गुल्मीको मदाने गाउँपालिकामा गठबन्धनका महेन्द्र कुँवर विजयी « Khabarhub

गुल्मीको मदाने गाउँपालिकामा गठबन्धनका महेन्द्र कुँवर विजयी


२ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सहरी विकास मन्त्री रामकुमारी झाँक्रीको गृहपालिका गुल्मीको मदाने गाउँपालिकामा गठबन्धका उम्मेदवार महेन्द्र कुँवर अध्यक्षमा निर्वाचित भएका छन् ।

उनले नेकपा (एमाले) का प्रेम केसीलाई १० मतले पराजित गरेका हुन् । अन्तिम नतिजाअनुसार गठबन्धनका तर्फबाट गाउँपालिका प्रमुखमा उम्मेदवारी दिएका कांग्रेसका कुँवरले ४७०७ मत प्राप्त गरेका छन् भने दोस्रो स्थानका केसीले ४६९७ मत प्राप्त गरेका छन् ।

उपाध्यक्षमा भने एमालेकी सरिता खड्का विजयी भएकी छिन् । उनले ४५६५ मत प्राप्त गरिन् । गठबन्धनका तर्फबाट उपाध्यक्षका उम्मेदवार बेगम चन्दले ४२११ मत प्राप्त गरे ।

यसअघि सबै वडाको मतगणना सकिन लाग्दा अध्यक्षमा गठबन्धन झिनो मतान्तरले विजयी हुने भएपछि नेकपा एमालेले पुनः गणनाको माग गरेको थियो ।

गाउँपालिकाका ७ वटा वडामध्ये वडा नम्बर २ र वडा नम्बर ५ गरी दुई वडामा एमालेले जित हासिल गरेको छ भने अरु बाँकी वडामा कांग्रेसले जित निकालेको छ ।

प्रकाशित मिति : २ जेठ २०७९, सोमबार  ४ : ३९ बजे

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल असोज ३१ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज ३१ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ३१ गते शनिबार सन् २०२६

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने