अविरल वर्षाका कारण श्रीलंकामा ६ सय परिवार विस्थापित « Khabarhub

अविरल वर्षाका कारण श्रीलंकामा ६ सय परिवार विस्थापित


२ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- श्रीलंकामा शनिबारदेखि जारी अविरल वर्षाका कारण भीषण बाढी आएको छ । वर्षासँगै बाढी र पहिरो जस्ता उत्पन्न प्राकृतिक विपत्ति उत्पन्न भएको छ ।

राजधानी कोलम्बोबाट दक्षिणमा रहेको रतनपुरा जिल्लामा बाढीको प्रकोप बढी देखिएको छ । बाढी र पहिरोका कारण जिल्लाका ८२ भन्दा बढी घर भत्किएका छन् भने अरु भौतिक संरचनामा पनि बाढीले क्षति पुर्‍याएको छ ।

प्रकोपमा परेर ६०० भन्दा बढी परिवारका २ हजार २९० जना विस्थापित हुन पुगेका बताइएको छ । श्रीलंकाका मौसमसम्बन्धी अधिकारीहरुले वर्षा अझै जारी रहने भएकाले सतर्कता अपनाउन आह्वान गरेका छन् ।

सो बाढीका कारण आएको पहिराका साथै वर्षा जारी नै रहेकाले अझ धेरै क्षेत्र प्रभावित बनाउन सक्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति : २ जेठ २०७९, सोमबार  ४ : १६ बजे

‘पुरानै ढर्राले अब पार्टी चल्दैन’ : ८१ वर्षे कांग्रेस प्रतिनिधि शोभाचन्द्र बराल

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कास्की क्षेत्र नं. २

तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला

कास्की– पोखराको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य फेवातालको मध्यभागमा अवस्थित

प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब ५४ करोड पुग्यो

काठमाडौं- रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार

बूढीगण्डकी बाढी अपडेट : २६ घर र चार पुल बगे, पाँच बेपत्ता, ४८ जनाको सकुशल उद्धार

गोरखा – बूढीगण्डकी नदीमा आएको विनाशकारी बाढीका कारण भौतिक संरचनामा