भुटानको ‘राष्ट्रिय खुशीयाली’ अवधारणबाट नेपालले के सिक्ने ? « Khabarhub

भुटानको ‘राष्ट्रिय खुशीयाली’ अवधारणबाट नेपालले के सिक्ने ?



छिमेकी मुलुक भुटान नेपालसँग भौगोलिक हिसाबले सबैभन्दा धेरै समानता रहेको मुलुक हो। बौद्ध अधिराज्य भुटान नेपालजस्तै हिमाली, पहाडी र समतल भूभाग मिलेर बनेको छ। तिब्बती संस्कृतिबाट अत्यधिक प्रभावित रहेको भुटानी र नेपाली संस्कृतिबीच पनि उत्तिकै धेरै समानता छन्। करिब पौने आठ लाख जनसंख्या रहेको भुटानमा करिब अढाई लाख मानिस नेपाली मुलका छन्। जो दैनिक बोलीचालीमा नेपाली भाषा प्रयोग गर्छन्।

नेपाल र भुटानबीच भौगोलिक र सांस्कृतिक रुपमा धेरै नै समानता भए पनि एउटा कुरामा चाहिँ भुटान नेपाल र बाँकी विश्वभन्दा अलग छ। त्यो हो, भुटानको राष्ट्रिय खुशी नीति।

विश्वका प्रायः सबै मुलुक आर्थिक रुपमा समृद्ध हुन प्रयासरत भइरहेका बेला भुटान भने आफ्ना जनताको खुशीपन बढाउन लागि परेको छ। विश्वका अरु मुलुकले कुल ग्राहस्थ उत्पादन र कुल राष्ट्रिय आय बढाउन लागि परिरहेका बेला भुटानी सरकारका नीति भने ‘कुल राष्ट्रिय खुशीयाली’ बढाउन केन्द्रित छन्। यसका लागि त्यहाँ प्रधानमन्त्रीको अध्यक्षतामा कुल राष्ट्रिय खुशीयाली आयोगसमेत गठन गरिएको छ।

नेपाल र भुटानबीच भौगोलिक र सांस्कृतिक रुपमा धेरै नै समानता भए पनि एउटा कुरामा चाहिँ भुटान नेपाल र बाँकी विश्वभन्दा अलग छ। त्यो हो, भुटानको राष्ट्रिय खुशी नीति।

जनता कति खुशी छन् भन्ने जान्नका लागि भुटानले हरेक पाँच वर्षमा राष्ट्रिय खुशीयाली सर्वेक्षणसमेत गर्दै आएको छ। यस्ता सर्वेक्षणमा दामासाहीबाट करिब ८ हजार घर परिवारलाई उनीहरु कति खुशी छन् भन्नेबारे प्रश्न सोधिन्छ।

यस्ता प्रश्नहरु पनि भुटानी जनताको खुशीयाली दर्शाउने किसिमका हुन्छन्। आर्थिक भन्दा पनि मनोवैज्ञानिक सुख, स्वास्थ्य, समय उपयोग, पैसा खर्च गर्ने शैली, शिक्षा, सामाजिक गतिशीलता, सुशासन, संस्कृति, पर्यावरण, जीवनशैली लगायतलाई आधार बनाएर घण्टौंसम्म मानिससँग कुराकानी गरिसकेपछि यसको माप लिइन्छ।

एनपीआरले लेखेको समाचारमा सरकारी अधिकारीले ‘तपाईं कति समय ध्यान गर्नुहुन्छ ? तपाईं आफ्नो परिवारलाई कति समय दिनुहुन्छ ? कमाएको पैसा केमा खर्च गर्नुहुन्छ ? कति घण्टा सुत्नुहुन्छ ? कति समय काम गर्नुहुन्छ ? आफ्ना छिमेकीलाई कति विश्वास गर्नुहुन्छ ? कति समय र पैसा सामाजिक कार्यमा खर्च गर्नुहुन्छ ? घरमा झगडा गर्नुहुन्छ कि गर्नुहुन्न ?’ लगायतका प्रश्न सोधिने गरेको उल्लेख छ।

भुटानलाई संयुक्त राष्ट्रसंघले अतिकम विकसित मुलुकको सूचीमा राखेको छ। आर्थिक रुपमा सम्पन्न नभए पनि भुटानले मुलुकमा आर्थिक विकासका लागि गरेको प्रयास पनि उल्लेख्य छ।

आर्थिक रुपमा भुटान अझै पनि विश्वका विकासशील मुलुकको सूचीमा आउँछ। भुटानलाई संयुक्त राष्ट्रसंघले अतिकम विकसित मुलुकको सूचीमा राखेको छ। आर्थिक रुपमा सम्पन्न नभए पनि भुटानले मुलुकमा आर्थिक विकासका लागि गरेको प्रयास पनि उल्लेख्य छ।

भुटानले मुलुकमा पर्यटन, जलविद्युत ऊर्जा निर्यात, पूर्वाधारको विकासतर्फ भुटानको प्रयासले पछिल्ला केही वर्षमा गति लिन थालेका छन्। तर, आर्थिक रुपमा समृद्ध हुनेतर्फ मात्र भुटानको ध्येय छैन। भुटान आर्थिक सँगसँगै समाजका सबै क्षेत्रमा आफ्ना नागरिक सन्तुष्ट होउन् भन्ने चाहन्छ।

भुटानमा कुल राष्ट्रिय खुशीयालीको अवधारणा कहिले आयो भन्ने किस्सा पनि रोचक छ। सन् २०१२ मा अर्थ जर्नालिज्म नेटवर्क नामक जर्नलमा प्रकाशित भुटानी पत्रकार टासी दोर्जेको लेखमा सन् १९७९ मा तत्कालीन भुटानी नरेश जिग्मी सिंगे वाङचुकले पहिलो कुल राष्ट्रिय खुशीयालीको उल्लेख गरेको लेखिएको छ।

उक्त लेख अनुसार खासमा भएको के रहेछ भने सन् १९७२ मा आफ्ना पिता तथा भुटानका पूर्वनरेश जिग्मी दोर्जे वाङ्चुकको मृत्यु भएको २ वर्षपछि सन् १९७४ मा १९ वर्षको उमेरमा जिग्मी सिङ्गे वाङचुक भुटानका नयाँ नरेश बन्न पुगे।

किशोर राजा घोडामा चढेर आफ्नो अधिराज्यको भ्रमणका लागि गाउँगाउँसम्म जाने गरेका थिए। आफ्ना कर्मचारी र सामान्य जनतासँग कुराकानी गर्दै आएका उनले पछि गएर आर्थिक समृद्धि भन्दा पनि आफ्ना जनताको खुशीयाली महत्वपूर्ण हुने बुझे।

त्यसबेला किशोर राजा घोडामा चढेर आफ्नो अधिराज्यको भ्रमणका लागि गाउँगाउँसम्म जाने गरेका थिए। आफ्ना कर्मचारी र सामान्य जनतासँग कुराकानी गर्दै आएका उनले पछि गएर आर्थिक समृद्धि भन्दा पनि आफ्ना जनताको खुशीयाली महत्वपूर्ण हुने बुझे।

६० को दशकसम्म बाहिरी विश्वबाट अलग्गै रहेको भुटान सन् १९७१ मा मात्र संयुक्त राष्ट्रसंघको सदस्य बनेपनि ७० को दशकसम्म विश्वका लागि रहस्यमय मुलुककै रुपमा रहेको थियो।

सन् १९७९ मा क्युबाको राजधानी हवानामा भएको असंलग्न राष्ट्रको सातौ शिखर सम्मेलनबाट स्वदेश फर्कने बेला भारतको बम्बईमा तत्कालीन नरेश जिग्मी सिङ्गे वाङ्चुकलाई एकजना पत्रकारले प्रश्न गरेका रहेछन्, ‘हामीलाई तपाईको मुलुकको बारेमा केही थाहा छैन। भुटानको कूल राष्ट्रिय उत्पादन कति छ भन्दिनुहुन्छ ?’

त्यसपछि नरेशले जवाफ दिएछन्, ‘हामी कुल राष्ट्रिय उत्पादनमा विश्वास गर्दैनौं। किनकी हाम्रा लागि कुल राष्ट्रिय खुशीयाली महत्वपूर्ण छ।’ भुटानी नरेशको यही जवाफपछि त्यहाँ ‘कुल राष्ट्रिय खुशीयाली’ नामक दर्शनको प्रादुर्भाव भएको टासी दोर्जेको लेखमा उल्लेख छ।

सन् २००८ मा जारी भएको संविधानमा भुटानले राष्ट्रको उद्देश्य कुल राष्ट्रिय खुशीयाली रहेको उल्लेख छ। भुटानले कुल राष्ट्रिय खुशीयालीको अवधारणालाई अन्तर्राष्ट्रियकरण गर्ने प्रयास गरिरहेको छ।

सन् १९९८ मा दक्षिण कोरियाको राजधानी सोलमा आयोजित एसिया प्रशान्त सहस्राब्दी सम्मेलनमा तत्कालीन प्रधानमन्त्री जिग्मी वाई थिन्लेले गरेको सम्बोधनमा पहिलो पटक भुटानले कुल राष्ट्रिय खुशीयालीलाई मुलुकको विकास दर्शनका रुपमा औपचारिक प्रस्तुत गर्यो। त्यसयता भुटानले कुल राष्ट्रिय खुशीयालीलाई विकासको वैकल्पिक धारणाका रुपमा प्रस्तुत गर्दै आएको छ।

सन् २००८ मा जारी भएको संविधानमा भुटानले राष्ट्रको उद्देश्य कुल राष्ट्रिय खुशीयाली रहेको उल्लेख छ। भुटानले कुल राष्ट्रिय खुशीयालीको अवधारणालाई अन्तर्राष्ट्रियकरण गर्ने प्रयास गरिरहेको छ। भुटानको अग्रसरतामा २०११ मा संयुक्त राष्ट्रसंघको महासभाले खुशीयालीलाई विकासको समग्र दृष्टिकोणका रुपमा परिभाषित गर्दै सबै सदस्य राष्ट्रलाई भुटानको उदाहरण पछ्याउँदै खुशीयाली ‘मानिसको आधारभूत लक्ष्य’ रहेको प्रस्ताव पारित गर्यो।

भुटानको उदाहरण पछ्याउँदै विश्वका विभिन्न मुलुकमा खुशीयालीलाई प्रमुख लक्ष्य मान्न थालेका छन्। केही समय अघिमात्र संयुक्त अरब इमिरेट्स यूएईमा खुशीयाली मामिलाका लागि राज्यमन्त्री नै नियुक्त गरिएको छ।

त्यसबाहेक संयुक्त राष्ट्रसंघले सन् २०१२ मा हरेक वर्ष २० मार्चलाई विश्व खुशीयाली दिवसका रुपमा मनाउने निर्णय समेत गरिसकेको छ। त्यस्तै, सन् २०१६ मा अर्को बौद्ध अधिराज्य थाइल्याण्डले पनि भुटानकै शैलीमा ‘कुल राष्ट्रिय खुशीयाली केन्द्र’ को स्थापना गरेको छ।

भुटानको उदाहरण पछ्याउँदै विश्वका विभिन्न मुलुकमा खुशीयालीलाई प्रमुख लक्ष्य मान्न थालेका छन्। केही समय अघिमात्र संयुक्त अरब इमिरेट्स यूएईमा खुशीयाली मामिलाका लागि राज्यमन्त्री नै नियुक्त गरिएको छ।

त्यसबाहेक एसिया, यूरोप र अमेरिकी महादेशका विभिन्न मुलुकमा कुल राष्ट्रिय खुशीयालीलाई प्रोत्साहन र प्रवद्र्धन गर्नका लागि विभिन्न संस्था स्थापना भएका छन्।

कुल राष्ट्रिय खुशीयालीको अवधारणा ल्याएको भुटान अवश्य पनि विश्वको सबैभन्दा खुशी मुलुक भने होइन। संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान सञ्जालले हरेक वर्ष सार्वजनिक गर्ने विश्व खुशीयाली सूचकांकमा भुटानको स्थान पुछारतिर नै आउँछ। तर, सूचकांकमा जहाँ रहे पनि भुटानले ल्याएको कुल राष्ट्रिय खुशीयालीको अवधारणा भने विश्वका लागि एक उदाहरण नै बनेको छ र भविष्यमा अरु धेरै मुलुकले यही अवधारणा अनुसरण गर्ने सम्भावना पनि उत्तिकै छ।

प्रकाशित मिति : ३ बैशाख २०७९, शनिबार  १० : २९ बजे

हस्तकलाको प्रवर्द्धनमुखी कार्यका लागि सम्झौता

काठमाडौं- हस्तकला क्षेत्रको प्रवर्द्धनका लागि नेपाल हस्तकला महासङ्घ र हिमालयन

आन्तरिक राजस्व कार्यालय जुम्लाद्वारा २५ करोड बढी संकलन

जुम्ला- जुम्लास्थित आन्तरिक राजस्व कार्यालयले चालु आर्थिक वर्षको नौ महिनामा

नगर विकास समितिका पूर्वअध्यक्ष पक्राउ

महेन्द्रनगर- कञ्चनपुर प्रहरीले तत्कालीन महेन्द्रनगर नगर विकास समितिका पूर्वअध्यक्ष गोपाल

पर्वतको हम्पाल र कोखेडाँडामा पर्यटकको आकर्षण बढ्यो

पर्वत- यो समय घुमघामका लागि अनुकूल मानिन्छ । जताततै लालीगुराँस

बैतडीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

दशरथचन्द (बैतडी)- बैतडीमा दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एक