राजर्षि जनक कप फुटबल: हिमालयन शेर्पाको विजयी सुरुवात « Khabarhub

राजर्षि जनक कप फुटबल: हिमालयन शेर्पाको विजयी सुरुवात


२ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही– राजर्षि जनक कप फुटबल प्रतियोगितामा हिमालयन शेर्पा क्लब काठमाडौँले विजयी सुरुवात गरेको छ ।

बुधबार सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा हिमालयन शेर्पा क्लबले ध्रुवतारा स्पोर्टस क्लब झापालाई १–० गोल अन्तरले पराजित गरेको हो । खेलको ६८ औँ मिनेटमा हिमालयन शेर्पाका लागि सुरेश कुमालले गोल गरे । कुमालले गरेको गोल नै हिमालयन शेर्पाको जितका लागि पर्याप्त बन्यो । मध्यान्तरसम्म बराबरी भएको खेलमा दुवै टिमका खेलाडि आक्रामक अवस्थामा देखिएका थिए ।

यस्तै खेलको पहिलो हाफमा पाएको आधा दर्जनभन्दा बढी अवसर सदुपयोग गर्न नसक्दा ध्रुवतारा स्पोर्टस पराजित भयो ।

पहिलो मध्यान्तर सम्म ध्रुवतारा स्पोर्टसले झण्डै आधा दर्जन बढी गोल गर्ने अवसर पाएको थियो । ध्रुवतारा स्पोर्टसका खेलाडीहरूले मध्यान्तर अघिसम्म निकै उत्कृष्ट प्रदर्शन गरेका थिए । तर, उनीहरू गोल गर्नबाट भने पटक पटक चुके ।

ध्रुवताराका खेलाडीहरूले गरेको सशक्त प्रहार हिमालयनका गोलकिपर किशोर गिरीले निकै उत्कृष्ट ढंगले बचाउ गरे । खेलको मध्यान्तर अघिसम्म झापा नै हाबी रह्यो । प्रतियोगितामा हिमालयन सेर्पाका लागि गोल गरेका कुमाल म्यान अफ दि म्याच घोषित भएका छन् । जितसँगै हिमालयन शेर्पा काठमाडौँले चैत ६ गते हुने क्वाटर फाइनल खेलमा पिप्ले यूवा क्लब हेटौडासगँको भेट पक्का गरेको छ ।

यस्तै बिहीबारको प्रतियोगितामा विभागीय नेपाल पुलिस क्लब र नव जनजागृति युवा क्लब सिमरा मैदानमा उत्रदैछन् । बागमती नगरपालिका–११, स्थित स्वर्गीय सन्तोष श्रेष्ठ स्मृति खेल मैदामा सुरुभएको खेलको भव्य सभारोहका बीच उद्घाटन गरिएको थियो । खेलको संविधान सभा सदस्य एवं नेकपा एमाले नेता हरि उप्रेतीले उद्घाटन गरेका थिए । उद्घाटन समारोहमा स्थानीय कलाकारहरूले नृत्य समेत प्रस्तुत गरेका थिए ।

बागमती युवा क्लब र बागमती नगरपालिकाको संयुक्त आयोजनामा सुरुभएको प्रतियोगिताको फाइनल चैत १३ गते हुनेछ । यस क्षेत्रमै सर्वाधिक पुरस्कार राशि भएको यस प्रतियोगितामा ४ विभाजित र ए डिभिजनका ४, मोफसलका ६, एक पाहुना र एक घरेलु टोली गरेर १२ टोलीले सहभागिता जनाएका छन् ।

प्रतियोगितामा नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको एपिएफ क्लब, मछिन्द्र फुटबल क्लब, हिमालयन शेर्पा क्लब, न्यूरोड टिम एनआरटी, नव जनजागृति युवा क्लब सीमरा, सुदूरपश्चिम–११ धनगढी, केबीए ग्लोबल फुटबल क्लब चितवन, धु्रवतारा स्पोटिङ क्लब दमक, विदेशी टिम एभिनिर फुटबल क्लब क्यामरुन र आयोजक बागमती युवा क्लबले भाग लिएका हुन् ।

प्रतियोगिताको विजेताले राजर्षि जनक कप १० लाख १ हजार र उप विजेताले सिल्ड ५ लाख ५ सय मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् ।

प्रकाशित मिति : २ चैत्र २०७८, बुधबार  १० : ५५ बजे

यसटकको चुनावमा पनि ‘घुमाउने पुल’कै चर्चा

डुम्रे – मुग्लिङ–नारायणगढ सडकखण्डमा पर्ने घुमाउने पुल निर्माण सुरु भएको

कतार र बहराइन बस्ने नागरिकलाई उच्च सतर्कता अपनाउन अमेरिकाको आग्रह

काठमाडौं- इरानमाथि हमला भइरहँदा अमेरिकाले कतार र बहराइनमा रहेका आफ्ना

चुनावी रन्कोबीच महोत्तरीमा पानीको संकट

महोत्तरी– आसन्न प्रतिनिधिसभा निर्वाचनको प्रचारप्रसार उत्कर्षमा पुगेको छ । जताततै

इजरायलसँग मिलेर इरानमाथि हमला गरिरहँदा यसो भन्छन् ट्रम्प

इजरायल र अमेरिकाले संयुक्त रुपमा इरानमाथि हमला गरेपछि अमेरिकी राष्ट्रपति

निर्वाचनमा हुम्लामा हिउँ पन्छाएर सडक सञ्चालनको प्रयास

सिमकोट– गत माघ दोस्रो साता परेको हिमपातपछि अवरुद्ध बनेको हुम्लाको