पोखरामा कलम अगाडि : उपमेयरमा कांग्रेस र एमालेको २५ मतको प्रतिस्पर्धा « Khabarhub

पोखरामा कलम अगाडि : उपमेयरमा कांग्रेस र एमालेको २५ मतको प्रतिस्पर्धा


२ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पोखरा महानगरको मेयर पदमा सत्ता गठबन्धनका उम्मेदवार धनराज आचार्यले अग्रतालाई कायमै राखेका छन्।

आठ हजार ६९३ मतगणना हुँदा मेयरमा एकीकृत समाजवादीका धनराज आचार्यले तीन हजार ४६५ मत ल्याएका छन्। मतगणनाको सुरुदेखि नै अग्रता ल्याएरका उनले त्यसलाई कायम राखेका हुन्।

एमालेका मेयर उम्मेदवार कृष्णबहादुर थापा तीन हजार १०८ मत ल्याएर उनलाई पछ्याइरहेका छन्। राप्रपाका शंकर खराल ४६३ तथा अटेरी समूहका गनेस पौडेलले २१२ मत ल्याएका छन्।

उपमेयरमा भने नेपाली कांग्रेस र एमालेबीच कडा प्रतिस्पर्धा देखिएको छ। एमालेकी मञ्जुदेवी गुरूङले तीन हजार ५७५ मत पाएकी छन् भने कांग्रेसकी कोपिला रानाभाटले तीन हजार ६०० पाएकी छन्। उपमेयरमा २५ मतले कांग्रेस अगाडि छ।

 

प्रकाशित मिति : २ जेठ २०७९, सोमबार  ९ : ३४ बजे

सरकारको निर्णय कार्यान्वयनमा : सांसदहरूले स्वकीय सचिव राख्न पाउने

काठमाडौं – संघीय संसद्का सांसदहरूले पुनः स्वकीय सचिव नियुक्त गर्न

साउनको पहिलो सोमबारः पशुपतिनाथमा पूजा, आराधना गर्नेको घुइँचो

काठमाडौं – यस वर्षको साउनको पहिलो सोमबार आज पशुपतिनाथ मूल

यो वर्ष नयाँ कर्मचारी भर्ना नगर्ने सरकारको निर्णय

काठमाडौं – सरकारले नयाँ सङ्गठन तथा व्यवस्थापन सर्वेक्षणअनुसार स्वीकृत दरबन्दीमा

मनसुनजन्य विपद् बढेपछि कर्मचारीहरूलाई कार्यालय नछाड्न सरकारको निर्देशन

काठमाडौं – देशभर अविरल वर्षा, बाढी, पहिरो तथा अन्य मनसुनजन्य