रसुवागढी नाकाबाट बुधबारदेखि आयात बढ्यो, अब दैनिक १४ गाडी सामान भित्रिने  « Khabarhub

रसुवागढी नाकाबाट बुधबारदेखि आयात बढ्यो, अब दैनिक १४ गाडी सामान भित्रिने 


२ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

रसुवा- चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीबाट बुधबारदेखि सामानको आयात बढेको छ । गएको बिहीबार दुई देशका सीमा अधिकारीबीच सामानको आयात बढाउन भर्चुअलमार्फत छलफल भएको थियो ।

छलफलमा चिनीयाँ पक्षले चीनबाट नेपाल तर्फ हुने सामानको आयात बढाउने सहमति जनाएको थियो । नेपाल सामान बढाउने सहमति अनुसार बुधबार १४ चिनियाँ गाडीमा नेपाल सामान भित्रिएको रसुवा भन्सार कार्यालय टिमुरेका भन्सार प्रमुख रामप्रसाद मैनालीले बताए ।

यसअघि चिनियाँ पक्षले दैनिक बिहान ७ र बेलुका २ गरी  चिनिया ९ वटा गाडीमा नेपाल सामान आयात गरिरहेको थियो । बुधबारदेखि ५ चिनियाँ गाडी सामान थपेको हो । अब बिहान र बेलुका दुई सिफ्टमा सात सात गरी १४ वटा चिनियाँ गाडीमा नेपाल सामान आयात हुने मैनालीले बताए । दैनिक १४ गाडी मार्फत नेपाल सामान आयातलाई निरन्तरता दिने चिनियाँ पक्षले बताएको उनले बताए ।

चिनियाँ एउटा गाडीमा आएको सामग्री नेपाली दुई वटा कन्टेनरमा नेपाली कामदारले लोड गर्ने गरेका छन् । चिनियाँ गाडीमा आएको सामाग्री नेपाली गाडीमा लोड अनलोड गर्न स्वास्थ्यका मापदण्ड अपनाउँदै नेपाली कामदार नाकामा खटिएका छन् ।

चीनले कोरोनाको कारण देखाउँदै सहज रूपमा नाका सञ्चालन गरेको छैन । चीनबाट रसुवागढी नाका हुँदै नेपाल सामान सहज रूपमा आयात गर्न नसक्दा व्यापारीहरू समस्यामा परेका छन् ।

प्रकाशित मिति : २ चैत्र २०७८, बुधबार  ७ : १७ बजे

अर्थ र सार्वजनिक नीति समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका दुईवटा समितिको बैठक बस्दैछ ।

अपाङ्गता सेवा र तथ्याङ्क एउटै डिजिटल प्रणालीबाट हुने

काठमाडौँ– अपाङ्गता भएका व्यक्तिको पहिचान, तथ्याङ्क व्यवस्थापन, परिचयपत्र जारी र

मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी

तनहुँ– मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि तनहुँका विभिन्न सामुदायिक वनमा

चौतर्फी दबाबपछि फिफा अध्यक्ष इन्फान्टिनो लचिलो, सदस्य देशलाई बजेट उपलब्ध गराइने

काठमाडौँ– विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक