आमिरको सफल हुन नसकेको प्रयास  | Khabarhub Khabarhub

आमिरको सफल हुन नसकेको प्रयास 


२ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बलिउडमा अभिनेता आमिर खानलाई ‘मिस्टर पर्फेक्टनिस्ट’ पनि भन्ने गरिन्छ । उनले अभिनय गर्ने फिल्महरूमा उनको कामले चर्चा पाउने गरेको छ  । पछिल्लो फिल्म ‘ठग्स अफ हिन्दोस्तान’ लाई हेर्ने हो भने उनको फिल्मले दर्शकको मन जितेका छन् । आमिर केही वर्षयता ‘लाल सिंह चढ्ढा’ मा व्यस्त छन् । उनले फिल्ममा शीर्ष भूमिका निर्वाह गरेका छन् । सन् १९९४ मा हलिउडमा टम ह्यांक्सलाई लिएर बनेको फिल्म  ‘फरेस्ट गम्प’ को यो हिन्दी रिमेक हो । ओस्कार अवार्डका आधिकांश विधामा अवार्डेड फिल्मको रिमेक गर्दा दर्शकको प्रतिक्रिया के आउला ? यो चिन्ता स्वाभाविक नै हो । 

यद्यपि आमिरलाई फिल्मका अभिनेता टमले के भन्लान् ? भन्ने चिन्ता पनि छ । हलिउड अभिनेता टमसँग निकै प्रभावित आमिरले केही समय देखि फिल्मबारे प्रतिक्रिया लिन लस एन्जल्समा एक शो आयोजना गर्ने तयारीमा छन् । उनले आफ्नो क्यारेक्टर र फिल्म टमलाई देखाउन चाहन्छन् । आमिर व्यक्तिगत रूपमा पनि टमको अभिनय र फिल्म छनौटदेखि प्रभावित हुने हुँदा उनले दर्शक अगाडि टमको प्रतिक्रिया लिने तयारी थालेका छन् । 

यद्यपि यो अझैँ पूर्ण हुन् सकेको छैन । उनले गत फेब्रुअरी देखि नै टमलाई फिल्म देखाउने कोसिस गरिरहेका छन् । यद्यपि अझैँ सफलता पाउन सकेका छैनन् । फरेस्ट गम्पसँगै क्याप्टेन फिलीप, कास्टवे,टर्मिनलजस्ता फिल्ममार्फत टमले आफ्नो अभिनत कौशलतासँगै कथा छनौटलाई प्रमाणित गरिसकेका छन् । यसैले गर्दा पनि आमीर आफ्नो फिल्म टमले हेरेर प्रतिक्रिया दिउँन् भन्नेमा छन् । तर, टमले फिल्मको लागि समय दिइसकेका छैनन् । फिल्ममा आमीरसँगै करिना कपुर, नागा चैतन्यसहित कलाकारको अभिनय छ ।

प्रकाशित मिति : २ असार २०७९, बिहीबार  १२ : २२ बजे

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले

‘कांग्रेसमा अनुशासनको कारबाही खोटपूर्ण र दोहोरो मापदण्डमा आधारित’ 

काठमाडौं– नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले कांग्रेसको केन्द्रीय अनुशासन समितिले

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ