तस्वीर- वायोन

अन्तर्राष्ट्रिय

पाकिस्तानमा आईएसआईले निजामती कर्मचारीको जाँच गर्ने

By खबरहब

June 16, 2022

काठमाडौँ– पाकिस्तानले निजामती सेवामा काम गर्ने कर्मचारीको जाँच गर्न मुलुकको सबैभन्दा शक्तिशाली गुप्तचर निकाय आईएसआईलाई औपचारिक जिम्मा दिएको छ ।

निजामती सेवाका कर्मचारीको नियुक्ती, सरुवा, बढुवाजस्ता विषयमा अब आईएसआईले जाँच गरेपछि मात्र स्वीकृत हुने पाकिस्तानबाट प्रकाशित हुने डन अखबारको अनलाइन संस्करणले जनाएको छ ।

यसअघि पनि आईएसआईले छद्म रुपमा निजामति सेवाका कर्मचारीको जाँच गर्दै आएकोमा अब भने पाकिस्तान सरकारले यो गर्न आईएसआईलाई कानूनी आधार दिएको जनाइएको छ ।

संस्थापन विभागको सूचनामा पाकिस्तानको निजामती सेवा ऐन १९७३ को धारा २५ को उपधारा १ अनुसार यस्तो निर्णय गरिएको जनाइएको छ । यस ऐनले निजामती सेवाका कर्मचारीसम्बन्धी नियम बनाउने अधिकार प्रधानमनत्रीलाई दिएको डनले जनाएको छ ।