विश्व शान्तिका अग्रदूत सिद्धार्थ गौतम बुद्धको जन्म आजभन्दा २६ सय वर्षअघि वैशाख शुक्ल पूर्णिमाका दिन रुपन्देही जिल्लाको लुम्बिनी (ल्हुङ्गबेनी) मा पर्ने तत्कालीन तिलौराकोटको शाक्यवंशका राजा शुद्धोदन र रानी मायादेवीका पुत्रका रूपमा भएको थियो ।
रानी मायादेवी आफ्नो माइत देवदह जाने क्रममा लुम्बिनी भन्ने ठाउँमा पुग्दा प्रसव व्यथाले भेटेपछि पुष्करिणी सरोवरको किनारमा एउटा रुखको फेदमा सुस्ताउँदै गर्दा बालक सिद्धार्थको जन्म भएको थियो । शाक्य कुलको रीतिअनुसार पाँचौँ दिनमा नामाकरण हुँदा सबै मनोकामनालाई पूर्ण गर्ने अर्थमा बालकको नाम ‘सर्वार्थसिद्ध’ राखियो जुन छोटकरीमा ‘सिद्धार्थ’ नामले पुकारियो।
बाल्यकालदेखि नै गम्भीर स्वभावका सिद्धार्थ गौतमलाई दैनिकी कै क्रममा बूढो, रोगी र मानिस मरेको देखे उनमा बैराग्यता उत्पन्न हुन्थ्यो । मानिस के कारणले रोगी हुन्छ? के कारणले बुढो हुन्छ? र के कारणले मर्छ? भन्ने प्रश्नको समाधान खोज्न पत्नी यशोधरा र पुत्र राहुलसहित उत्तराधिकारमा प्राप्त हुने आफ्नो राज्यको समेत पर्वाह नगरी २९ वर्षको उमेरमा उनी दरबार छोडेर ज्ञानको खोजीमा निस्किए ।
संसारको निस्सारता महसुस गरेर आजित भएका गौतमले यसबाट मुक्ति पाउन चाहे । उनी सांसारिक दु:खको जड सम्म पुगे र बुझे कि, संसारमा आफ्नो भन्नु केही छैन । संसारमा दुखको जड भनेको मान्छे आफै हो । क्षणभङ्गुर जीवनको वास्तविक अर्थ बुझेर उनमा संसारप्रति कुनै मोह बाँकी रहेन र वैराग्य उत्पन्न भयो । वैराग्यका कारण विभिन्न ठाउँलाई भ्रमण गर्दै सिद्धार्थ गौतम भारतको बोधगया भन्ने ठाउँमा एक पिपलको वृक्ष (बोधिवृक्ष) मुनि अधिष्ठानपूर्वक ध्यान गर्दा उनलाई “सम्यकसम्बोधि” प्राप्त भयो र त्यसपछि उनी सम्यक सम्बुद्ध कहलाइए।
बौद्ध दर्शनका मार्गदर्शकहरूले गौतम बुद्धलाई हिन्दुत्वबाट पृथक देखाउन मा नै समय लगाएको देखिन्छ ।
चीन, जापान र श्रीलङ्का लगायतका बौद्धमार्गी देशहरूले बुद्धलाई महान् गुरुको उपदेशलाई स्वीकार गर्दछन् तर हिन्दू समाजले उनलाई पृथ्वीमा भगवानको अवतार मानेर पूजा गर्दछन् । हिन्दू र जसलाई हामी आज बुद्ध धर्म भन्छौँ त्यो परस्पर यहूदी र ईसाई धर्मभन्दा पनि नजिक छन् । येशू ख्रीष्ट यहूदी थिए र शाक्य मुनि हिन्दू ।
यहूदीहरूले येशू ख्रीष्टलाई अस्वीकार गरे । उनीहरूले तिनलाई क्रसमा झुन्ड्याइदिए तर हिन्दूहरूले शाक्य मुनिलाई भगवानको रूपमा स्वीकारेर पूजा गरे । हिन्दू धर्मविना बौद्ध धर्म बाँच्न सक्दैन । न त बौद्ध धर्मविना हिन्दू नै बाँच्न सक्छ । षड्यन्त्रपूर्वक यी दुवै पक्षबीच विवाद चर्काइएको छ ।
यो विभाजनले हामीलाई के देखाएको छ भनेर बुझ्न आवश्यक छ । जसरी बुद्धको महान हृदयविना हिन्दू धर्म टिक्न सक्दैन, त्यसरी नै हिन्दू धर्मको ज्ञान र दर्शनविना बुद्ध धर्म पनि टिक्न सक्दैन।
बौद्ध र वैदिक धर्मका अनुयायीहरूबीचको यो विभाजन नै समाजलाई पतनतर्फ धकेल्नुको कारण हो । समकालीन बौद्ध धर्म विपरित भगवान बुद्धको शिक्षा भनेको शाक्य मुनिले मौलिक रूपमा नयाँ केही गरेनन् । वास्तवमा येशू ख्रीष्ट जस्तै उनी पनि पूरक थिए । तर जसरी यहूदीहरूले यशूलाई बुझेनन् । त्यसैगरी बुद्धका अनुयायीहरूले पनि उनले दिएको शिक्षाको मुख्य कुरालाई बुझ्न सकेनन् ।
जसरी यहूदीहरूको पुराना नियमहरूलाई समकालीन व्याख्यासहित पूर्णता प्रदान गर्नका लागि येशू ख्रीष्टको जन्म भएको थियो भनेर बुझेनन् । त्यसरी नै बुद्ध धर्मका अनुयायीहरूले हिन्दू धर्मको विकासमा बुद्धले चालेको प्रगतिशील कदमलाई बुझ्न सकेनन् ।
शाक्य मुनि विनाश गर्न आएका थिएनन्, पूरक कार्य गर्न आएका थिए । जसको मूल दर्शन थियो तार्किक निष्कर्ष, हिन्दू समाजको तार्किक विकास थियो । तर बौद्ध दर्शनका मार्गदर्शकहरूले गौतम बुद्धलाई हिन्दुत्वबाट पृथक देखाउन मा नै समय लगाएको देखिन्छ ।
आजभन्दा करीब २६ सय वर्ष पहिला नेपालको लुम्बिनीमा जन्मिएका गौतम बुद्धको ख्याती हाल विश्वभर फैलिएको छ । विश्वका धेरै देशका मानिसहरू उनलाई एक आदर्श, तत्वज्ञानी पुरूषको रूपमा र बौद्ध धर्मावलम्बीहरू आफ्नो धर्म प्रवर्तकका रूपमा गौतम बुद्धलाई अत्यन्त श्रद्धायुक्त सम्मान गर्दछन् ।
भगवान गौतम बुद्धलाई भौगोलिक सीमासँग बाँध्न सकिँदैन । तत्कालीन राज्यहरूका राजनीतिक र प्रशासनिक सीमालाई वर्तमान समयका लागि प्रयोग गर्न मिल्दैन । त्यसकारण बुद्धको प्राकट्य स्थान अहिले नेपालभित्र पर्छ भने उनलाई महापरिनिर्वाण प्राप्त भएको भू–भाग भारतीय सीमा क्षेत्र अन्तर्गत पर्दछ । बोधिवृक्ष र बोध गयाविना सिद्धार्थ गौतम को बुद्धत्त्वबारे कल्पनासम्म गर्न सकिन्न । बेलाबखत बुद्धको जन्मस्थलबारे विवाद उचालिन्छ तर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा ३ अगस्त २०१४ मा तत्कालीन व्यवस्थापिका संसदलाई सम्बोधन गर्ने कर्ममा “यो भूमिले विश्वलाई चकित बनाउने गौतम बुद्धलाई जन्म दिएको” भनेर प्रष्ट गरिसकेपछि यस्तो प्रायोजित चर्चा अर्थहीन छ।
बुद्धको मूल दार्शनिक सिद्धान्त प्रतित्य-समुत्पाद हो। बुद्धले सम्पूर्ण आधारभूत गुणहरु अनित्य, दु:ख र अनात्मका बारेमा प्रकास पारे । जसलाई चार आर्य सत्य भनेर आधारभूत सिद्धान्तका रूपमा चिनिन्छ । बुद्ध दर्शनको महत्व र यसले विश्व शान्तिमा पुर्याएको योगदानलाई मनन गरी सन् १९९९ देखि यस दिनलाई संयुक्त राष्ट्रसंघले अन्तर्राष्ट्रिय वैशाख दिवस (The day of Vesak)का रुपमा मनाउँदै आएको छ। बौद्ध दर्शनका प्रणेता सिद्धार्थ गौतमलाई समस्त विश्वले महामानव, विश्व शान्ति, मानव कल्याण र अहिंसाका मार्गदर्शक तथा हिन्दू धर्मअनुसार भगवान विष्णुको नवौं अवतारका रुपमा मान्ने गरेको छ । युद्ध, आतङ्क, काटमारबाट मानिसको हित नदेख्ने र संसारलाई अहिंसाको पाठ सिकाउने भगवान गौतम बुद्धको महापरिनिर्वाण वर्तमान भारतको कुशीनगरमा ईशापूर्व ४८३ को वैशाख शुक्ल पूर्णिमा अर्थात आजको दिन नै भएको थियो ।
आजभन्दा करीब २६ सय वर्ष पहिला नेपालको लुम्बिनीमा जन्मिएका गौतम बुद्धको ख्याती हाल विश्वभर फैलिएको छ । विश्वका धेरै देशका मानिसहरू उनलाई एक आदर्श, तत्वज्ञानी पुरूषको रूपमा र बौद्ध धर्मावलम्बीहरू आफ्नो धर्म प्रवर्तकका रूपमा गौतम बुद्धलाई अत्यन्त श्रद्धायुक्त सम्मान गर्दछन् ।
गौतम बुद्धलाई हिन्दू पुराणहरूमा भगवान विष्णुका दश अवतारमध्येका एक अवतारको रूपमा प्रस्तुत गरेको पाइन्छ । यसले सर्वसाधारणमा धार्मिक सहिष्णुता कायम गर्न निकै मद्दत पुर्याएको छ । नेपालमा बुद्ध धर्म अन्य धर्महरूसँग अत्यन्त सहिष्णुता भावमा चलिआएको छ ।
प्रतिक्रिया