नगर प्रमुखलाई सूर्यविनायक कांग्रेसको १५ बुँदे ध्यानाकर्षण | Khabarhub Khabarhub

नगर प्रमुखलाई सूर्यविनायक कांग्रेसको १५ बुँदे ध्यानाकर्षण


२ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– नेपाली कांग्रेस सूर्यविनायक नगर कार्यसमितिले सूर्यविनायक नगर प्रमुख वासुदेव थापालाई १५ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ । नगरपालिका कार्यालय कटुञ्जेस्थित प्रमुखको कार्यकक्षमा पुगेर कांग्रेस नगर कार्यसमिति सभापति निशान ढुंगेलको नेतृत्वको टोलीले ध्यानाकर्षण पत्र दिएको हो ।

ध्यानाकर्षण पत्र बुझ्दै नगर प्रमुख थापाले कांग्रेसले दिएका सुझावलाई आफूले गम्भीरतासाथ लिने बताए । ‘हामी जनताकै सेवक भएर काम गर्ने छौं’ थापाले भने, ‘तपाईँहरूले दिएका राय, सल्लाह, सुझावलाई मैले सकारात्मक रूपमा लिएको छु ।’ थापाले नेपाली कांग्रेस र एमाले मुलुकका जिम्मेवार पार्टीहरू भएको चर्चा गर्दे दुवै पार्टी विकासका बाहक भएको बताए । थापाले भने, ‘तपाईँहरूले दिएका सुझावलाई मनन गरेर आगामी नगर परिषदमा समेट्ने प्रयास गर्ने छु ।’

Avatar नेपाली कांग्रेस सूर्यविनायक नगर कार्यसमितिका सभापति ढुंगेलले आफूहरूले दिएका सुझाव र ध्यानाकर्षणलाई सकारात्मक रूपमा लिएर अगाडि बढ्ने बताएकोमा धन्यवाद दिए । ‘जनमुखी र जनतालाई सुख: दिने विकासका काममा सधैँ नेपाली कांग्रेसको साथ र समर्थन रहने छ,’ढुंगेलले भने, ‘आगामी नगर परिषदमा हामीले ध्यानाकर्षण पत्रमा दिएका सुझावहरूलाई विशेष ध्यान दिनुहुनेछ भन्ने हामीले विश्वास लिएका छौं ।’

ढुंगेलले नगरपालिका‘शासक भन्दा जनताको सेवक’ बनेर अगाडि बढेमा सूर्यविनायक कांग्रेस हातमा हात मिलाएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।  ध्यानाकर्षण पत्र सूर्यविनायक नगर कार्यसमितिका सचिव विश्वराम थापाले वाचन गरेर सुनाएका थिए । कार्यक्रममा उपप्रमुख सरिता भट्टराई तथा प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रप्रसाद कँडेलको उपस्थिति रहेको थियो । ढुंगेलको नेतृत्वमा कांग्रेस सूर्यविनायक नगर कार्यसमितिका पदाधिकारीलगायतको सहभागिता रहेको थियो । 

ध्यानाकर्षणका बुँदाहरू

१- निर्माण सुरु गरिएका तर सम्पन्न हुन नसकेर अलपत्र बनेका, बिग्रिएका सडक, पुल पुलेसा, विद्युत्, खानेपानी लगायतका पूर्वाधारका कामहरू अविलम्ब निर्माण सम्पन्न गरियोस् । 

२ -उपभोक्ता समिति गठन गर्दा सरोकारवाला समूह, समुदायको बृहत् भेला बोलाएर मात्र उपभोक्ता समिति गठन गरियोस् । उपभोक्ता समितिका काम कारबाही पारदर्शी हुने व्यवस्था गरियोस् र सार्वजनिक सुनुवाइको व्यवस्था सुनिश्चित होस् । 

३ -नगरपालिकाका सार्वजनिक जमिनमा भइरहेको अतिक्रमण अन्त्य गरियोस् ।सार्वजनिक जमिन संरक्षणका योजना तयार गरियोस् । 

४ -निजी क्षेत्रले जमिन प्लटिङ गर्दा सार्वजनिक जमिन अतिक्रमण नगरियोस् । 

५- सूर्यविनायक नगरपालिका सबै वडामा आवतजावत गर्न सहज हुने गरी नगर यातायात सेवा सञ्चालन गरियोस् ।

६ -प्रत्येक वडामा न्यूनतम ५ वटा बेडको अस्पताल सञ्चालनमा ल्याइयोस्। अस्पतालमा स्तरीय प्रयोगशाला तथा पर्याप्तता चिकित्सकको व्यवस्था गरियोस् ।

७- सामुदायिक विद्यालयहरूमा गुणस्तरीय प्राविधिक शिक्षाको व्यवस्था गर्दे विद्यालयहरूको गुणस्तर वृद्धि गरियोस् । संस्थागत विद्यालयलाई लगानी मैत्री वातावरण सृजना गर्दे व्यवस्थित गरियोस् । 

८- राजनीतिक आस्था तथा व्यक्तिगत प्रभावका आधारमा शिक्षकहरूबीच विभेद नगरियोस् ।

९- सूर्यविनायक नगरपालिकालाई प्लास्टिक झोला मुक्त नगरपालिका बनाइयोस्। 

१०- नगरको फोहर व्यवस्थापनलाई व्यवस्थित गरियोस् । महँगो फोहर संकलन शुल्क तत्काल घटाइयोस् । 

११ -खुला दिशा मुक्त सूर्यविनायक नगरपालिका लाई सफल, सार्थक बनाउन  नगरपालिकाका सार्वजनिक स्थानहरूमा सार्वजनिक शौचालय व्यवस्था गरियोस् । 

१२- खानेपानी समस्या देखिएका क्षेत्रहरूमा तत्काल सफा खानेपानीको व्यवस्था गरियोस् ।

१३- चर्को कर दर घटाइयोस्, शुल्क समायोजन गरी व्यवहारिक बनाइयोस् । 

१४- ‘जनप्रतिनिधि जनताका सेवक हुन, शासक होइनन्’ भन्ने मान्यतालाई आम नागरिकले अनुभव गर्नेगरी व्यवहारमा उतारियोस् । 

१५-  विकास योजना कार्यान्वयन गर्दा ‘अधिकतम सहमति, न्यूनतम क्षति’ को नीति अपनाइयोस् ।

प्रकाशित मिति : २ असार २०७९, बिहीबार  ६ : ५५ बजे

‘अवैध सम्पत्ति थोपर्ने राजनीतिक नेतृत्वमाथि कारबाही नभएसम्म सम्भव छैन’

काठमाडौं– फाइनान्सियल एक्सन टाक्स फोर्स (एफटीएफ)ले नेपाललाई खैरो सूची (‘ग्रे

प्रदेशभर अनुगमनमा दौडिँदै मधेशका मुख्यमन्त्री- बन्द भए अवैध रुपमा सञ्चालित २१ अस्पताल

जनकपुरधाम– मधेश प्रदेशका मुख्यमन्त्री सतिस सिंह पछिल्ला समय प्रदेशभरकै अस्पताल

वैदेशिक रोजगारीमा एक करोड ४४ लाख ठगी, तीन जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीको लागि अमेरिका पठाइदिने भन्दै ठगी गरेको आरोपमा

अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको खेल वर्षाले रुद्ध

 काठमाडौं– जारी आसिसी च्याम्पियन्स ट्रफी अन्तर्गत आज अस्ट्रेलिया र दक्षिण