सैन्य परेडबिना उत्तर कोरियाले संस्थापक नेताको जन्मजयन्ती मनाएपछि विश्व नै चकित « Khabarhub

सैन्य परेडबिना उत्तर कोरियाले संस्थापक नेताको जन्मजयन्ती मनाएपछि विश्व नै चकित


३ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

राससबाट

उत्तर कोरियाले सैन्य परेड बिना शनिबार उत्तर कोरियाका संस्थापक किम इल सुङको जन्मजयन्ती मनाएको छ । उत्तर कोरियाली नेता किम जोङ उनले देशका संस्थापक नेताको जन्मदिन मनाउन आयोजित भव्य सार्वजनिक समारोहको निरीक्षण गरेको राज्य सञ्चालित सञ्चारमाध्यममा सम्प्रेषित तस्बिरहरूमा देखिएको थियो ।

अमेरिका, युरोप र अन्य धेरै मुलुकले सैनिक शक्तिको प्रदर्शन बिना जन्मजयन्ती बित्नुलाई आश्चर्यका रूपमा लिएका छन् । यो वार्षिकोत्सव अनुमान गरेभन्दा शान्तिपूर्ण तर भव्य भएको उनीहरूको भनाइ छ ।

आणविक हतियार सम्पन्न यस देशमा ‘सूर्य दिवस’ भनेर चिनिने, वर्तमान नेता किम जोङ उनका हजुरबुबा, किम इल सुङको अप्रिल १५ मा मनाइने जन्मोत्सव प्योङयाङको राजनीतिक पात्रोमा सबैभन्दा महत्वपूर्ण मितिहरू मध्ये एक हो ।

विश्लेषकहरुका साथै दक्षिण कोरियाली तथा अमेरिकी अधिकारीहरूले यस अवसरमा उत्तर कोरियाले सैनिक परेड तथा आणविक परीक्षणसमेत गर्ने व्यापक अनुमान गरेका थिए । तर शुक्रबार भएको उक्त उत्सवमा नागरिक परेड, सामूहिक नृत्य र आतिशबाजीबाहेक सैन्य गतिविधि नगरिँदा उनीहरूको अनुमान तथा प्रक्षेपण गलत सावित बन्न पुग्यो । 

राज्य सञ्चालित कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसीएनए) द्वारा जारी गरिएका तस्वीरहरुमा किम जोङ उनले बरण्डाबाट अवलोकन गरेको, राजधानीको किम इल सुङ चौकलगायतका क्षेत्रमा हजारौँ रंगीबिरंगी पहिरन लगाएका मानिसहरू देखाइएको छ ।

केसीएनएले भनेको छ, ‘उत्तर कोरियाली संस्थापक नेता किम इल सुङको जन्मदिवसमा नागरिकहरूले समाजवादी नाराहरू लेखिएका ब्यानर र झण्डा तथा देशको विशाल राष्ट्रिय झन्डा बोकेर मजदुर, किसान र नर्तकीहरू तथा अन्य व्यक्तिहरूको लस्कर किम इल सुङ चौकबाट अघि बढेको थियो ।’

किम परिवारका तीन पुस्ताले सन् १९४८ देखि उत्तर कोरियाको नेतृत्व गरेका छन् ।

नेता किमले उक्त दिन किम इल सुङ र उनका छोरा तथा उत्तराधिकारी किम जोङ इलको मृत शरीर राखिएको स्थान ‘कुमसुसान प्यालेस अफ द सन’ को भ्रमण गरी उनीहरूप्रति श्रद्धा प्रकट गरेका पनि केसीएनएले जनाएको छ ।

त्यसअघि नयाँ अपार्टमेन्ट परिसरहरू खोल्ने, हल्का समारोहहरू र पुष्प श्रद्धा सहित राज्य नियन्त्रित सञ्चारमाध्यममा उत्सवको निरन्तर प्रसारण भइरहेको सियोलको इवा वुमन्स युनिभर्सिटीका अन्तर्राष्ट्रिय अध्ययनका सहयोगी प्राध्यापक लिफ एरिक इस्लीले बताए ।

उनले भने, ‘किम शासनलाई सैन्य परेडभन्दा राष्ट्रिय गौरव र वैधताका स्रोतहरूको आवश्यकता पर्दछ । त्यसकारण, संस्थापकको जन्मदिनको अवसरमा मनाइने जनउत्सवले एउटा यस्तो अर्थतन्त्रलाई चित्रण गर्ने कोसिस गरियो जसले एकदमै कमजोर अर्थतन्त्र र सैनिक शासन नभै उत्तर कोरियामा शान्ति र आर्थिक सुधारले गति पाएको झलक दियो।’

यो वार्षिकोत्सव उत्तर कोरियाले अहिलेसम्मकै सबैभन्दा ठूलो अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको तीन हप्तापछि भएको हो । यो सन् २०१७ देखि किमको सबैभन्दा शक्तिशाली हतियारलाई पूर्ण क्षमतामा पहिलो पटक प्रहार गरिएको थियो ।

समारोहमा सैन्य गतिविधिको अभ्यास नहुँदैमा ‘उत्तर कोरिया सैन्य हतियार निर्माणबाट पछि हटेको मान्न नहुने’ इस्लीले बताए ।

भूउपग्रहको तस्वीरहरुले पुङगी–री आणविक परीक्षण स्थलको सुरुङमा नयाँ गतिविधि हुने देखाएको छ । किम र तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच सन् २०१८ मा शिखर वार्ता अघि नै उक्त स्थल ध्वस्त भएको उत्तर कोरियाले जनाएको थियो ।

दक्षिण कोरियाली अधिकारीहरूले प्योङयाङले अझै पनि सैन्य परेड गर्न वा अप्रिल २५ तारिख वा त्यसको आसपासमा हतियार परीक्षण गर्न सक्ने बताएका छन् । उत्तर कोरियाले अप्रिल २५ लाई कोरियाली जनसेनाको स्थापनाको वार्षिकोत्सवका रूपमा मनाउने गर्छ ।

प्रकाशित मिति : ३ बैशाख २०७९, शनिबार  १ : ५४ बजे

सङ्घीय अनुदानमा कार्यरत शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढाउने सरकारको निर्णय

काठमाडौं– शिक्षा तथा खेलकुद मन्त्रालयको प्रस्तावमा सरकारले सङ्घीय अनुदानमा कार्यरत

प्रधानमन्त्रीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहसँग मन्त्रीहरूले चालु आर्थिक वर्षमा गरिने मुख्य

एनसेलको अन्तर्राष्ट्रिय आउटगोइङ् कलमा ६० सेकेन्ड पल्स दर लागु

काठमाडौं– एनसेलले १९८ गन्तव्य मुलुकहरुका लागि आफ्नो अन्तर्राष्ट्रिय आउटगोइङ् अर्थात बहिर्गमन

अपाङ्गता अधिकारसम्बन्धी मूट कोर्ट प्रतियोगिता सुरु

काठमाडौं– अपाङ्गता अधिकार, मानव अधिकार तथा अन्तर्राष्ट्रिय कानुनबारे कानुनका विद्यार्थीलाई

कृषि बीमा अब प्रदेश सरकारले हेर्ने, १ करोडसम्मको बीमामा ८० प्रतिशत अनुदान, सो भन्दा माथि ५० मात्रै

काठमाडौं– सरकारले कृषि, पशुपन्छी तथा जडीबुटी व्यवसायमा हुन सक्ने आर्थिक