रुपन्देही सुपरलिग : बुटवल-११ विजयी, बुद्ध सुपर फोरमा प्रवेश  « Khabarhub

रुपन्देही सुपरलिग : बुटवल-११ विजयी, बुद्ध सुपर फोरमा प्रवेश 


२ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भैरहवा- नेपाल टेलिकम रुपन्देही सुपरलिग ए डिभिजन अन्तर्गतको बुधबारको खेल बुटवल ११ ले जितेको छ । तिलोत्तमा क्रिकेट क्लबलाई ५६ रनले पराजित गर्दै बुटवल ११ ले जित निकालेको हो । 

भैरहवाको सिद्धार्थ रंगशालामा रुपन्देही क्रिकेट संघको आयोजनामा जारी खेलमा टस जितेर सुरुवाती ब्याटिङ रोजेको बुटवल-११ ले निर्धारित ५० ओभरको खेल मध्ये ३९ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै १५६ रन बनाएको थियो । जसका लागि सर्वाधिक विवश खातीले ४३, विवेक शर्माले २७ तथा ईशान पाण्डे र अभिषेक ठाकुरले २६-२६ रनको योगदान गरे । बलिङतर्फ तिलोत्तमाका अमरसिंह रौटेला र कृष्ण पराजुलीले ३-३ र कृष्ण कार्कीले २ विकेट लिए ।

१५७ रनको लक्ष्य पाएको तिलोत्तमाले जवाफी ब्याटिङमा ३७ ओभरमा सबै विकेट गुमाउँदै लक्ष्य पार गर्न सकेन । १०० रनमै समेटिएपछि हार बेहोरेको तिलोत्तमाका लागि कृष्ण भुसालले २३, भुवन गैरेले २० र अमरसिंह रौतेलले १४ रन बनाए । 

तिलोत्तमालाई सस्तैमा समेट्न बुटवल–११ का सुभम घमालले ४, सोनु तामाङले ३ र ईशान पाण्डेले २ विकेट लिए । बुधबारको खेलमा शुभम् घमाल म्यान म्यान अफ द म्याचबाट पुरस्कृत भए ।

मंगलबार हुने भनिएको खेलमा टिम सहभागी नभएकोले बुद्ध क्रिकेट क्लब सुपर प्रवेश गरेको छ, बुद्ध नेट रन रेटको आधारमा अघिल्लो चरणमा प्रवेश गरेको संघका सचिव सञ्जय गुरुङले जानकारी दिए । 

बिहीबार डिभिजन ए अन्तर्गतको अन्तिम खेल वेश्टर्न क्रिकेट क्लब र शंकरनगर क्रिकेट क्लबबीच हुन संघले जानकारी दिएको छ । 

नेपालकै एक मात्र सुपरलिग प्रतियोगिता २०५४ साल देखि निरन्तर हुँदै आएको छ । जिल्ला भित्रका २० टिम मध्ये १२ टिमबीच लिगमा प्रतिस्पर्धा गराइँदै छ । लिगमा टप हुने ४ टिमबीच चैत ५ गतेबाट सुपर फोरमा प्रतिस्पर्धा गर्नेछन् । 

प्रतियोगिताको विजेताले ८० हजार, उपविजेताले ४० हजार नगद सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । यस्तै, म्यान अफ द सिरिजलाई १५ हजार, वेस्ट ब्याट्सम्यान, वेस्ट बलर र उदयीमान खेलाडीलाई जनही ५/५ हजार रुपैयाँ प्रदान गरिने संघका कार्यवाहक अध्यक्ष धिरज क्षेत्रीले बताए । प्रत्येक दिनको म्यान अफ द म्याचलाई १ हजार २ सय रुपैयाँ प्रदान गरिँदै आएको छ ।

प्रकाशित मिति : २ चैत्र २०७८, बुधबार  ६ : ३४ बजे

अर्थ र सार्वजनिक नीति समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका दुईवटा समितिको बैठक बस्दैछ ।

अपाङ्गता सेवा र तथ्याङ्क एउटै डिजिटल प्रणालीबाट हुने

काठमाडौँ– अपाङ्गता भएका व्यक्तिको पहिचान, तथ्याङ्क व्यवस्थापन, परिचयपत्र जारी र

मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी

तनहुँ– मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि तनहुँका विभिन्न सामुदायिक वनमा

चौतर्फी दबाबपछि फिफा अध्यक्ष इन्फान्टिनो लचिलो, सदस्य देशलाई बजेट उपलब्ध गराइने

काठमाडौँ– विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक