकृतिको भएकाले एकरूपता कायम गरिने बताए ।

प्राध्यापकका सेवासुविधा सम्बन्धमा सबै राष्ट्रसेवकलाई एउटै मापदण्ड बनाएर अघि बढ्ने योजनामा रहेको मन्त्री पौडेलले बताए ।

विश्वविद्यालयहरू समस्या परे मात्र मन्त्रालयमा आउने गरेको भन्दै नियमन संयन्त्र र स्वायत्तको स्पष्ट खाका तयार गर्नुपर्ने पनि मन्त्री पौडेलले बताएका छन् ।  

विश्वविद्यालयहरूले समस्या परेका बेला मन्त्रालयमा आउने तर अरू जिम्मेवारी, अनुशासन र नियमन सुधारका अवस्थामा स्वायत्त भएको भन्ने गरिएको उनले भने  ।

नियमन संयन्त्र र स्वायत्तताको स्पष्ट खाका तयार गर्नुपर्ने भएको आवश्यकतामा जोड दिनैपर्छ । त्रिभुवन विश्वविद्यालयलाई केन्द्रीय विश्वविद्यालयका रुपमा विकास गर्ने तयारी रहेको जानकारी दिए ।

राष्ट्रिय प्रकृतिका विश्वविद्यालयहरू विषयगत विशिष्टीकरणका आधारमा केन्द्रीय विश्वविद्यालयको मातहतमा रहनेगरि तयारी गरेका छौँ, मन्त्री पौडेलले भने। 

 उच्च शिक्षालाई नियमन गर्ने गरी ऐनमाथि छलफल भइरहेको छ । छलफलमा सङ्घका तर्फबाट बुद्धबहादुर थापाले प्राध्यापकहरूको मर्यादाक्रम २०७४ सालको मन्त्रिपरिषद्को बैठकबाट निर्णय भएर राजपत्रमा आइसकेकाले कार्यान्वयनका लागि पहल गरिदिन आग्रह गरेका छन्  ।

प्राध्यापकहरूको तलबमान सार्क स्तरीय बनाउनुपर्ने, त्रिवि र नेपाल संस्कृत विश्वविद्यालयका प्राध्यापकहरूको निवृत्तिभरण उपलब्ध गराउनुपर्ने, प्राध्यापक र विश्वविद्यालयका शिक्षक कर्मचारीहरूलाई समेत निजामती अस्पतालभन्दा बेग्लै किसिमको स्वास्थ्य सेवाको व्यवस्था हुनुपर्ने लगायतका माग राखेर लामो समयदेखि आंशिक प्राध्यापक तथा विभिन्न विद्यार्थी सगंठनहरुले त्रिभुवन विश्वविद्यालयमा तालाबन्दी गर्दै आइरहेका छन् ।

प्रकाशित मिति : २ चैत्र २०७८, बुधबार  ५ : ४१ बजे

महावीर पुनको विदेशबाट मतदान प्रस्तावमा सत्तापक्षको ताली

काठमाडौं– स्वतन्त्र सांसद महावीर पुनले विदेशमा रहेका नेपालीले पनि आम निर्वाचनमा भोट

म प्रायः कसैसँग मिल्दिनँ : महावीर पुन

काठमाडौं- स्वतन्त्र सांसद महावीर पुनले आफू अरुभन्दा फरक रहेकाले कसैसँग

सरकार डढेलो बने निभाउने साहस राख्छौँ : ज्ञानेन्द्र शाही

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सरकारले

सरकारले विस्थापन होइन व्यवस्थापनको नीति अँगालोस् : हर्क साम्पाङ

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारले विस्थापन नभएर

देउवाको स्पष्टीकरण : बूढानीलकण्ठस्थित निवास बेचेको होइन, बिक्री गर्ने योजना पनि छैन

काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले काठमाडौंको बूढानीलकण्ठस्थित निजी