बालेनसँग जोडिएका निर्मल « Khabarhub

बालेनसँग जोडिएका निर्मल


२ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ महानगरपालिकाको मतगणना भइरहेको छ । स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन) ले पाइरहेको मतका कारण पनि यहाँ धेरैको ध्यान तानिएको छ ।

देशकै पहिलो महानगरपालिका र बढी सम्भावना भएका कारण पनि काठमाडौँप्रति चासो बढ्नु स्वाभाविक नै हो । त्यसमाथि कुनै सङ्गठन बिना बालेनले ल्याएको मत परिणाम आफैमा अन्य राजनीतिक दलको लागि सहज छैन । अहिले बालेनले लिएको अग्रतामा गठबन्धन र नेकपा एमालेको कुल मत जोड्दा पनि सँगै हुने अवस्था छैन । बालेनको चुनावी कार्यक्रममा यसपटक निर्मल शर्माको सक्रियता देखियो । दर्शकबाट गैँडाको उपनाम समेत पाएका निर्मलले उनलाई खुलेरै सहयोग गरे ।

No description available.

‘मैले अघिल्लो चुनाव २०७४ मा पनि रन्जु दर्शनालाई सहयोग गरेको थिए । उनी दलबाट भएकाले त्यति खुलेर गरिन् । तर, यसपटक उम्मेदवार स्वतन्त्र भएकाले मलाई सहज भयो’ निर्मलले भने । उनले बालेनको चुनावी गतिविधिलाई सघाउन थालेको झन्डै ६ महिना भइसक्यो । बालेन र निर्मलको बसाई नजिक मात्र होइन साथी सर्कल पनि उस्तै भएपछि सामिप्यता झन् बढ्यो । ‘हाम्रो सर्कल उस्तै रहेछ । गायकको रुपमा चिनेको बालेनलाई त्यसै कारण मेयरको प्रत्याशीको रुपमा चिन्ने मौका पाए । उनको भिजन, सोचलाई सघाउने मनसाय बनाएर मैदानमा उत्रिएको हु’ निर्मलले भने ।

त्यसो त निर्मलले बालेनको गतिविधिलाई पहिले देखि नै नियाली समेत रहेका थिए । बालेनले भूकम्पको समयमा गरेको गतिविधिलाई टाढाबाट महसुस गरेका निर्मलले कोरोना भाइरसको कारण निम्तिएको महामारीको समयमा भने नजिकबाट बुझेँ । ‘कोरोनाको समयमा बालेनले गरेका सामाजिक कार्य प्रशंसनीय थिए । उनले एक्लो प्रयासबाट गरेको काम सरकारी निकायबाट हुनु पर्ने थियो । त्यो पनि एउटा कारण बन्यो उनलाई सघाउने’ उनले भने ।

उनी बालेनको तर्फबाट पर्यवेक्षक भएर समेत ९ मतदान केन्द्रमा खटिए । चुनावी गतिविधिमा देखिएको विश्वास त्यहाँ मतमा परिणत भएको पाए । ‘मतदान केन्द्रमा भेटिएका अधिकांश मतदाताहरुले मेयरमा बालेन रोजेको पाए । उनले ल्याएको प्रतिबद्धताले स्थानीय युवा आकर्षित भएको पाए’ निर्मलले भने । त्यसो त अघिल्लो निर्वाचनमा उमेर अपुग भएर मतदान गर्न नपाएका ३० हजार मतदाता थपिएका छन् । त्यहाँ मध्येको अधिकांश मत तान्न बालेनको समूह सफल भएको पाइएको छ ।

‘हामीले युवालाई उनीहरुकै माध्यमबाट हाम्रो योजना पुर्‍यायौँ । डिजिटल युगमा प्रविधिको मद्दतले युवा कहाँ पुगेर हामी घरदैलोमा त्यसपछि पुगेका हौँ’ निर्मलले भने । उनको अनुसार यसपटक पार्टीकै कार्यकर्ताले पनि एक मत बालेनलाई दिएका छन् । ‘मेयरमा बालेन त्यसपछि आफ्नो पार्टीलाई मतदान गरेको पनि पाइयो । पार्टीमा नदेखिएकाले त सहजै मत दिएका छन्’ निर्मलले भने ।

उनी स्वयं बालेनले पाएको साथले अब भिजन भएका स्वतन्त्र उम्मेदवार अगाडि आउने बत्ताउँछन् । ‘अब स्वतन्त्र उम्मेदवारले चुनाव लड्न सक्नेछन् । धेरै खर्च नगरी आफ्नो योजना र दक्षताको भरमा चुनाव लड्न सकिने छ । आउँदो प्रदेश र संघको निर्वाचनमा समेत नयाँ शक्ति उदाउन सक्ने छ’ निर्मलले भने ।

उनी बालेन विजयी भएको खण्डमा गरिएका प्रतिबद्धताहरू एक एक गरेर पुरा गर्न सकिने देख्छन् ।

प्रकाशित मिति : २ जेठ २०७९, सोमबार  २ : ३० बजे

निर्मल पुर्जाको स्मृतिमा ठोस काम गर्ने मन्त्री महावीर पुनको प्रतिबद्धता

काठमाडौँ – विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले दिवंगत पर्वतारोही

धार्मिक पर्यटकलाई लोभ्याउँदै मकवानपुरको ‘सिसमहल’

बागमती– मकवानपुरको हेटौँडा नगरपालिका वडा नम्बर ५ चिसापानी रङ्गपथस्थित श्री

प्रदेशको अस्थिर राजनीतिले बजेट कार्यान्वयनमा सधैँ समस्या

काठमाडौँ- नेपालले २०७२ मा संविधान जारी गर्दै सङ्घीय शासन प्रणाली

बालेनलाई बाबुरामले दिए चेतावनी- सबैलाई खुसी पार्न खोजे सरकार असफल हुन्छ

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले युवा बाहुल्य नयाँ सरकारलाई

अङ्कित मूल्यमा नै जलविद्युतको सेयर उपलब्ध गराउन इप्पानको आग्रह

काठमाडौँ– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल .(इप्पान)ले जलविद्युत् आयोजनाबाट प्रत्यक्ष