स्थानीय तह निर्वाचन : १०२ तहको नतिजा आउँदा कांग्रेस ४० र एमाले ३५ स्थानमा विजयी « Khabarhub

स्थानीय तह निर्वाचन : १०२ तहको नतिजा आउँदा कांग्रेस ४० र एमाले ३५ स्थानमा विजयी


२ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको परिणाम आउने क्रम जारी छ । निर्वाचन आयोगका अनुसार हालसम्म १०२ स्थानीय तहको अन्तिम नजिता आएको छ ।

सार्वजनिक नतिजा अनुसार हालसम्म सबैभन्दा बढी पालिकाको प्रमुख/अध्यक्ष नेपाली कांग्रेसले जितेको छ । कांग्रेसले अन्तिम नतिजा सार्वजनिक भएका १०२ स्थानीय तहमध्ये ४० वटाको प्रमुख/अध्यक्ष जितेको छ ।

कांग्रेसलाई नेकपा एमालेले पछ्याइरहेको छ । एमालेले हालसम्म ३५ पालिकाको प्रमुख/अध्यक्ष जितेको छ । नेकपा (माओवादी केन्द्र)ले २४ पालिकाको प्रमुख/अध्यक्ष जितेको आयोगको तथ्याङ्कले देखाउँछ ।

हालसम्म नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार दुई र अन्यले एक पालिका प्रमुख/अध्यक्षमा विजयी बनेका छन् ।

हालसम्म भएको मतगणना अनुसार २५९ पालिका प्रमुख/अध्यक्ष मा कांग्रेस, १५१ पालिका प्रमुख/अध्यक्षमा एमाले, ९६ पालिका प्रमुख/अध्यक्षमा माओवादी केन्द्र, १८ पालिका प्रमुख/अध्यक्षमा एकीकृत समाजवादी, २९ पालिका/अध्यक्षमा जनता समाजवादी पार्टी, नेपाल, ११ पालिका प्रमुख/अध्यक्षमा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र २५ पालिकामा अन्य तथा स्वतन्त्र उम्मेदवारले अग्रता लिइरहेका छन् ।

यस्तै हालसम्म अन्तिम नजित आएका १०३ पालिकाको उपप्रमुख/उपाध्यक्षमध्ये कांग्रेसले ४६, एमालेले ३२, माओवादी केन्द्रले १६, एकीकृत समाजवादीले ५, जनता समाजवादी पार्टीले २ र अन्यले २ ठाउँमा जितेका छन् ।

प्रकाशित मिति : २ जेठ २०७९, सोमबार  ११ : ३५ बजे

वधशाला र मासु पसलमा नयाँ मापदण्ड प्रस्ताव

काठमाडौँ– कृषि, वन तथा पर्यावरण मन्त्रालयले पशु वधशाला र मासु पसललाई

कांग्रेस सभापतिको दौडबाट पछि हटे राठौर,  अब गगनका प्रतिस्पर्धी श्यामकृष्ण 

काठमाडौं– नेपाली कांग्रेसको सभापति पदका उम्मेदवार किशोर सिंह राठौरले आफ्नो

खाने तेल व्यवसायीको माग- भन्सार दर घटाऔँ

काठमाडौं- भारतले सुर्यमुखी तेलको भन्सार दर करिब ११ प्रतिशत घटाएपछि

रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

काभ्रेपलाञ्चोक– सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को हामी आउँदैछौँ’ भन्ने

कांग्रेस महाधिवेशन : मत माग्न व्यस्त उम्मेदवार (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा पदाधिकारी र सदस्य पदका