पानीफोटो : बेपत्ता छोराको खोजीमा दम्पती « Khabarhub

पानीफोटो : बेपत्ता छोराको खोजीमा दम्पती


२ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पछिल्लो समय नेपाली कथामा मौलिकपन देखिन थालेको छ । साउन १३ मा प्रदर्शनमा आउने फिल्म ‘पानीफोटो’ मा द्वन्द्वको समयमा बेपत्ता भएको छोरा खोजिरहेको बुवाआमाको कथा देखाइएको छ । अनुप बराल र मेनुका प्रधानको संवादबाट सुरु हुने सार्वजनिक टिजरमा मर्मस्पर्शी संवाद रहेका छन् । -केटाकेटी भेट भएपछि दुख पाइने रैछ । हाम्रो छोरा भयो । अहिले खोज्दै  हिँड्नु परेको छ’ यो संवादबाट सुरु हुने टिजरमा छोराको खोजिमा भौतरिएका बुवाआमाको पीडा देखाइएको छ । यसै फिल्ममार्फत निर्देशनमा डेब्यु गरेका अभिनेता खगेन्द्र लामिछानेले यो फिल्म निर्देशन गर्नु आफ्नो सपना रहेको बताएका छन् । ‘फिल्ममा माओवादी जनयुद्धको समयमा बेपत्ता भएको छोराको पर्खाइमा बसेको बा-आमाको कथालाई दर्शक माझ लिएर आँउदै छौँ’ उनले भने ।

No description available.उनले निर्देशनमा डेब्यु गरेको ‘पानीफोटो’ दशक अगाडि गुरुकुलमा मञ्चन भएको चर्चित नाटक  ‘पानीफोटो’ कै अनुरुपण गरिएको फिल्म हो । स्वयम् खगेन्द्रले आफू लिखित नाटकलाई फिल्मको स्वरुप दिएका हुन् । फिल्ममा खगेन्द्रसंगै अनुप बराल, मेनुका प्रधान, प्रकाश घिमिरे, माओत्से गुरुङ, बुद्धि तामाङ्ग, कमलमणि नेपाल, अशान्त शर्मा, मलिका महत, प्रकाश घिमिरे, राधा श्रेष्ठ, अजस्र ढुङ्गाना, कमल देवकोटा, अनोज पाण्डे, अनिल पाण्डे, नवराज गिरी, श्यामकुमार खड्का लगायतका कलाकारको अभिनय रहेको छ ।

No description available.टलकजंग भर्सेस टुल्के मार्फत फिल्म अभिनयमा भित्रिएका खगेन्द्रले पशुपति प्रसाद, धनपति हुँदै डमरुको डण्डीवियोसम्म आइपुग्दा आफूलाई  ‘भर्सटायल अभिनेता’ को रुपमा परिचित गराइसकेका खगेन्द्र फिल्म ‘पानीफोटो’ मार्फत निर्देशक बनेका हुन् । फिल्मको छायांकन काठमाण्डौसँग बर्दिया, रोल्पा र स्याङ्जामा गरिएको छ । खगेन्द्रले नाटकलाई फिल्ममा ल्याउनु आफ्नो सपना रहेको बताए । ‘यसलाई फिल्म बनाएर धेरै दर्शकसम्म यो कथालाई पुर्‍याउने मेरो सपना नै थियो । मैले नाटक मञ्चनको समयमा यसलाई फिल्म बनाउने निर्णय लिएको थिए’ खगेन्द्रले भने । 

दीपक बज्राचार्यको छायांकन रहेको फिल्ममा निमेष श्रेष्ठसँगै अर्जुन कार्कीको सम्पादन रहेको छ । यसमा पुष्पा संगमको पाश्र्व संगीत रहेको छ भने प्रोडक्सन हेडको रुपमा शंकर पाण्डे रहेका छन् । ‘पशुपति प्रसाद’ र ‘धनपति’ जस्ता खाँट्टी नेपाली स्वाद बोकेका सफल फिल्म निर्माण गरेको टुकी आर्ट्सले यस फिल्म निर्माणमा मञ्जुश्री फिल्म्ससंग सहकार्य गरेको छ । फिल्ममा लेखन पनि खगेन्द्रकै रहेको छ भने यसमा चिफ एडीको रुपमा अनिल खड्का रहेका छन् । फिल्मलाई रोजिना सिटौला र रविन्द्र बज्राचार्यले संयुक्त रुपमा निर्माण गरेका हुन् ।

 

प्रकाशित मिति : २ असार २०७९, बिहीबार  ५ : ०१ बजे

पूर्वी नाकाबाट १६ अर्बको सामान आयात, आठ अर्बको निर्यात

काकरभिट्टा– पूर्वी नाका काँकरभिट्टाबाट चालु आर्थिक वर्षको चार महिनामा १६

ट्रकसहित म्याग्दी नदीमा खसेका चालकको उद्धार

म्याग्दी – म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२

स्याडो पिक्चर्सले ‘धुरन्धर’ नेपालमा वितरण गर्ने, नेपाली फिल्मलाई विश्वव्यापी ओटिटी प्लेटफर्मको ढोका खुल्यो 

काठमाडौं– नेपाली चलचित्र वितरण क्षेत्रमा द्रुत गतिमा उदाउँदै गएको ‘स्याडो

पुस्तकमा एउटा प्रशासकको बकपत्र- ‘मैले भ्रष्टाचार गरेको छैन’

काठमाडौं– नेपाल वायुसेवा निगमले ०७५ सालमा एयरबस कम्पनीका दुईवटा विमान

सालझण्डी–ढोरपाटन सडक : तीन पटक म्याद थप्दा ६० प्रतिशत काम

बागलुङ– तराई र पहाडलाई जोड्ने गरी निर्माण भएको सालझण्डी–ढोरपाटन सडकको