अविरल वर्षाका कारण श्रीलंकामा ६ सय परिवार विस्थापित | Khabarhub Khabarhub

अविरल वर्षाका कारण श्रीलंकामा ६ सय परिवार विस्थापित


२ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- श्रीलंकामा शनिबारदेखि जारी अविरल वर्षाका कारण भीषण बाढी आएको छ । वर्षासँगै बाढी र पहिरो जस्ता उत्पन्न प्राकृतिक विपत्ति उत्पन्न भएको छ ।

राजधानी कोलम्बोबाट दक्षिणमा रहेको रतनपुरा जिल्लामा बाढीको प्रकोप बढी देखिएको छ । बाढी र पहिरोका कारण जिल्लाका ८२ भन्दा बढी घर भत्किएका छन् भने अरु भौतिक संरचनामा पनि बाढीले क्षति पुर्‍याएको छ ।

प्रकोपमा परेर ६०० भन्दा बढी परिवारका २ हजार २९० जना विस्थापित हुन पुगेका बताइएको छ । श्रीलंकाका मौसमसम्बन्धी अधिकारीहरुले वर्षा अझै जारी रहने भएकाले सतर्कता अपनाउन आह्वान गरेका छन् ।

सो बाढीका कारण आएको पहिराका साथै वर्षा जारी नै रहेकाले अझ धेरै क्षेत्र प्रभावित बनाउन सक्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति : २ जेठ २०७९, सोमबार  ४ : १६ बजे

सुनको मूल्य घट्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी

रारामा पर्यटकीय पूर्वाधारमा लगानी गर्न माग

काठमाडौं– पर्यटकीय सम्भावना रहेर पनि अपेक्षित लाभ लिन नसकिएको रारा

के हो खगेन्द्र र दीपेन्द्रको सहकार्यको राज ?

काठमाडौं – फिल्म ‘पशुपतिप्रसाद’ निर्देशक दीपेन्द्र के खनाल र नायक

‘के वन क्रस १७५’ प्रतियोगितामा भिड्दै ‘हिमचितुवा’

काठमाडौं– ‘हिमालयन चितुवा’को नामले परिचित किक बक्सर अविरल घिमिरेले अब

सरकारको काममा सन्तुष्ट छैनौँ, समर्थन दिन बाध्य छौँ

काठमाडौं– जनमत पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य चन्द्रकान्त (सिके) राउत