उपभोक्ताको भान्सा महँगो हुँदै गएकाले  सरकार गम्भीर हुन आवश्यक- उपभोक्ता मञ्च  « Khabarhub

उपभोक्ताको भान्सा महँगो हुँदै गएकाले  सरकार गम्भीर हुन आवश्यक- उपभोक्ता मञ्च 


२ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय उपभोक्ता मञ्चले उपभोक्ताको भान्सा महँगो हुँदै गाएकाले सरकारले यस विषयमा गम्भीर हुन आवश्यक रहेको  घारणा व्यक्त गरेको छ ।

पछिल्लो समय अनियन्त्रितरूपमा भइरहेको मूल्यवृद्धिले उपभोक्ताको भान्सा महँगो भएकाले यस विषयमा सरकार गम्भीर हुनुपर्ने वक्ताहरूको धारणा थियो । 

विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा राष्ट्रिय उपभोक्ता मञ्चद्वारा आयोजित ‘अनियन्त्रित मूल्यवृद्धि यसले उपभोक्तामा पारेको प्रभाव’ विषयक विचार गोष्ठीमा सहभागी वक्ताले महँगीका कारण उपभोक्ताको भान्सा बल्न कठिन अवस्था आएकाले बजारको नियमित अनुगमन गरी सरकारले मूल्य नियन्त्रण गर्नेतर्फ जोड दिनुपर्ने उनीहरूले बताएका थिए ।  

कार्यक्रममा बागमती प्रदेश सरकारको उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रजनी अमात्य जोन्छेले उपभोक्ता अधिकार संरक्षणका लागि केही नयाँ काम गर्न लागेको बताइन् । उनले हालको महँगीका कारण उपभोक्तालाई पर्न गएको असरलाई सहज होस् भन्दै केही राहतको कार्यक्रम ल्याउन लागिएको जानकारी दिइन्  ।

 कार्यक्रममा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक प्रेमकुमार श्रेष्ठले कुनै सामग्री खरिद गर्दा आफूलाई ठगिएको महसुस भए तत्काल ११३७ मा फोन गरेर विभागमा जानकारी दिन उपभोक्तालाई आग्रह गरेका थिए । 

राष्ट्रिय उपभोक्ता मञ्च भक्तपुरका अध्यक्ष मनोज थापाले हाल सरकारले गर्ने गरेको बजार अनुगमन प्रक्रिया सङ्घ, प्रदेश र स्थानीय तहबाट नभई एकद्वार प्रणालीबाट हुनुपर्ने धाराणा राखेका थिए । मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले महँगीको मुख्य कारण विचौलिया रहेकाले तिनलाई कानूनी कारबाही गर्नतर्फ सरकार सक्रिय रहनुपर्ने बताएका छन् ।    

प्रकाशित मिति : २ चैत्र २०७८, बुधबार  ९ : २५ बजे

सोवाङ धुरी र धौलागिरि आइसफललाई दोवासँग जोड्न पदमार्ग निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका– १ दोवाका बासिन्दाले करिब ४५ दिन

शुक्लाफाँटामा स्वास्थ्य बीमा कार्यक्रममा न्यून सहभागिता

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिकामा स्वास्थ्य बीमा कार्यक्रमबाट अपेक्षाअनुसार सर्वसाधारण लाभान्वित हुन

राष्ट्रियसभा अध्यक्ष इस्तानबुल प्रस्थान

काठमाडौँ– राष्ट्रियसाभका अध्यक्ष नारायणप्रसाद दाहाल अन्तर–व्यवस्थापिका सङ्घ (आईपीयु)को १५२औँ महासभामा

भक्तपुरको थिमिमा बिस्केट जात्राको रौनक

भक्तपुर– भक्तपुरमा मनाइने प्रसिद्ध बिस्केट जात्रा हेर्न विभिन्न जिल्लाबाट हजारौँको

नारायणगढ-बुटवल सडकको सुस्त गतिप्रति गृहमन्त्रीको असन्तुष्टि, १५ दिनभित्र काम सक्ने ठेकेदारको प्रतिबद्धता

नवलपरासी – गृहमन्त्री सुधन गुरुङले नारायणगढ–बुटवल सडक खण्ड विस्तारमा भइरहेको