सरकारी छाप किर्ते गरेको आरोपमा १२ जना समातिए « Khabarhub

सरकारी छाप किर्ते गरेको आरोपमा १२ जना समातिए


२ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ई–पासपोर्ट छिटो बनाउन राहदानी विभागमा किर्ते सरकारी छाप प्रयोग गरी ठगी गरेको आरोपमा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ ।

काठमाडौँ महानगरपालिका–१२ त्रिपुरेश्वरस्थित राहदानी विभागमा किर्ते सरकारी छाप प्रयोग गरी छिटो पासपोर्ट बनाई दिने प्रलोभन देखाई ठगी गर्ने कार्यमा संलग्नहरू पक्राउ परेका हुन् ।

महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले मंगलबार साँझ उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा रोल्पाको माडी गाउँपालिका–१ का २९ वर्षीय अमृत थापा, माडी गाउँपालिका–४ का २४ वर्षीय प्रज्वल खड्का, बाग्लुङ नगरपालिका–८ का ३० वर्षीय रञ्जित कार्की, म्याग्दी बेनि नगरपालिका–५ का ३३ वर्षीय रामजी परियार, ललितपुर महांकालकी ३६ वर्षीया गोमा बजगाई र पाल्पाको पूर्वखोला गाउँपालिका–५ का ३३ वर्षीय जिवनकुमार श्रेष्ठ रहेका छन् ।

त्यस्तै, रामेछाप गागल गाउँपालिका–८ का ३७ वर्षीय मिठे मगर, ललितपुर महाकाल गाउँपालिका–२ का रमेश बजगाई, काभ्रेपलाञ्चोक कटुन्जेबेशी गाउँपालिका–४ का २५ वर्षीय सन्दिप मैनाली, सिन्धुली दुधौली नगरपालिका–६ का २१ वर्षीय अभिषेक मगर, दैलेख आठबीस नगरपालिका–३ का २२ वर्षीय निरञ्जन तिवारी र धादिङ थाक्रे गाउँपालिका–४ का २४ वर्षीय मदन तामाङलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले उनीहरूका साथबाट किर्ते गरिएका विभिन्न सरकारी कागजातहरू ४ थान, मोबाइल १४ थान तथा विभिन्न सरकारी एवम् निजी छाप २० थानसमेत बरामद् गरेको छ ।

उनीहरूमाथि किर्ते गर्न नहुने कसुर मुद्दामा महानगरीय प्रहरी वृत्तबाट थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : २ चैत्र २०७८, बुधबार  ५ : ३७ बजे

सुदूरपश्चिममा एमाले र नेकपाले टुङ्ग्याए उम्मेदवार

महेन्द्रनगर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुदूरपश्चिम

पाकिस्तानको मलमा आगलागी : ६ जनाको मृत्यु, २० भन्दा बढी घाइते

इस्लामाबाद– पाकिस्तानको दक्षिणी शहर कराचीमा शनिबार राति एक मलमा आगलागी

बालेनले राजीनामा नदिई उम्मेदवारी दर्ता गराउने, यस्तो छ कानुनी व्यवस्था

काठमाडौं– काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह ‘बालेन’ले प्रतिनिधिसभाको उम्मेदवार बन्नुअगाडि

खोला मापदण्डविरुद्ध माइतीघरमा प्रदर्शन

काठमाडौं– गैर न्यायिक रुपमा खोला तथा सडक मापदण्ड निर्धारण गरिएको

म्युजिक नेपालले ल्यायो ‘डल्बी एट्मस’ स्टुडियो

काठमाडौं – नेपाली फिल्म र संगीत क्षेत्रको प्राविधिक गुणस्तर दिन