सांग्रिला बैंकले कर्मचारीलाई साइकलको प्रयोग गर्न अभिप्रेरित गर्दै « Khabarhub

सांग्रिला बैंकले कर्मचारीलाई साइकलको प्रयोग गर्न अभिप्रेरित गर्दै


२ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इन्धनको खपत घटाउन सांग्रिला डेभलपमेन्ट बैंकले आफ्ना कर्मचारीहरूलाई साइकलको प्रयोग गर्न अभिप्रेरित गर्न थालेको छ ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धि र यसको वढ्दो खपतले निम्त्याउन सक्ने अवस्थालाई मध्यनजर गरी इन्धन खपत कम गर्ने उद्देश्यका साथ आफ्ना कर्मचारीलाई साइकल प्रयोग गर्न अभिप्रेरित गर्न थालेको बैंकले आज विज्ञप्तिमार्फत् जनाएको हो ।

बैंकमा कार्यरत सम्पूर्ण कर्मचारीलाई कार्यालय आवातजावत गर्दा साईकलको प्रयोग गर्न वा हिँडेर कार्यालय आउन उत्प्रेरित गरेको पनि बैंकले जनाएको छ ।

सकेसम्म चार पांग्रे सवारी साधन प्रयोग गर्दा एक्लै यात्रा नगरी अन्य कर्मचारीलाई समेत सोही साधनमा यात्रा गराउन र सो सम्भव नभएको अवस्थामा सकेसम्म चार पांग्रे सवारी साधनको सट्टा दुई पांग्रे सवारी साधनको प्रयोग गर्न वा सार्वजनिक सवारी साधनको प्रयोग गरेर कार्यालय आवतजावत गरी इन्धनखपत घटाउने प्रयासमा योगदान दिन पनि बैंकले आफ्ना कर्मचारीलाई आग्रह गरेको छ ।

बैंकले विद्युतीय सवारी साधन खरिद तथा प्रयोगमा वृद्धि ल्याउन सोही अनुसार सवारी साधनकर्जासम्बन्धी प्रोडक्ट पेपरहरूमा परिमार्जन गरी प्रोडक्ट पेपरको प्रबर्द्धन गर्न लागेकोसमेत जानकारी दिएको छ ।

देशमा इन्धनको खपत सक्दो कम गरी वातावरण स्वच्छ राख्न ‘सेफ फ्युल च्यालेन्ज’ भन्ने नाराका साथ अगाडि बढेको पनि बैंकले जनाएको छ ।

प्रकाशित मिति : २ चैत्र २०७८, बुधबार  ११ : ५८ बजे

एमालेमा योगेशका ४ बुँदे फरक मत, भने- नेतृत्वको मनोमानीले स्वाभिमानी कार्यकर्तालाई अन्याय भयो

काठमाडौं– नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले केन्द्रीय कमिटी सचिवालय

सञ्चारमन्त्रीले भने- अहिलेसम्म चुनाव लड्ने निर्णय गरेको छैन

काठमाडौं– सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले

एमालेले बनायो स्याङ्जा-१ मा मीनप्रसाद र २ मा खिम थापालाई उम्मेदवार

वालिङ- नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

बालेनले सम्हाले रास्वपा वरिष्ठ नेताको कार्यभार

काठमाडौं- काठमाडौं महानगरपालिकाका निवर्तमान मेयर बालेन्द्र शाहले राष्ट्रिय स्वतन्त्र पार्टी

गुमनाम रहेका आकाश फिल्ममा फर्कने मोटामोटी पक्का

काठमाडौं – लगातार फिल्म फ्लप भएपछि नायक कसरी बेरोजगार हुन्छन्