‘आक्रामक रवैया’ अपनाएको भन्दै रुसद्वारा बेलायती प्रधानमन्त्री जोनसनविरुद्ध प्रतिबन्ध | Khabarhub Khabarhub

‘आक्रामक रवैया’ अपनाएको भन्दै रुसद्वारा बेलायती प्रधानमन्त्री जोनसनविरुद्ध प्रतिबन्ध


३ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रुसले बेलायती प्रधानमन्त्री बोरिस जोनसनमाथि यात्रा प्रतिबन्धको घोषणा गरेको छ । बीबीसीका अनुसार रुसको युक्रेन आक्रमण प्रति बेलायतको ‘आक्रामक रवैया’ का कारण यस्तो घोषणा गरिएको हो ।

रुसको प्रतिबन्धको सूचीमा बेलायती विदेशमन्त्री लिज ट्रस, रक्षामन्त्री बेन वाल्लेस र अरु १० वरिष्ठ नेताहरू रहेको बीबीसीले जनाएको छ ।

युक्रेनमाथि आक्रमण गरेयता बेलायतले आफ्नो मुलुकमाथि लगाएका प्रतिबन्धको बदलास्वरूप पछिल्लो निर्णय लिइएको रुसको जिकिर छ ।

गत मार्च महिनामा रुसले अमेरिकी राष्ट्रपति जो बाइडेनमाथि यस्तै प्रतिबन्धको घोषणा गरेको थियो ।

प्रकाशित मिति : ३ बैशाख २०७९, शनिबार  ३ : ५८ बजे

छानबिन समितिको टीओआरमा कुरा मिलेन, संसद् नचलाउन सभामुखलाई विपक्षीको आग्रह

काठमाडौं- नेपाली कांग्रेससहितका विपक्षी दलहरूले सहकारी ठगीबारेमा गठन गर्न लागिएको

३० लाख पैदलयात्रीको सकस : हिँडे पोलमा ठोक्किने त्रास, नहिँडे धुलो धुवाँभित्र बास

काठमाडौंका सडक पेटी/फुटपाथ भन्ने बित्तिकै तपाईंको दिमागमा के आयो ?

सुनको मूल्य अहिलेसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– नेपाली बजारमा साताको पहिलो कारोबार दिन अर्थात् आइतबार सुनचाँदीको

गृहमन्त्री लामिछानेलाई संसदमा बोल्न दिने विपक्षी दलहरुको निर्णय

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहितका विपक्षी दलहरुले उपप्रधानमन्त्री तथा

रुसबाट हरिको गुहार : रुसी सैनिकबाटै मारिने अवस्था आयो, बचाइदिनुस् 

काठमाडौं– रुसी सेनामा रहेका खोटाङका हरिकुमार राईले आफ्नो ज्यान बचाइदिन